चिनिया राष्ट्रपतिको नेपाल भ्रमणपछिको स्थिति
चिनिया राष्ट्रपति सी को नेपाल भ्रमण ले ने पाल लाई कुटनीतिका हिसाबले नयाँ मोड दिएको छ । त्यो मोडमा नेपालले विभिन्न दबाव र आफ्नै असक्षमताका कारण देशको हितमा काम गर्न नसक्ने हो कि भन्ने ठुलै आशंकाको सामना गर्नु पर्ने जोखिम पनि आईपरेको छ । नेपालको कुटनीतिमा अहिलेसम्म सतर्कता भन्दा त्रास स्वाभिमान भन्दा मगन्तेपन र लाचारी हावी रहँदै आएको छ । यसैका कारण सतहमा राजनीतिक रुपमा ठुलो फड्को मारेको देखिए पनि आर्थिक रुपले देशको दुरावस्था भयो भन्ने कुरामा दुईमत छैन । नेपालको राजनीतिलाई बाहिरी तत्वहरुले २ दिसम्बर १८१५को सुगौली संन्धिपछि आफ्नो स्वार्थकालागि प्रयोग गर्ने प्रयास गर्दै आएका हुन् । त्यही प्रयासको उत्कर्ष सन् १९९० पछि नेपालले चर्को रुपमा भोग्दै आएकोे छ । यसले गर्दा पनि नेपालका राजनीतिक परिवर्तनहरुमा नेपाल र नेपाली जनताको स्वार्थ प्रतिबिम्बित हुनै पाएन । सरकारमा जान पनि नेपाली राजनीतिक दलहरुले विदेशीको आशिर्वाद लिनुपर्ने अवस्थासम्म आयो । यो लज्जास्पद स्थिती नेपालले भोगेको छ । नेपालका नेताहरुले केसम्म भनेनन् र । नेपाललाई २१बटा राज्यमा विभाजन गर्नु पर्दछ, पहाडलाई टुक्रा टुक्रा...