संदेश

Eastindia लेबल वाली पोस्ट दिखाई जा रही हैं

पूर्वोत्तर भारतका नेपालीहरु—४ बाबुराम पौड्याल

                         मध्यकालिन सम्बन्ध (सुगौली सन्धिपूर्व)     असमिया लेखक एस.के. भुइयांले Anglo Assamese Relationमा बोगल नामक अंग्रेजलाई उदृत गर्दै लेखे अनुशार सन् १७७४— ७५ तिर तिब्बतको लासाबाट नेपाल र भूटान हुदै असममा सुन र चांदीको व्यापार हुने गरेको थियो । सन् १७८८तिरबाट असममा उठेको मोवामारिया विद्रोह दमन गर्न मणिपुरका राजा जयसिंहले पनि नसके पछि असमियाहरुले अंग्रेजहरुसंग सहायता मागे । लर्ड कर्नवालिसले विद्रोह दमन गर्न सन् १७९२मा क्याप्टेन वेल्सको नेतृत्वमा आफ्नो फौज पठाएर दमन मोवामारियाहरुलाई दमन गरेका थिए ।  आसामका नेपालीहरु बीच, देवी हेप्ने माआमरालाई हानीहानी लडायौं, फर्की आउंदा कामाक्षालाई कालो बोको चढायौ भन्ने पुरानो प्रचलित गीतबाट पनि सुगौली सन्धिपूर्व नै अंग्रेजी फौजमा नेपालीहरुको उपस्थिती रहेको र तिनीहरु अंग्रेज सैनिकका रुपमा आसाम पुगेको अनुमान गर्न सकिन्छ ।(असमर नेपाली समाज आरु सांस्कृतिर रुपरेखा, लेखक—मनबहादुर क्षेत्री, प्रकाशक.असम साहित्य सभा,योरहाट, असम, सन् १९८३)  असमका...