भारत, चीन र अमेरीकाको रणनीतिक चेपुवामा नेपाल

बाबुराम पौड्याल

             


  
अमेरीकाको निम्तोमा नेपालका परराष्ट्रमंत्री प्रदीप ज्ञावली वासिङ्गटनमा आफ्ना अमेरिकी समकक्षी माईक पोम्पियोलाई भेटेर नेपाल फर्किसकेका छन् । अमेरीकासंग यो स्तरमा भेटवार्ता नभएको लगभग डेढ दशक बिति सकेको थियो । विगत लामो समयदेखि नेपाललाई राजनीतिक भन्दा आफ्नो प्रशासनिक निकायहरुबाट व्यवस्थापन गरिरहेकोे दिल्लीको नजरबाट हेर्दे आएको अमेरीकाले निम्तो दिएर नै नेपालका विदेशमंत्रीलाई भेट्न बोलाउनुलाई कम महत्वको आँक्न मिल्दैन । यो भरमण नेपाळ अमेरीका संबंध लाई  नया  चरणमा प्रबेश गराउने आशा पनि  गरिएको  छ।
एशिया पेसिफ़िक क्षेत्र
 नेपालप्रति अमेरीकाले देखाएको यो चासोलाई यतिबेला विभिन्न नजरबाट नियाल्ने प्रयास भएको छ । भारत र चीनले प्रतिस्पर्धीका हिसाबले नै नेपालप्रति चासो व्यक्त गर्दै आएका छन् । तर, दुवैको उद्देश्य नेपाललाई आफ्नो प्रभावमा राख्ने भएपनि शैलीमा भने भिन्नता देखिंदै आएको छ । अब आएर अमेरीकाले पनि नेपालमा प्रत्यक्ष उपस्थिती देखाउन खोजेको छ । पंचायतको पतनअघि अमेरिकाको प्रत्यक्ष चासो भारतप्रति भन्दा नेपालप्रति बढी थियो । उ नेपालमा आफ्नो गतिविधि बढाएर साम्यवादी चीन र सोवियतघुरीमा रहेको भारतको निगरानी गर्न चहान्थ्यो । सोवियतसंघको पतनपछि अमेरिका क्रमश भारतसंग नजिंकिदै आएको छ । उसो त अमेरीका अहिले पनि नेपाललाई भारतीय आँखाले हेर्ने नीतिबाट पछाडी हटिहालेको भन्ने लाग्दैन किनभने भारत र अमेरीकाको यसक्षेत्रको प्रमुख प्रतिस्पर्धी चीन नै रहेकोले त्यसलाई रोक्ने काममा दिल्ली र वाशिङटनको साझा र प्रमुख स्वार्थ रहेको छ ।
  
एशिया प्यासिफिक रणनीतिकारहरू - नरेन्द्र मोदी, सिंजोआबे र ट्रम्प 
भारतीय नाकाबन्दीपछि एक्कासी चीनसंग विभिन्न महत्वपुर्ण सम्झौताहरु गरेर बेईजिङसंग रणनीतिक साझेदार समेत बन्न पुगेको नेपाल, भारतका निम्ति हातबाट फुत्किएको माछा जस्तै भएको छ । नेपालका विरुद्ध भारतले नाकाबन्दीकाबेला अमेरीका, बेलायत, जापान जस्ता देशहरुको समर्थन पाउने कोशिस गरेको पनि थियो तर अन्तमा नेपाललाई थप बिच्काउन नहुने निष्कर्षमा पुगेको थियो भने यता नेपालसंग भारत र चीन जस्ता शक्तिशाली छिमेकी देशहरुसंगको संम्बन्ध सुघार्ने बाहेक अर्को  विकल्प थिएन  र छैन । यसले नेपालप्रति दिल्लीको चासो भिन्नकोणबाट बढेको थियो भने अमेरीकाको निम्ति नेपाल हेर्ने आँखा नै बनेको दिल्लीको चासोसंग वाशिङटन बेखबर हुने कुरै थिएन । त्यसमाथि यतिबेला चीनसंग सम्झौताहरु गरेर नजिकिने दुस्साहस गरेका केपी ओलीको दुईतिहाई बहुमतको सरकार सिंहदरबारमा छ । ओलीको सरकार दिल्लीकानिम्ति प्रतिकुल नबनोस भन्ने कुरामा दिल्लीको सजगता बढेको छ । त्यसैले पर्दापछाडी दाउपेच चलिरहेको भएपनि बाहिर नेपाल भारत संबन्ध स्वभाविकस्तरमा आएको जस्तो देखिंदै छ । यसैमा नेपाललाई चीनतिर झुक्न नदिन र भारतकै प्रभावमा राख्न वाशिङटनले नेपालका परराष्ट्रमंत्रीलाई बोलाएको अड्कल काटिएको छ । मंत्री ज्ञावलीसंगको वार्तालापपछि अमरीकाले सार्वजनिक गरेको विज्ञप्तीमा नेपालसंग एशिया प्रशान्त क्षेत्रको राणनीतिबारे पनि कुराकानी भएको उल्लेख गरिनुले पनि यस कुराको पुष्टि गर्दछ । 
सार्क जस्तो क्षेत्रिय सहयोग संगठनलाई महत्वहीन बनाएर पछिल्ल वर्षहरुमा पुनरजीवन दिइएको बिमेष्टिक पनि एशिया प्रशान्तक्षेत्रसंग अमेरीका, भारत र जापानको चासो अनुशार दक्षिण एशियालाई जोड्ने कडीका रुपमा अगाडी सारिएको हो, जसको पछिल्लो शिखरसम्मेल गत अगस्त महिनामा काठमाण्डौमा सम्पन्न भएको थियो । भारतको प्रस्तावमा बिमेष्टिकका सदस्य राष्ट्रहरुबीच हुने भनिएको संयुक्त सैन्यअभ्यास चीन विरुद्धको संकेतिक कदम हुनसक्ने सोचका साथ अन्तिम समयमा आएर नेपालले भाग लिएको थिएन ।    
अमेरीकामा ट्रम्पको उदयपछि दुनियाँमा अमेरीकाको पुरानो छवी कायम छैन । भरपर्दो मानिएको पुरानो साखमा गिरावट आएको छ । त्यसैले भारत भने चीनको मामलामा अमेरीकासंगै उभिएको भएपनि उसको भरपरिहाल्ने स्थितीमा देखिंदैन । अमेरीका र चीनबीच व्यापार विवाद चलिरहेको बेलामा पनि भारत चीनबीच विभिन्न स्तरका भेटघाट र वार्ताहरु भैरहेका छन् । भारत चीनसंग अमेरीकाको शैलिमा विवाद गर्नु उपयुक्त नहुने बुझाईमा रहेको देखिन्छ भने चीन पनि यस मामिलामा चनाखो देखिन्छ । उत्तरतिरको ठुलो भूभागसंग जोडिएको र उदाउँदो शक्तिकारुपमा अगाडि बढीरहेको चीनसंगको संम्बन्धलाई सुधार्न विषेश ढंगबाट प्रयास गरिनुपर्ने भारतको नीति रहेको देखिन्छ ।

