पूर्वोत्तर भारतका नेपालीहरु—४ बाबुराम पौड्याल

                         मध्यकालिन सम्बन्ध (सुगौली सन्धिपूर्व) 
   असमिया लेखक एस.के. भुइयांले Anglo Assamese Relationमा बोगल नामक अंग्रेजलाई उदृत गर्दै लेखे अनुशार सन् १७७४— ७५ तिर तिब्बतको लासाबाट नेपाल र भूटान हुदै असममा सुन र चांदीको व्यापार हुने गरेको थियो । सन् १७८८तिरबाट असममा उठेको मोवामारिया विद्रोह दमन गर्न मणिपुरका राजा जयसिंहले पनि नसके पछि असमियाहरुले अंग्रेजहरुसंग सहायता मागे । लर्ड कर्नवालिसले विद्रोह दमन गर्न सन् १७९२मा क्याप्टेन वेल्सको नेतृत्वमा आफ्नो फौज पठाएर दमन मोवामारियाहरुलाई दमन गरेका थिए ।
 आसामका नेपालीहरु बीच, देवी हेप्ने माआमरालाई हानीहानी लडायौं, फर्की आउंदा कामाक्षालाई कालो बोको चढायौ भन्ने पुरानो प्रचलित गीतबाट पनि सुगौली सन्धिपूर्व नै अंग्रेजी फौजमा नेपालीहरुको उपस्थिती रहेको र तिनीहरु अंग्रेज सैनिकका रुपमा आसाम पुगेको अनुमान गर्न सकिन्छ ।(असमर नेपाली समाज आरु सांस्कृतिर रुपरेखा, लेखक—मनबहादुर क्षेत्री, प्रकाशक.असम साहित्य सभा,योरहाट, असम, सन् १९८३)
 असमका अहोम राजाहरुका समयमा पनि उनिहरुको नेपालका राजाहरुसंग सम्बन्ध रहेको कुरा इतिहासमा उल्लेख भएको देखिन्छ । सन् १७५१देखि ६९ सम्म असममा राज गरेका राजेश्वर सिंहका पनाति बज्रनाथले पछि राज गरिरहेका असमका राजा चन्द्रकान्त सिंहलाइ पदच्यूत गरी आफुलाई फेरि राजा बनाइदिन सहयोग माग्दै बनारसमा बसेका नेपालका राजा रणबहादुर शाहसंग भेटेको र उनि नेपाल पनि आएको देखिन्छ । नेपाल उनलाई सहयोग गर्न तयार रहेको तर यसै बीच रणबहादुरको मृत्यू भएकोले बज्रनाथको योजना सफल हुन सकेन ( एस. के. भुइयां ऐ ऐ ) । यसबाट सुगौली सन्धिपूर्व नै त्यस क्षेत्रमा नेपालीहरुको आवतजावत रहेको पुष्टि हुन्छ ।


टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

भारत पाकिस्तान तनाव ः युद्ध विराम मात्र होईन, संवादको विकल्प छैन

भारत—पाक तनाव ः भारतीय मुख्य धारा की मिडिया का छिछोरापन

भारत पाकिस्तान टकराव पर सवाल क्यों उठ रहे हैं ?