विदेशी चलखेलको पीडा भोगिरहेछ अफगानिस्तान
अमेरिकाको नेतृत्वमा रहेको नेटो सेना दुई दशकपछि अफगानिस्तानबाट फर्केपछि अहिले त्यहाँको स्थिति तरल छ । मध्यकालिन शैलिमा धार्मीक शासन चलाउन खोज्ने विद्रोही तालीवान बलियो शक्तिका रुपमा देखिएको छ । आधुनिक समयमा पुरातन मुल्यहरुलाई स्थापित गर्न चाहाने यो शक्तिको मानसिकतामा समयोचित परिवर्तन हुने विश्वास धेरैमा छैन । त्यसैले उनिहरुबाट अफगानिस्तानको भलो होला भन्न गाह्रो छ ।
तालीवान लडाकाहरु काबुलसम्म आईपुगेको समाचार आएपछि अमेरिकाले रुचाएका राष्ट्रपति असरफ घानी र उनको परीवार सहित केही उच्च पदस्त सहयोगीहरु १५ अगस्तको साँझ काबुलबाट विमान चढेर ताजिकिस्तान भागेका छन् । त्यहाँबाट उनि संयुक्त अरब इमिरात शरण लिन पुगेका छन् । रुससंग निकट मानिएको ताजिकिस्तानले उनलाई शरण दिन नमानेकोले उनि अमेरिका निकट मानिने कतारमा शरण लिन वाध्य भएको पनि बताईएको छ । उनले काबुलमा रक्तपात नहोस् भनेर अफगानिस्तान छोडेको भन्दै फेसबुकमा एउटा स्टाटस लेखेर आफ्नो पलयनको औचित्य सिद्ध गर्न खोजेका छन् । उनको पलायनसंगै बीस वर्ष लगाएर अमेरिकाले अफगानिस्तानमा बनाएको प्रशासनिक र सुरक्षा शंयन्त्र पुरै धराशायी भएको छ । तालीवानहरुले यतिबेला राष्ट्रपति भवनलाई विना कुनै प्रतिरोध आफ्नो अधिनमा लिएका छन् । उनिहरु आफ्नो सरकार बनाउने तरखरमा छन् यतिबेला । सडकमा हथियारबन्द तालीवान लडाकाहरु गस्ती गरिरहेका छन् । काबुल हवाईअड्डामा अफगानिस्तान छोड्न चाहाने विदेशीहरु मात्र होईन अफगानहरुको पनि ठुलो भीड लागेको छ । त्यो अनियन्त्रित भीडलाई नियन्त्रण गर्न त्यहाँ रहेका नेटो सैनिकहरुले पटकपटक हवाई फायर गर्नु परेको छ । विमान बाहिर झुण्डिएर यात्रा गर्न खोजेका दुईजना अफगानहरुको खसेर मृत्युभएको डरलाग्दो तस्विर सार्वजनिक भएको छ । यो घटनाले स्थितिको गम्भिरता देखाऊँछ । कुनै न कुनै रुपमा अमेरिकी शंयन्त्रका सहयोगी रहँदै आएका अफगान नागरिकहरु यतिबेला संत्रासमा छन् ।
छिटफुट रुपमा महिला र अन्य नागरिकबाट तालीवान विरुद्ध प्रदर्शनहरु पनि भएका छन् । तर, त्यहाँ ठुलो तालीवान विरुद्ध विद्रोहको ताप भने तत्काल देखिंदैन । तर, यसको अर्थ यो होईन कि तालीवान विरुद्ध ससंकित नागरीक अवज्ञाको ढोका बन्द भै रहन्छ । शासन बन्दुकले उत्पन्न गरेको त्रासले मात्र चल्दैन, यो चल्न नागरिकको विश्वास चाहिन्छ । तालीवानहरुलाई यो विश्वास दिलाउन धेरै मेहनत गर्न आवश्यक छ । अर्कोतिर सन् २००१ भन्दा पहिला अमेरिकाले काबुलको सत्तामा ल्याएको उत्तरी गठबन्धन पनि उत्तरको पनजीर उपत्यकामा पुनरसंगठित हँदै गरेको समाचार पनि आईरहेको छ । असरफ घानी सरकारका एक उपराष्ट्रपति अमरुल्ला सालेहले आफु हाल अफगानिस्तानमा नै रहेको र संविधान अनुशार राष्ट्रपति पलायन भएपछि आफु अफगानिस्तानको कार्यवाहक राष्ट्रपति रहेको दावी गरेका छन् । उनि पनजीरमा रहेको समाचार सुत्रहरुले बताएका छन् । पनजीर उपत्यकामा उत्तरी गठबन्धनका पुराना नेता अहमद शाह मसूदको अहिले पनि पकड रहँदै आएको छ । तालीवानहरुले यो क्षेत्रलाई कहिल्यै आफ्नो पकडमा राख्न सकेका छैनन् । मसूदका लडाकाहरु पनि काबुलतिर अगाडि बढ्दै गरेको समाचारमा बताईएको छ । गठबन्धनले अमेरिका लगायतका देशहरुसंग तालीबान विरुद्ध र लोकतंत्रकालागि आफुहरुलाई सहयोग गर्न अपिल गरेको छ । यसले तालीवानसंग उनिहरुको कस्तो सामना हुने हो भन्ने यकिन छैन । उत्तरी गठबन्धन र तालीवानकाबीच अमेरिकाले बाहिरै रहेर खेल्न सक्ने ठाँउ पनि यहाँ अझै देखिन्छ । अमेरिकाले उत्तरी गठबन्धनलाई तालीवान विरुद्ध प्रयोग गर्न खोजेमा अफगानिस्तान अझै लामो समयसम्म गृहयुद्ध भोग्न वाध्य हुनेछ । उसले चाहाने हो भने दुवै बीच सत्ता साझेदारी बन्ने संभावना पनि देखिन्छ । तर, अमेरिका र उसको प्रभावमा रहेका वित्तिय संस्थाहरुमा रहेको अफगानिस्तानको रकम रोक्का भैसकेको छ । यसमा अमेरिकाको तालीवानलाई दबावमा राख्न आर्थिक संकटमा पार्ने उद्देश्य देखिन्छ । यसबाहेक अमेरिका रुस ईरान जस्ता देशहरु अमेरिकी प्रभावबाट अफगानिस्तानलाई मुक्त गराएर त्यहाँ आफ्नो प्रभाव विस्तार गर्न चाहान्छन् । तालीवानको अहिलेसम्मको झुकाव चीन र रुसप्रति रहेको देखिन्छ । उनिहरुका प्रतिनिधिहरु अहिले पनि इश्लामाबाद, बेईजिङ, दोहा र मस्कोमा आवश्यक परामर्श गरिरहेका छन् । चीन पाकिस्तान रुसका पछिल्ला वक्तव्यहरुले पनि उनिहरु तालीबानका सहयोगी भूमिकामा रहेको अनुमान गर्न सकिन्छ ।
एक महिना पहिलासम्म पनि अमेरिकी राष्ट्रपति बाईडन अत्याधुनिक हतियारले सुसज्जित तीनलाख अफगान सेना ७५हजारको संख्यामा रहेको तालीवान विद्रोहीसंग सहजै मुकाबिला गर्न सक्ने बताई रहेका थिए । उनको यो दावी पानीको फोका सावित भैसकेको छ । अमेरीकी सेनाको आडलिएर लड्दै आएको अफगान सेना गत १ मईदेखि अमेरिकी सेना नै फिर्ता हुन थालेपछि मानसिक रुपमा परास्त भैसकेको थियो । त्यसबेला नै तालीवानसंग सिमावर्ती क्षेत्रका भीडन्तमा अमेरिकाद्वारा आधुनिक रुपमा प्रशिक्षित भनिएका अफगान सैनिकहरु मोर्चा छोडेर ईरान ताजिकिस्तान र पाकिस्तानतिर भाग्ने घटनाहरु भएका छन् । यो क्रम पछिल्ला दिनहरुमा समेत जारी छ । यो परिस्थितिको फाईदा लिन तालीवानलाई सहज सजिलो हुन गयो । तालीवानले काबुल आउँदै गर्दा काबुलबाट ५० किमि दुरिमा रहेको बाग्राम हवाईअड्डा नजिकैको कारागारबाट आफ्ना बन्दी नेता कार्यकर्ता सहित झण्डै ७००० जनालाई मुक्त गरेका छन् । कई विदेशी देशहरुका अफगानिस्तान मिशनमा कार्यरत कर्मचारीहरु आफ्ना देशहरुमा फर्किने हतारोमा देखिंदै छन् । बजारहरु बन्द छन् । मानिसहरु संभावित झडपका डरले अआफ्नै घरमा बसेका छन् । स्वतन्त्रता दिवसको उपलक्ष्यमा १९ अगस्तका दिन अफगानिस्तानको झण्डा लिएर नागरिकस्तरमा ठुलो जुलुस निकालिएको छ । यसलाई तालीवान विरुद्धको जनआक्रोशका रुपमा लिईएको छ । मानिसहरु मारिएका, अपहरण गरिएका , खानतलाशी लिईएका अपुष्ट समाचारहरु पनि आईरहेका छन् ।
अफगानिस्तान बहुभाषिक र बहुजातिय देश हो । यहाँ इश्लामको सुन्नी सम्प्रदायका मानिसहरुको बाहुल्यता छ । पस्तुन जातीको जनसंख्या ३८.५ प्रतिशत छ भने हजारा २४.ताजिक २१.३, उज्बेक ६,अमाक३.२,तुर्कमेन १.२, बलुच ०.५र अन्य ४.९ रहेका छन् । डारी सबै भन्दा बढी बोलिने भाष हो । दास्रोमा पस्तुन बोलिन्छ । यो विविधतालाई राजनीतिक रुपले व्यवस्थापन गर्न नसक्नु पनि अफगान समस्याको अन्य कारणहरु मध्ये एक हो । धार्मीक कट्टरता पनि त्यस्तै अर्को कारण हो । तर, यहाँको समस्याको प्रमुख कारण भनेको भूराजनीतिक वाह्य दवावलाई आन्तरिक शक्तिले उचित व्यवस्थापन गर्न नसक्नु नै हो । भूपरिवेष्टित अवस्थाले र आन्तिरिक शक्तिमाथि वाह्य शक्ति हवी रहनाले आर्थिक सामाजिक दुरावस्था जटील बन्दै गएको हो । नेपाल जस्ता देशहरुले पनि यो नियती भोग्दै आएका छन् ।
अमेरिकी राष्ट्रपति वाईडेनले दिएका पछिल्ला अभिव्यक्तिहरु आफ्नो अफगान नीतिमा केही परिवर्तनतिर संकेत गरेको देखिन्छ । तालीवान विरुद्ध उत्तरी गठबन्धनको बढ्दो सक्रियतालाई भारतीय कुटनीतिक वृत्त र मिडियाहरुले यसै विषयलाई विषेश महत्व दिईरहेका छन् । भारत आफै पनि अफगान समस्यामा चीन रुस ईरान पाकिस्तान भन्दा अमेरिकाको प्रभूत्व कायम रहोस भन्ने चाहान्छ । अमेरिकाले आफ्नो सेना वापस भएपछि काबुलको हवाईअड्डाको रेखदेख गर्न नेटोको सदस्य टर्कीसंग सहमति गरेको भएपनि तालीवानले त्यसलाई पहिल्यै अस्विकार गरिसकेको छ । चीन सिन्जियाङ प्रान्तका मुश्लिम उईगुर समस्याबाट जोगिन अमेरिकाको अफगानिस्तानबाट सफाया चाहान्छ । अफगानिस्तानमा चलिरहेको अशान्तिका कारण समेट्न नसकिएको बीआरआई परियोजनालाई जोड्न चाहान्छ यसकालागि तालीवानलाई रिझाउने उसको नीति देखिन्छ । पाकिस्तानको बलुचिस्तानका भारत समर्थित विद्रोहीहरु र अन्य केही अतिवादीहरु चीनका लागि बाधक रहँदै आएका छन् । यी मध्येको ससक्त तालीवानसंग सम्बन्ध सुधार्नु उसको पहिलो प्राथमिकता छ यतिबेला । अमेरिकाको प्रभावलाई निस्तेज पार्ने नीतिमा रुस पनि चीनसंग एकमत छ । त्यसैले अफगानिस्तानका आउँदा दिनहरुमा कस्तो परिस्थिति बन्ने हो भन्ने अड्कल गर्न गाह्रो छ ।
काबुलमाथि आफ्नो वर्चस्व भएपछि तालीवानले मानिसहरुलाई शान्त रहन अपिल गर्दै कसैमाथि प्रतिशोधात्मक कार्यवाही नगरिने र सबैको धनजनको सुरक्षा गरिने बताएको छ तर उसको विगत भोगेका अफगानहरु उनिहरुको विश्वास गर्ने अवस्थामा छैनन् । तालीवानका केही नेताहरुले देश इश्लामिक सरिया कानुनबाट चलाईने बताइरहेका छन् । यसले महिलाहरु संत्रस्त रहेका छन् । तालीवानहरुलाई काबुल आउन सहज भए जस्तो काबुलको सत्ता चलाउन सजिलो भने देखिंदैन ।
यहाँको माटोमा ५०० ईपूमा बेबोलेनियाका शासक डेरियोस प्रथमले आक्रमण गरे । मेसिडोनियाका अलेक्जेण्डरले ई.पू ३२९मा आक्रमण गरे । त्यसपछि अरु कैयन आक्रमणहरु यो मोटोले ब्यहोरेको थियो । यसबीच यो एशिया र यूरोपको व्यापारिक केन्द्र मात्र होईन दुवै महादेशहरुको ज्ञान आदान प्रदानको केन्द्र समेत बन्यो । बौद्ध र सनातन संस्कृतिको अनौठो केन्द्र पनि थियो आजको अफगानिस्तान । एधारौं शताब्दिमा महम्मद गजनीको साम्राज्यमा अहिलेको अफगानिस्तान थियो । तेह्रौं शताब्दिमा चंगेज खाँले आक्रमण गरे । त्यसपछि समय समयमा अरबहरुले आक्रमण गरे । सन् १८७०सम्म त्यहाँको सम्पूर्ण धर्म सँस्कृति इश्लामिकृत भयो । उन्नाईसौं शताब्दिमा अंग्रेजहरुले पटकपटक अफगानहरुमाथि आक्रमणहरु गरे । सन् १९७९मा अफगानिस्तानमा सोवियत सेना प्रवेश गर्यो । सन् १९८९मा सोवियत सेना फर्केपछि अफगानिस्तानमा अमेरिकी प्रभाव कायम छ । तर, अबका दिनहरुमा फेरि चीनको नेतृत्वमा अमेरिका विरोधीहरुको त्यहाँ प्रभाव रहने अनुमान गर्नेहरु धेरै देखिन्छन् । अफगानिस्तानको यो पीडादायक इतिहासबाट भूराजनीतिक दबावमा रहेका विश्वका देशले शिक्षा लिन आवश्यक छ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.