एशिया प्रशान्त क्षेत्रको विविध महत्ववारे चर्चा धेरै अगाडिबाट हुँदै आएको भएपनि चीनले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसेटिभको प्रभावलाई सामुहिक प्रयासबाट यसक्षेत्रमा रोक्न एशिया प्यासेफिक रणनीतिलाई सक्रिय बनाईएको यथार्थ हो । भारतीय प्रधानमंत्री मोदीले पटकपटक पुरब की ओर देखो भनेर भारतको चासो एशिया प्रशान्त क्षेत्रतिर रहेको संकेत गरिसकेका छन् । ट्रम्पले एशिया प्यासेफिकको सट्टा इण्डो प्यासेफिक रणनीति अथवा ईण्डो प्यासिफक ड्रिम जस्ता शब्दावलीको प्रयोग गरेर भारतको महत्वलाई विषेश जोड दिएको पाईन्छ । यस क्षेत्रको सुरक्षा,स्वतन्त्र जलपरिवहन र व्यापारमा अमेरीकाले स्वतन्त्रतापछिदेखि नै काम गर्दै आएको ट्रमले बताऊँदै आएका छन् । ओबामाले आफ्नो कार्यकालमा यो क्षेत्रकालागि पुनरसंतुलनको कुरा गरेका थिए भने ट्रम्प इण्डो प्यासेफिक रणनीतिको कुरागरिरहेका छन् ।
             
चीनले पनि नेपालप्रतिको आफ्नो चासोलाई घनीभूत बनाऊँदै लगिरहेको छ । उसले नेपाल र चीनबीच नागरीक संम्बन्धलाई पनि विकास गर्न थालेको छ । नेपाल र भारतबीचको बलियो नागरीक सम्बन्धको देखासिकी चीनले पछिल्ला दिनहरुमा गरिरहेको छ । यसमा पनि उ नेपाल चीन विरोधी तिब्बतीहरुको अखडा बन्ला र तिनीहरुको घुसपैठ सिमावारी होला कि भनेर धेरै सतर्क पनि देखिंन्छ । जनस्तरमा जतिसुकै प्रगाढ संम्बन्ध रहेको भएपनि नेपालमा दिल्लीप्रति जति शंदेह र अविश्वास छ त्यो भन्दा बढी बेइजिङ्गप्रति विश्वास देखिन्छ । इतिहास हेर्ने हो भने नेपालको विभिन्न क्षेत्रमा ठुलो योगदान गरेर पनि भारत नेपालमा विश्वासिलो बन्नसकिरहेको छैन भने त्यो भन्दा कम योगदान गरेर चीन विश्वासिलो बन्न सफल भएको छ । यस्तो हुनुमा दिल्लीले आफ्नो दोष देख्दैन बरु नेपालीलाई गरेको नदेख्ने बैगुनीको कोटीमा राख्दछ ।

अमेरीकाबाट फर्केपछिका परराष्ट्रमंत्री ज्ञवालीका भनाईहरु मान्ने हो भनेपनि नेपाल चीनलाई चीढ्याऊने गरी कुनै मंचहरुमा जान नचाहेको बुझ्न सकिन्छ । यो कुराले नेपाल आफ्नो अडानबाट पछि नहटेको भन्न सकिन्छ ।  यो अडानमा रहिरहँदा भारत अमेरीका जापान जस्ता देशहरुलाई कसरी मनाउने भन्ने जोखिमपूर्ण विषयमा राम्ररी सोच्न जरुरी छ ।          
      

टिप्पणियाँ

  1. Good day! I simply would like to offer you a big thumbs up
    for the excellent information you've got here on this post.

    I'll be returning to your website for more soon.

    जवाब देंहटाएं
  2. Appreciate the recommendation. Let me try it out.

    जवाब देंहटाएं
  3. I know this site gives quality dependent articles or reviews and additional
    data, is there any other website which offers such
    information in quality?

    जवाब देंहटाएं
  4. Hmm is anyone else experiencing prolblems with the pictures on this
    blog loading? I'm trying to find out if iits a problem on my end or if it's
    the blog. Any feed-back would be greatly appreciated.

    जवाब देंहटाएं
  5. No matter if some one searches for his necessary thing, thus
    he/she wants to be available that in detail, so that thing is maintained over here.

    जवाब देंहटाएं
  6. What's up to every one, the contents existing at this web
    site are in fact awesome for people knowledge, well, keep up the good work fellows.

    जवाब देंहटाएं

एक टिप्पणी भेजें

Thank you.

इस ब्लॉग से लोकप्रिय पोस्ट

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष