भारत, चीन र अमेरीकाको रणनीतिक चेपुवामा नेपाल

बाबुराम पौड्याल अमेरीकाको निम्तोमा नेपालका परराष्ट्रमंत्री प्रदीप ज्ञावली वासिङ्गटनमा आफ्ना अमेरिकी समकक्षी माईक पोम्पियो लाई भेटेर नेपाल फर्किसकेका छन् । अमेरीकासंग यो स्तरमा भेटवार्ता नभएको लगभग डेढ दशक बिति सकेको थियो । विगत लामो समयदेखि नेपाललाई राजनीतिक भन्दा आफ्नो प्रशासनिक निकायहरुबाट व्यवस्थापन गरिरहेकोे दिल्लीको नजरबाट हेर्दे आएको अमेरीकाले निम्तो दिएर नै नेपालका विदेशमंत्रीलाई भेट्न बोलाउनुलाई कम महत्वको आँक्न मिल्दैन । यो भरमण नेपाळ अमेरीका संबंध लाई नया चरणमा प्रबेश गराउने आशा पनि गरिएको छ। एशिया पेसिफ़िक क्षेत्र नेपालप्रति अमेरीकाले देखाएको यो चासोलाई यतिबेला विभिन्न नजरबाट नियाल्ने प्रयास भएको छ । भारत र चीनले प्रतिस्पर्धीका हिसाबले नै नेपालप्रति चासो व्यक्त गर्दै आएका छन् । तर, दुवैको उद्देश्य नेपाललाई आफ्नो प्रभावमा राख्ने भएपनि शैलीमा भने भिन्नता देखिंदै आएको छ । अब आएर अमेरीकाले पनि नेपालमा प्रत्यक्ष उपस्थिती देखाउन खोजेको छ । पंचा...