चीन र म्यानमारबीच बढ्दो निकटताले पार्न सक्ने प्रभाव
चिनिया राष्ट्रपति सी जिम्पिङ जनवरी १७ र १८ गते म्यानमारको औपचारिक भ्रमण गरेका छन् । चिनिया राष्ट्रपतिको यो स्तर औपचारिक भ्रमण १९ वर्षपछि भएको हो । सत्तरीवर्ष पहिला शुरु भएको दुई देशबीचको औपचारिक सम्बन्धले नयाँ उचाई पाएको उल्लेख दुवै देशले गरेका छन् । भ्रमणको अन्त्यमा जारी १३ बुँदे संयुक्त वक्तव्यमा चीनले अगाडि बढाऊँदै आएको बीआरआईप्रति दुवै देशले एक्यबद्धता जनाएको कुरा उल्लेख भएको छ ।
चाइना म्यानमार आर्थिक कोरिडोरलाई म्यानमारको समुन्नति तथा दुवै देशको पक्षमा साझा प्रयासहरु गरिने प्रतिबद्धता पनि सार्वजनिक भएको छ । सिमा क्षेत्रमा विभन्न आर्थिक विकासका क्षेत्र बनाएर काम गर्ने सहमति भएको छ ।
म्यामार यतिबेला रोहिंगिया मुसलमानहरु प्रति अत्याचार गरेको भन्ने संयुक्त राष्ट्रसंघ लगायत पश्चिमा देशहरुले लगाएको चर्को आरोपको सामना गरिरहेको छ । यद्यपि म्यानमारले यो आरोपको खण्डन गर्दै आईरहेको छ । यो स्थितीमा म्यानमारसंग चीनसंग सम्बन्ध बढाउनुको विकल्प नरहेको अनुमान गर्न गाह्रो छैन ।
म्यानमारसंग बढ्दो रणनीतिक साझेदारीले चीनलाई बंगालको खाडी र हिन्दमहासागरमा आफ्नो प्रभाव विस्तार गर्न बाटो खुलेको छ । चीनको बीआरआई रोक्ने स्वार्थमा अमेरीकाको नजिक देखिंदै आएको दक्षिण एशियाको प्रभावशाली देश भारतका वरपर नेपाल, पाकिस्तान, बांगलादेश, श्रीलंका र म्यानमार बीआरआईका रणनीतिक साझेदारहरु बनेका छन् । अब हिन्दमहासागर हुँदै तेल लगायत अन्य सामानहरुको आयात निर्यात गर्न चीनलाई सहज हुने देखिएको छ ।
भारतको नेतृत्वमा रहेको विमेष्टिक र अमेरिकाको इण्डोप्यासिफिक रणनीतिलाई चीनले धक्का दिने प्रयास गरेको अनुमान हुन्छ । यो क्षेत्रमा चीनको प्रभाव अप्रत्याशित ढंगबाट बढ्नुमा भारतको छिमेक नीतिमा रहेको कमजोरीका रुपमा पनि अथ्र्याउने गरिएको छ । यो क्षेत्रमा चीनको बढ्दो प्रभावले सन्तुलन नै रहने हो वा टकरावको स्थिती उत्पन्न हुने हो भन्ने किटान गर्न अझै गाह्रो छ । महाशक्तिहरुबीच हुने प्रतिस्पर्धाले यहाँका देशहरुले फाईदा भन्दा दबाव र ध्र्रविकरणबाट झन् धेरै प्रताडित हुन पर्ने स्थिति पनि आउन सक्ने देखिन्छ ।
अमेरीकाले नेपाल जस्ता देशलाई इण्डोप्यासिफिक रणनीति शामेल गराउन जुन प्रपन्चहरु अपनाउँदै आएको छ त्यसलाई उदाहरण मान्ने हो भने पनि स्थिती सरल होला भन्न सकिन्न । चीनले पनि अरु देशहरुको मात्र विकास गर्ने अभिष्ट लिएर आफ्नो प्रभाव फैलाउन चाहेको होईन । चिनियाँ साझेदारीको अर्थ नाफा घाटाको दायित्व पनि हो ।
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.