गुटहरुले नेकपालाई धराशायी बनाउने बढ्दो संभावना

नेकपा नेतृत्वले समयमै सजग नहुने हो र गुटहरुको हवामा मात्र हिंड्ने हो भने दई तिहाई मत लिएर संसदमा छिरेको नेकपाले आन्तरि गुटबन्दीका कारण जनतालाई निराश नै बनाउने देखिन्छ ।


 उपसभामुख शिवमाया तुम्बाहाम्फेले लामो रस्साकस्सीपछि राजिनामा दिएर नेकपाकालागि सभा सभामुख चयनकालागि मार्गप्रसस्त गरिदिएकी छन् । तत्कालिन माओवादी केन्द्रका तर्फबाट सभामुख चयन भएका कृष्णबहादुर महरा यौनकाण्डको आरोप लागेपछि पद छोड्न बाध्य भएपछि सभामुख पद रिक्त भएको थियो । शिवमाया तत्कालिन एमालेका तर्फबाट उपसभामुख बनेकी थिईन । अब यी दुवै पार्टीहरु पछि एकिकृत भैसकेपछि दुवै पदमा एउटै दलको नियुक्ती हुन नसक्ने संवैधानिक प्रावधान छ । उसो त पार्टी एकिकरण भैसकेपछि नेकपाले सभामुख र उपसभामुख मध्ये एक पद छोड्नु वांछनिय थियो तर नैतीकताको पालनालाई नेपालका राजनीतिक पार्टीहरुले महत्व दिन चाहेको देखिंदैन ।

नेकपाले शिवमायालाई राजिनामा दिन लगाएर सभामुखमा अर्को उम्मेदवार दिने मनस्थिति बनाएको थियो । जस अनुशार प्रधानमंत्री ओली नेता सुभाष नेम्वाङको पक्षमा थिए भने प्रचण्ड लागाएतको माओवादी समुह भने माओवादी समुहले पाएको पद माओवादीले नै पाउने भन्दै चर्को गुटबन्दी शुरु गरयो । शिवमाया भने सभामुखको पदमा आफ्नो पदेन्नति होस भनेर चहान्थिन् । नेकपाभित्र ओलीलाई दवावमा राख्न माओवादी बाहेकका गुटहरु पनि यस मामिलामा सक्रिय भए । अन्तत माओवादी खेमाका अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय नेकपाले गर्यो । गुटको चलखेल नभएको भएपनि शिवमायाको पदोन्नतीको झिनो संभावना मात्र थियो किनभने उनलाई सभामुखमा लैजाने सोच प्रधानमंत्रीको पनि थिएन । उनि सुभाष नेम्वाङलाई नै आफ्नो तर्फबाट सभामुख भएको हेर्न चहान्थे तर अन्तत उनको पनि केही चलेन ।

शिवमायाले पार्टीले भनेर आफुले राजिनामा नदिने बरु आफुले महाअभियोगको सामना गर्ने कडा उत्तर नेकपा नेतृत्वलाई दिंदै आएकी थिईन । नेकपा तत्कालिन एमाले र माओवादी मिलेर एकिकृत भैसकेको पार्टी भएपनि यसभित्र धेरै प्रकारका बलिया चोईटाहरु कायमै रहेको हुँदा परिस्थितीले उनलाई कमजोर बन्न वाध्य नै पार्यो । जे होस उनले पार्टी नेतृत्वलाई लामै समयसम्म हायलकायल पारिन् जसका कारण लामै समयससम्म संसदको तल्लो सदन अवरुद्ध जस्तै भयो । भनिन्दै छ, शिवमायालाई अन्य कुनै पद दिने सहमती बनेको छ । गुटहरुका कारण त्यस्तो सहमती कार्यन्वयन हुने कि होईन भन्ने भविष्यको गर्भमा नै छ, यतिखेर ।

नेकपा संरचनागत हिसावले व्यवस्थित मानिए पनि उसको अवस्था भने जर्जर नै रहेको देखिएको छ । शिवमायाको बहिर्गमन र सापकोटाको आगमन प्रकरणले यो कुरा देखाएको छ । अमेरिकासंग लिने भनिएको एमसीसीमा पार्टीभित्रको मतभिन्नता सडकसम्म नै पोखिनुले  पार्टी नेतृत्व बहसलाई व्यवस्थित गर्न असक्ष जस्तै देखिएको छ । यदि यो बहस व्यवस्थित भएन भने पार्टीको विभाजन पो हुने हो कि भन्ने शंका पनि गरिंदै छ ।

 नेतृत्वले पार्टीका निकायहरुमा छलफल नै नगरी मनमानी निर्णय नै नगरेको आरोप नेताहरुले नै सडकमा गरिरहेका छन् । भीम रावल, रामकुमारी झाँक्रीहरुका सरकारप्रतिका तीखा आलोचनाहरुलाई सुन्दा लाग्छ, उनिहरु पार्टीमा अब बस्न सक्ने अवस्थामा छैनन् ।  नेतृत्वले समयमै सजग नहुने हो र गुटहरुको हवामा मात्र हिंड्ने हो भने दुइतिहाई मत लिएर संसदमा छिरेको नेकपाले पनि  जनतालाई निराश नै बनाउने देखिन्छ । 
                     

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष