भेलेन्टाइन दिवस: छोटो मिथक
भेलेन्टाइन दिवस लगभग दुनियाभरमा युवा जोडिहरुको पर्वका रुपमा मनाउन थालिएको छ । इसाई धर्मको केथोलिक सम्प्रदायको यो पर्वले धर्मका पर्खालहरुलाई भत्काउदै संसार कै युवाहरुबीच लोकप्रिय हुँदै गएको छ । यस वर्ष पनि नेपालदेखि अमेरीकासम्मका युवाहरुले यो चाड मनाएका छन् । चौधैं शताब्दितिरबाट रोमान्सको प्रतिकका रुपमा मनाउन थालिएको यो चाडमा संसारमा सबैभन्दा बढी कार्डहरु र पुष्पगुच्छाहरुको कारोवार हुने गर्दछ ।
भेलेन्टाईन नामबारे धेरै अस्पष्टताहरु देखिन्छन् । इसाईहरुका शहिदहरुमा धेरै जना भ्यालेन्टाईन नाम भएका भेटिएका छन् । तिनमध्ये कुन चाही भेलेन्टाईन प्रतिकात्मकरुपले असली हुन् भन्ने स्पष्ट छैन । त्यसैले यस सन्दर्भमा धेरै किंवदन्तीहरु प्रचलित छन् ।
क्याथोलिक मतका अनुशार यी सन्त भेलेन्टाईनलाई मृत्य दण्ड ईस्वी २७८ तिर रोममा दिईएको थियोे । कसैले उनलाई ई.४९६तिरका पनि भनेको पाइन्छ । अर्को एउटा भनाई अनुशार भेलेन्टाईन रोमको कुनै एउटा गिर्जाका पादरी थिए । उनले एकजोडी इसाई युवक र युवतीको विवाह गर्न सहयोग गरेका थिए । यहि अपराधमा रोेमका सम्राट क्लाडियस द्वितियले उनलाई मृत्युदण्ड दिएका थिए ।
अर्को एउटा किंवदन्ती अनुशार रोम शहरभन्दा बाहिर तेरनी भन्ने स्थानका भेलेन्टाईन विशप थिए उनलाई पनि क्लाडियस द्वितियले नै उनलाई मृत्युदण्ड दिएका थिए । राजा क्लाडियसको सेनामा भर्ति हुन रोमवासीहरु पुरुषहरु आफ्ना पत्निहरुसंग बिछोड हुनुपर्ने कारणले अनिच्छुक थिए । यो थाहा पाएका राजाले सारा रोममा विवाहमाथि प्रतिबन्ध लगाएका थिए । यो प्रतिबन्धको भेलेन्टाईनले विरोध गरेको थाहाभएपछि उनलाई जेलमा हालियो । जेलबाट उनले उनकी प्रेमिका तथा जेलरकी छोरीलाई आफ्नो अन्तिम विदाई स्वरुप एउटा पत्र लेखे । फरवरी १४ का दिन राजाले रोमको मध्यभागमा ल्याएर उनको शिरच्छेद गरिएको थियो । त्यसपछि उनलाई सन्त भ्यालेन्टाईनको नामले जान्न थालियो ।
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.