सन्दर्भ पृथ्वी जयन्ती : इतिहासप्रति बेईमानी नगरौं
माओवादी रक्तपातपूर्ण संघर्षको नेपाली राजनीतिको मूलधारमा अवतरणसंगै नेपालमा चल्दै आएको राजतन्त्र र त्यसको इतिहासमाथि नै बहसको शुरुआत भयो । त्यसपछिका हरेक वर्षको पौष महिना शुरुहुने बित्तिकै यो बहसले तीव्रता पाऊँने गरेको छ । किनभने आधुनिक नेपालको एकिकरणको शुरुआत गर्ने गोरखाका राजा पृथ्वीनारायण शाहको जन्म वि.सं. १७७९ पौष २७ गते भएको थियो । गणतन्त्रको तानाबाना शुरु नहुन्जेलसम्म यो दिनलाई राष्ट्रिय एकता दिवसका रुपमा देशभरी मनाउने चलन थियो ।
अरु कुरामा विमति भएपनि नेपाल एकिकरणको अभियान्ता पृथ्वीनारायण शाह हुन् भन्ने कुरामा विमति देखिंदैन । एकिकरणका क्रममा दमन, रक्तपात भएकोले उनको जन्मदिनलाई राष्ट्रिय एकता दिवस मान्न नहुने नयाँ तर्कहरु सतहमा आएका देखिन्छन् । माओवादी राप र तापको समयमा एकदिन माओवादीका केही ठिटाहरुले पोखराबाट सोह्र किलोमिटर पूर्वमा रहेको राजाको चौतारा भनिने ठाँऊलाई अब उप्रान्त जनताको चौतारा भनिनु पर्ने अन्यथा कारवाही गरिने उर्दी जारी गरे । उनिहरुले मिल्नेभए वर्णमालावाट र र ज जस्ता अक्षरहरु हटाउने उर्दी जारी गर्थे होलान् । शान्ति प्रकृयामा ओर्लने बित्तिकै प्रचण्ड र बाबुरामजीहरुले गोरखादरवारमा गरेको कब्जा शैलिको समारोह आफैमा केटाकेटीपन जस्तै देखिएको थियो । लाग्थ्यो, उनिहरु पृथ्वीनारायण शाहको शासनकालमा कुनै युद्ध जितेर गोरखा राज्यलाई आफ्नो राज्यमा गाभेर विजय उत्सव मनाईरहेका छन ।
त्यस समयमा युद्धमा रक्तपात पृथ्वीनारायणले मात्रै मच्चाए र अरु राजारजौटाहरुले जनमत संग्रह गरेर वा बडो आदर सत्कारसाथ राज्यहरुलाई आफ्ना राज्यमा गाभ्थे भन्ने तर्क गर्न खोजिएको हो भने त्यो तर्क भन्दा बढी कुतर्क हो भन्दा फरक नपर्ला । यस्तो तर्कका घनीहरुको जन्म पृथ्वीनारायणको समकालमा नभएर यो कालमा हुनु नै त्रुटी भएछ भनेर मान्नु पर्ने हुन्छ । कुन ठाँऊमा के कति दमन भयो भन्ने कुरा इतिहास र त्यसको अनुसंधानको विषय हो । अनुसंधानले देखाएको तथ्य अनुशार गोरखाली सेनामा खसहरु मात्रै नभएर अरु समुदायका मानिसहरु पनि थिए । खसहरु शोसक हुन् भन्ने जातिवादी मानसिकता भएका कतिपय मानिसहरुले पनि पृथ्वीनारायण खस राजा भएको हुानाले उनको इतिहास मेटाउन पर्छ भन्ने गरेको देखिन्छ ।
पृथ्वीनारायणले खस रजौटाहरुसंग पनि रक्तपातपूर्ण युद्ध लडेका र जितेका हुन्, अरुसंग मात्र होईन ।
विश्वमा इतिहासलाई तथ्यपरक बनाउन नयाँ ढंगले अनुसंधान गर्ने प्रयास भैरहेको छ । निश्चितरुपमा, हाम्रो इतिहास पनि पुनरलेखन गर्न जरुरी छ । त्यसैले ईतिहासलाई अनुसंधानले भरपर्दो पार्नेतिर लागौंंै । सत्यलाई बचाऊँ र सतहमा ल्याउने काम गर्रों । उडन्ते कुरा गरेर समुदायलाई उत्तेजित पार्ने काम नगर्दा सबैको भलो हुन्छ । इतिहास सबको साझा हो । त्यसभित्रका नकारात्मक र सकारात्मक घटना परिघटनाबाट शिक्षा लिएर वर्तमानलाई उच्छेद होईन सुन्दर बनाउने काम गरौं ।
And the battle for the Iron Throne begins.
जवाब देंहटाएंWhat's up to all, as I am truly keen of reading this weblog's post to be updated daily.
जवाब देंहटाएंIt includes nice stuff.
My familly evwry time say that I am wasting my ttime here
जवाब देंहटाएंat net, but I know I am getting knowledge daily by reading such
good posts.
It's appropriate time to make some plans for the longer term and it's time to be happy.
जवाब देंहटाएंI've learn this pist and if I mayy just I wish to recommend you few attention-grabbing things or suggestions.
Maybe you can write subsequent articles referring to this article.
I want to learn even more things approximately it!
This paragraph will help the internet viewers
जवाब देंहटाएंfor building up new weblog or even a blog from start to end.