संदेश

खड्गप्रसादओली लेबल वाली पोस्ट दिखाई जा रही हैं

प्रम ओलीको भारत भ्रमण संवृद्धिको मीथक मात्र बन्ने हो कि ?

चित्र
  भारत भ्रमणमा रहेका नेपालका प्रधानमंत्री खड्गप्रसाद ओली को आज शनिवार दोस्रो दिन व्यस्त र महत्वपूर्ण थियो । यता नेपालमा भारत भ्रमण मा नेपाली पक्ष कमजोर पो सावित हुने हो कि भन्ने आशंका पनि व्यक्त भैरहेको थियो ।  दुई प्रधानमंत्रीहरु बीच भएका एकान्त वार्ताहरुमा अन्यथा नभएको भए अन्यत्र नेपालले होच्चिनु पर्ने स्थिती नभएको बताईदैछ । यसको अर्थ भारतले नेपाललाई महत्व दिएको मान्न संकोच मान्न पर्ने स्थिती नभएको लगाउन पनि सकिन्छ ।  अविश्वास माथि जतीसुकै औपचारिकताको तामझाम गरिए पनि त्यसले कुनै अर्थ हुने छैन । उसो भए अब विश्वासको माहौल बनिसक्यो कि बनेको छैन भन्ने कुरा व्यवहारले भोलिका दिनहरुमा सिद्ध गर्ला ।  हिजो भएको एकान्त वार्ताबाट बाहिर निस्केपछी दुवै प्रधानमंत्रीहरुले दिएको सकारात्मक प्रतिकृया र उनिहरुको हाऊभाऊमा पनि देखिएको प्रफूल्लता देखेर दुवै देश बीच चिसिएको संबन्धमा न्यानोपन आएको विश्वास नगरिहाल्नु पर्ने जस्तो देखिन्न ।      आजको कार्यक्रम अनुशार प्रधानमंत्रीद्वारा विहान ९.०० बजे राष्ट्रपति भवनमा गार्ड अफ अनर लिने कार्यक्रम भयो । त्यसपछ...