भेलेन्टाइन दिवस: छोटो मिथक

भेलेन्टाइन दिवस लगभग दुनियाभरमा युवा जोडिहरुको पर्वका रुपमा मनाउन थालिएको छ । इसाई धर्मको केथोलिक सम्प्रदायको यो पर्वले धर्मका पर्खालहरुलाई भत्काउदै संसार कै युवाहरुबीच लोकप्रिय हुँदै गएको छ । यस वर्ष पनि नेपालदेखि अमेरीकासम्मका युवाहरुले यो चाड मनाएका छन् । चौधैं शताब्दितिरबाट रोमान्सको प्रतिकका रुपमा मनाउन थालिएको यो चाडमा संसारमा सबैभन्दा बढी कार्डहरु र पुष्पगुच्छाहरुको कारोवार हुने गर्दछ । भेलेन्टाईन नामबारे धेरै अस्पष्टताहरु देखिन्छन् । इसाईहरुका शहिदहरुमा धेरै जना भ्यालेन्टाईन नाम भएका भेटिएका छन् । तिनमध्ये कुन चाही भेलेन्टाईन प्रतिकात्मकरुपले असली हुन् भन्ने स्पष्ट छैन । त्यसैले यस सन्दर्भमा धेरै किंवदन्तीहरु प्रचलित छन् । क्याथोलिक मतका अनुशार यी सन्त भेलेन्टाईनलाई मृत्य दण्ड ईस्वी २७८ तिर रोममा दिईएको थियोे । कसैले उनलाई ई.४९६तिरका पनि भनेको पाइन्छ । अर्को एउटा भनाई अनुशार भेलेन्टाईन रोमको कुनै एउटा गिर्जाका पादरी थिए । उनले एकजोडी इसाई युवक र युवतीको विवाह गर्न सहयोग गरेका थिए । यहि अपराधमा रोेमका सम्राट क्लाडियस द्वितियले उनलाई मृत्...