गरीबी निवारणका प्रयासहरु : बालुवामा पानी
अहिले नेपाळमा सरकारी तथ्यांक अनुशार २३ प्रतिशतको हाराहारीमा गरीबी रहेको देखिंन्छ । गैरसरकारीक्षेत्रका अनुसार यो तथ्यंाक अझै बढ़ी देखिन्छ।

नेपालमा गरीबी निवारणका क्षेत्रमा धेरै अगाडिदेखि नै प्रयास भैरहको देखिए पनि त्यस अनुशारको प्रतिफल नदेखिएको यर्थाथ हो । त्यसमा लक्षित वर्ग पहिचान नगरिकन विकासको मात्र कुरा गरिदै आएको हुनाले यस्तो भएको अनुमान गर्न सकिन्छ । राज्यका संयन्त्रहरुमा विभिन्न उचित अनुचित तत्वहरु हावी हुनेगरेकोले पनि विकासका नाममा जाने श्रोत र साधनहरुमा हुनेखानेहरुकै हालीमुहाली रहंदै आएको देखिंदै छ । अहिले देशमा सरकारी तथ्यांक अनुशार २३ प्रतिशतको हाराहारीमा गरीबी रहेको देखिंन्छ ।
पछिल्ला वर्षहरुमा लक्षित वर्गको पहिचान नगरीकन लक्ष्य हासिल गर्न नसकिने भन्ने कुरा सर्वत्र महसुस भएको छ । जाती धर्म सम्प्रदाय र भूगोल विषेशका कारणले गर्दा नै गरीबी अपेक्षा अनुशार घट्न नसकेको भन्ने अर्को धारणाको पछिल्ला दिनहरुमा बलियो रुपमा विकास भैरहेको छ । तर, यो अवधारणले पनि सम्पूर्ण लक्षित वर्गलाई समेट्ने सामर्थ राख्ने देखिन्न ।
सहकारी तथा गरीबी निवारण मंत्रालयले २०६९ सालमा जारी गरेको निर्देशिका र २०७२ सालमा भएको त्यसको तेस्रो संशोधनले गरीब घर परिवारको पहिचान गरी परिचयपत्र वितरण गर्ने नीति अगाडि सारेको थियो । त्यसमा पनि गरीबहरुलाई क ख र ग गरी तीन श्रेणीमा विभाजन गरिएको छ । वार्षिक १९ हजार ६ सय रुपियां खर्च गर्न सक्ने परिवारलाई क श्रेणीमा, ३१ ह्जार ६ सय खर्च गर्न सक्ने परिवारलाई ग र वार्षिक ४०हजार खर्च गर्न सक्ने परिवारलाई ग श्रेणीमा राखिएको छ । आयको यकिन विना खर्चको कसरी यकिन होला भन्ने प्रश्न पनि उठाईने गरिएको छ ।
पहिलो चरणमा देशका २५ जिल्लाहरुलाई यो कार्यक्रम लागु गर्न छनोट गरिएको छ । यी २५ जिल्लाहरुमा कपिलवस्तु,भोजपुर,सिराहा,खोटाङ, गोरखा, रौतहट, तनहुं, रोल्पाल सिन्धुली, बाग्लुङ, बर्दिया, जाजरकोट, प्युठान, रुकुम, रामेछाप, कालिकोट, मुगु, अर्घाखाची,डोल्पा, हुम्ला, जुम्ला,बझाङ, बाजुरा, अछाम, कैलाली रहेका छन् । यी मध्ये सबै भन्दा उच्च गरीबी बाजुरा र सबै भन्दा कम तनहुमा देखिएको छ । छनौट गरिएका पच्चिस जिल्लाहरुका १२ लाख २४ हजार ४ सय घरपरिवार मध्ये गरीबीको रेखामुनि रहेका ३ लाख ९१ ह्जार ८ सय ३१ घरपरिवारलाई परिचयपत्र वितरण गर्ने योजना छ । यो प्रयास उचित ढंगले लागुगर्न सकिएमा सकारात्मक प्रतिफल आउने आशा गरिएको भए पनि कमजोर राज्य संयन्त्रका कारणले यो असफल हुनसक्ने खतरा पनि कम छैन ।
भर्खरै ७१.१ प्रतिशत जनता गरीबीको रेखामुनि रहेको बाजुरा जिल्लामा परिचयपत्र वितरण सन्दर्भमा देखिएको भनिएको डरलाग्दो विकृतिले यस तर्फ इंगित गर्दछ । त्यहां जागिरे, पूर्वमंत्री र पहुंचवालाहरुले पनि यस्तो परिचयपत्र हात पारेको कैयन गरीबहरु परिचयपत्र पाउनबाट बंचित भएको समाचार सार्वजनिक भएको छ । यदि यस्तै हो भने चिन्हित गर्न खोजिएका गरीबहरुको कार्यक्रमले लिएको लक्ष्य अनुरुपको उद्दार हुन नसक्ने निश्चित छ ।
यस्ता कल्याणकारी योजनाहरुमा आफ्नो नाफाघाटालाई मात्र प्राथमिकता दिने बानी परेकोे कर्मचारीहरु भित्रको शक्तिशाली गुटका कारण असफल हुने गरेका छन् । तिनलाई माथिको राजनीतिक नेतृत्वले समेत छाताको काम गरिरहेको टिप्पणी धेरैतिर सुनिने गरेको छ । विगतमा ल्याईएको कल्याणकारी जस्तो लाग्ने स्वरोजगार कार्यक्रमको हविगत हेर्दा पनि यो कुरा स्पष्ट हुन्छ । यसले लक्षित भन्दा पनि राजनीतिक कार्यकर्तालाई पोषेको भन्ने आरोप छ । भ्रष्ट नेता कर्मचारीबीचको अनैतिक गठजोडको संजाल नतोडेसम्म गरीवका नाममा बगाईने रुपैयांको खोलो बालुवामा नै हराउदै जाने देखिन्छ । यो इच्छाशक्ति हासिल गर्न संसदमा रहेको कुनै दुईतिहाई बहुमतको सरकार भएर मात्रै पुग्दैन भन्ने कुरा सबैले बुझ्न जरुरी छ ।
नेपालमा गरीबी हटाउने भन्ने बहस र त्यसको निदानको प्रयास सरकारीस्तरमा शुरु भएको पनि धेरै भैसकेको छ । छैटौं पंचवर्षिय योजनादेखि यो विषयका बारेमा चासो देखाउन शुरुगरिएको भए पनि सातौं पंचवर्षिय (२०३८—४३)मा पन्द्रवर्षभित्र गास वास कपास स्वस्थ्य र शिक्षामा व्यापक सुधार गरी आम नेपाली जीवनस्तरलाई एशियाली मापदण्डमा पुर्याउने उल्लेख गरियो । लक्षित वर्गसम्म योजनाको लाभ कसरी पु¥याउने र एशियाली मापदण्डको मानक के हो भन्ने बारेमा धेरै कुरा स्पष्ट नभएको जस्तो लाग्दथ्यो । यसअघि भनिदै आएको आधारभूत आवश्यकता जस्तै एशियाली मापदण्डको कुरा पनि परिणाम देखाउने भन्दा पनि भनिने कुरा जस्तो भनेर टिप्पणी गरिन्थ्यो ।
छयालिस सालको राजनीतिक परिवर्तनपछि गरीबी निवारणको प्रयासले निरन्तरता पाईनै रह्यो । आठौं योजना (२०४९—५४)ले पनि यस कार्यलाई निरन्तरता दियो । नवौं (२०५४—५९)मा त्यसबेला विद्यमान ४२ प्रतिशत गरीबीलाई ३२ प्रतिशतमा झार्ने महत्वकांक्षी योजना अगाडि सारेको थियो । यसले सबै भन्दा गरीब ४० प्रतिशतलाई विषेश प्राथमिकता दिने उल्लेख गरे पनि सर्वतोमुखी विकास गरेर मानिसको जीवनयापनका सहज श्रोतहरुको परिचालन गरेर मात्र गरीबी हटाउन सकिने मूल अवधारणा राखेको देखिन्छ । दशौं पंचवर्षिय योजना (२०५९—६४) मा विदेशी सहायतालाई पनि गरीबी निवारणकालागि प्रथामिकतामा राखियो । विश्व बैंक र अन्तरराष्ट्रिय मुद्रा कोष जस्ता वित्तिय संस्थाहरुले पनि यस क्षेत्रमा चासो देखाए । त्यसबेला अब नेपालमा गरिबी निदानको क्षेत्रमा केही प्रगती होला भन्ने आशा धेरैले गरेका थिए । सरकारी आंकडालाई मान्ने हो भने २०६१ मा तथ्यांक विभागले दिएको जानकारी अनुशार गरिबी ३८ बाट ३० प्रतिशतमा झरेको बताईएको थियो । यो तथ्यांक भन्दा यथार्थ अझै बढी हुने आंकलन गर्नेहरु पनि धेरै थिए ।
नेपालमा देखाईने तथ्यंकहरुमा पनि विश्वासनियताको अभाव देखिने गरेको छ । विभिन्न दाता एजेन्सीहरुले प्रकाशित गरेका तथ्यांकहरु र सरकारी तथ्यांकहरुमा एकरुपता पाईंदैन । एशियाली विकास बैंकले दक्षिण एशियाली केही देशहरुको गरीबीको तथ्यांक २०१८ मा सार्वजनिक गरेको छ । त्यस अनुशार नेपालको गरीबी सन् २०१०मा २५.२ प्रतिशत देखाईएको छ । त्यसरी नै बंगलादेशमा २०१६मा २४.३, भारतमा २०११मा २१.९, भुटानमा २०१७मा ८.२ र श्रीलंकामा २०१६मा ४.१ प्रतिशत गरीबी रहेको देखाईएको छ । दाताहरुले नेपालको कमजोर संयन्त्रलाई देखाएर यहांको सरकारी तथ्यांकमा विश्वास गरेको पाईंदैन उनिहरुको अविश्वासमा पुरै असत्यता भने छैन । यसै निहुंमा उनिहरुले भरपर्दो तथ्यांक बनाउने नाममा सहयोगकालागि आएको रकमबाट नै ठुलो रकम खर्चने गरेका छन् ।

It's great that you are getting ideas from this post as well as
जवाब देंहटाएंfrom our argument made at this time.
great points altogether, you simply won a new reader. What may you recommend about your
जवाब देंहटाएंpost that you simply made a few days in the past? Any certain?
Do you mind if I quote a few of your articles as long as I provide credit and sources back to your webpage?
जवाब देंहटाएंMy blog is in the very same area of interest as yours and my visitors
would certainly benefit from some of the information you provide here.
Please let me know if this alright with you. Cheers!
Pretty! This has been a really wonderful article. Thank you for supplying these details.
जवाब देंहटाएंthanks
हटाएंHello, I check your blogs regularly. Your story-telling style is witty, keep doing what you're doing!
जवाब देंहटाएंPeculiar article, just what I wanted to find.
जवाब देंहटाएंAw, this was an extremely nice post. Taking the time and actual effort to make
जवाब देंहटाएंa really good article... but what can I
say... I hesitate a lot and don't manage to get nearly anything done.