गोविन्द केसी प्रकरणः हठ त्यागौं

              
     बाबुराम पौड्याल
      
  
 डा.गोविन्द केसी दुर्गमको पर्याय मानिने जुम्ला गएर अनशन गरिरहेका छन् । नेपालको मेडिकल शिक्षाको क्षेत्रलाई व्यवस्थित गर्न विगतमा माथेमा नेतृत्वमा गठित कार्यदलले दिएको प्रतिवेदन अक्षरश पालन गर्नूपर्ने माग राखेर उनि पन्द्रौंपटक अनशनमा बसेका हुन । उनको प्रयासमाथि शंका गर्नुपर्ने ठाउं देखिंदैन । उनिसंग भएको महत्वपूर्ण पूंजी भनेको उनको सादा जीवन र उनको व्यक्तिगत स्वार्थको दायरा एकदमै सिमित हुनु हो — यसमा प्रश्न उठाउने ठाउं छैन ।
   चाकडी, चापलुसी, कमिशनखोरी र मुनाफाखोरीको समुन्द्रमा उनको निष्ठाको उचाई धेरै फराकिलो छ । उनको यो पोजिशनबाट फाईदा लिन उनलाई कसैले उपयोग गर्ने प्रयत्न कही कतैबाट भएको छ कि भनेर चनाखो रहनुपर्ने बेला पनि हो यो ।

        लामो समयदेखि चल्दै आएको राजनीतिक अस्थिरताले मौलाउने मौका पाएको अराजकता र माफियातन्त्रले देशको कुनै क्षेत्रलाई बांकी छोडेको छैन । यसले देशमा वैधानिक संयन्त्रभन्दा कैयौं गुणा बलियो संजाल निमार्ण गरेको छ । यसलाई नियन्त्रण गर्नू भन्दा यसैलाई उपयोग गरेर आफ्नो स्वार्थसिद्ध गर्ने काम अरुले होईन, राजनीतिक नेतृत्वले नै गर्दै आएको छ । आफु सत्तामा जान मनि र मसलवालाहरुको शरणमा जाने र  सत्तामा पुगेपछि राज्यका महत्वपूर्ण पदहरु बिक्री गर्ने । योग्य भन्दा आफ्ना चाटुकारहरुलाई प्रोत्साहन गर्ने जस्ता कार्यहरु राजनीतिक नेतृत्वबाट हुदै आएका छन् । नोकरशाहहरु कार्यलय वर्षौसम्म एकै ठाउंमा बसेर कमिशनका छिद्रहरु उपयोग गर्न तल्लिन रहेको प्रसस्तै उदाहरणहरु देख्न सकिन्छ । यो सबै प्रकृयामा जनताको स्वार्थलाई पाईतालामुनि कुल्चिने काम हुंदै आएको छ । यो यथार्थ स्वस्थ्य वा शिक्षा क्षेत्रमा मात्र होईन सबैतिर छ ।

        यस्तो बेथितीलाई मलजल गर्दै आएका राजनीतिकदलहरुले सार्वजनिक रुपमा आत्मालोचना नगर्ने हो भने सरकारको एउटा कर्मचारी गोविन्द केसीको पेट सुकाईले केही फरक पार्ने छैन । राजनीतिको एक   कित्ताले गोविन्द केसीलाई उपयोग गर्ने र अर्कोले मुनाफखोरहरुलाई बोकेर हिंड्ने दुर्भाग्य नहोस ।  सत्तामा  रहेको होस् वा प्रतिपक्ष होस दुवैले यस कुरालाई हेक्का राख्न जरुरी छ ।

        दुईतिहाईको बहुमत लिएर सत्तामा पुगेकाहरुले यो देशमा गर्नै पर्ने धेरै कुराहरु छन् । दम्भले समस्याको हल गर्दैन बरु झन् बल्झाउंछ । त्यसैले असल कामकालागि सबैले हठलाई तिलांजली दिन आवश्यक छ ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष