संदेश

जयशंकर लेबल वाली पोस्ट दिखाई जा रही हैं

प्रधानमंत्री पदको आलोपालो विवादको नवीकरण र जयशंकरको नियुक्ति

चित्र
नेकपाको  नेतृत्वमा अराजकता व्याप्त छ । त्यसलाई  ओली र प्रचण्ड ले बेलैमा मनन गर्नु जरुरी छ  ।    भारतका नवनियुक्त  विदेशमन्त्री जयशंकर भन्दा नेपालीहरूले आफ्नै देशभित्रका विकृतिसंग सतर्क रहन उचित हुनेछ  । उनी मोदीका मोहरा मात्र हुन । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओली  नवनिर्वाचित भारतीय प्रधानमंत्री नरेन्द्र दामोदर मोदीको शपथग्रहण समारोहमा निम्त्याईएका नेपालका प्रधानमंत्री खड्गप्रसाद ओली दिल्लीबाट फर्किनसक्दै यता नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष प्रचण्डले एउटा अन्तरवार्तामा आलोपालो प्रधानमंत्रीको पुरानो कुरा उठाउदै अब आफ्नो प्रधानमंत्री बन्ने पालो आएको संकेत गरी  सनसनी मच्चाए । उता दिल्लीमा नरेन्द्रमोदीले आफ्नो प्रथम चरणको मन्त्रिमण्डलमा विगतमा नेपालमाथि नाकाबन्दी लगाउने भारतीय टीमका प्रमुख मध्येका एक  पूर्वविदेश सचिव सुब्रम्हण्यम जयशंकरलाई विदेशमंत्रीमा नियुक्त गरेपछि यता नेपालीहरु झस्किए ।                           प्रचण्डको भनाईको संकेत   ने...