प्रम ओलीको भारत भ्रमण संवृद्धिको मीथक मात्र बन्ने हो कि ?
- लिंक पाएं
- X
- ईमेल
- दूसरे ऐप
भारत भ्रमणमा रहेका नेपालका प्रधानमंत्री खड्गप्रसाद ओलीको आज शनिवार दोस्रो दिन व्यस्त र महत्वपूर्ण थियो । यता नेपालमा भारत भ्रमणमा नेपाली पक्ष कमजोर पो सावित हुने हो कि भन्ने आशंका पनि व्यक्त भैरहेको थियो ।
दुई प्रधानमंत्रीहरु बीच भएका एकान्त वार्ताहरुमा अन्यथा नभएको भए अन्यत्र नेपालले होच्चिनु पर्ने स्थिती नभएको बताईदैछ । यसको अर्थ भारतले नेपाललाई महत्व दिएको मान्न संकोच मान्न पर्ने स्थिती नभएको लगाउन पनि सकिन्छ ।
अविश्वास माथि जतीसुकै औपचारिकताको तामझाम गरिए पनि त्यसले कुनै अर्थ हुने छैन । उसो भए अब विश्वासको माहौल बनिसक्यो कि बनेको छैन भन्ने कुरा व्यवहारले भोलिका दिनहरुमा सिद्ध गर्ला ।
हिजो भएको एकान्त वार्ताबाट बाहिर निस्केपछी दुवै प्रधानमंत्रीहरुले दिएको सकारात्मक प्रतिकृया र उनिहरुको हाऊभाऊमा पनि देखिएको प्रफूल्लता देखेर दुवै देश बीच चिसिएको संबन्धमा न्यानोपन आएको विश्वास नगरिहाल्नु पर्ने जस्तो देखिन्न ।
आजको कार्यक्रम अनुशार प्रधानमंत्रीद्वारा विहान ९.०० बजे राष्ट्रपति भवनमा गार्ड अफ अनर लिने कार्यक्रम भयो । त्यसपछि उहांले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसंग शिष्टाचार भेट गर्नूभएको थियो । यसरी नै भारतीय विदेशमंत्री सुषमा स्वराजले प्रम ओलीसंग शिष्टाचार भेट गरेकी थिईन् । यो भेट पछि प्रम ओली महात्मा गान्धीको समाधीमा श्रद्धांजली अर्पण गर्न राजघाट राजघाट पुगे । दिऊसो ११ वजे देखि हैदरवाद हाउसमा प्रतिनीधिहरु बीच छलफल आरम्भ भयो । दुवै प्रधानमंत्रीहरुबाट मध्यान्ह १२.०० बीरगंज स्थित एकीकृत जांच चौकीको रिमोटबाट उद्घाटन । त्यस बाहेक ४.०० बजे भारतीय उपराष्ट्रपति वंकैया नायडु र सांझ ७.०० बजे गृहमंत्री राजनाथ सिंहले पनि भेटघाटक गरेका छन् ।
ओलीको अघिल्लो पटक भारत भ्रमणमा जादा संयुक्त वक्तव्य समेत आउन नसकेकोमा यस पटक भने १२ बुंदे संयुक्त वक्तव्य सकारात्मक रुपमै आएको देखिन्छ । आपसमा मिलेर सहकार्य गर्दै अगाडी बढ्ने प्रतिबद्धता, कृषिक्षेत्रमा सहयोग, रेल र जलमार्गको संजालबाट नेपाल नेपाललाई आबद्ध गर्ने नेपालमा भारतले संचालन गरिरहेका योजना निर्माणमा गति दिने भन्ने कुरा संयुक्त वक्तव्यमा उल्लेखित छन् ।
- लिंक पाएं
- X
- ईमेल
- दूसरे ऐप
Terrific webpage. Lots of useful tips these. We're passing
जवाब देंहटाएंalong it to numerous buddies ans likewise giving during fabulous.
And obviously, thanks a lot towards your sweat!
Hey there, You've done an incredible job. I will certainly digg it and personally recommend
जवाब देंहटाएंto my friends. I'm sure they will be benefited from this site.