संदेश

अमेरिका#अफगानिस्तान#तालीवान# लेबल वाली पोस्ट दिखाई जा रही हैं

विदेशी चलखेलको पीडा भोगिरहेछ अफगानिस्तान

चित्र
अमेरिका को नेतृत्वमा रहेको नेटो सेना दुई दशकपछि अफगानिस्तान बाट फर्केपछि अहिले त्यहाँको स्थिति तरल छ । मध्यकालिन शैलिमा धार्मीक शासन चलाउन खोज्ने विद्रोही तालीवान बलियो शक्तिका रुपमा देखिएको छ । आधुनिक समयमा पुरातन मुल्यहरुलाई स्थापित गर्न चाहाने यो शक्तिको मानसिकतामा समयोचित परिवर्तन हुने विश्वास धेरैमा छैन । त्यसैले उनिहरुबाट अफगानिस्तानको भलो होला भन्न गाह्रो छ । दुई दशकअघि इश्लामिक आतंकवादको अन्त्य र शान्ति बहाल गर्ने नाममा समारिक संगठन नेटाको  सेना लिएर अमेरिका अफगानिस्तानमा आएको थियो । शीतयुद्धका समयमा  अफगानिस्तानमा रहेका सोवियत सैनिकहरु विरुद्ध उत्तरी गठबन्धनका मोजाहिदीनहरुलाई अमेरिकाले सबै किसिमको सहयोग  गर्दै आएको थियो र सोवियत सेनाको १५ फेब्रुवरी १९८९मा वापसीपछि सन् १९९२मा काबुलको सत्तारोहण गराएको थियो । ११ सेप्टेम्बर २००१मा अमेरिकामा ओसामा वीन लादेन नेतृत्वको इश्लामिक अतिवादी संगठनका अलकायदाका कार्यकत्र्ताले आत्मघाती हमला गरेपछि अमेरिकाले इश्लामिक अतिवादको कट्टर विरोधीका रुपमा आफुलाई प्रस्तुत गर्न थालेको थियो । यता साउदी अरबको सहयोगमा पाकिस्तानमा संचालित मदरस...