मोदीको रुस भ्रमण : प्रभाव विस्तारको प्रयास

मोदी र पुटिन बीच को भेटवार्ताले भारत रुस सम्बन्ध मा नया आयाम थपिएको विश्वास भारतमा गर्न थालिएको छ ।



 पुर्वोत्तर भारतको असम राज्यमा एनआरसीको अन्तिम सूची सार्वजनिक हुँदै  त्यहाँ उन्नाईसलाख मानिसहरु विदेशी भएको तथ्यांकले देखाएको छ । यो सुचीमा एकलाख भन्दा बढी नेपालीभाषीहरु बाहिर परेका छन् । ठुलो धनराशी स्वाहा परेर गरिएको एनआरसीको प्रकृया वारे नै यतिखेर विभिन्न कोणबाट वहस भै रहेको छ । कस्मीरको विषयले पनि भारतलाई अन्तरराष्ट्रिय सम्बन्धमा थप कसरत गर्नु पर्ने भएको छ । सो अनुरुप अन्य उद्देश्यहरुका आडमा दिल्लीबाट यतिखेर दौडाहाहरु भैरहेका छन् । 
      
भारतीय प्रधानमंत्री नरेन्द्र मोदी भारत अधिकृत कस्मीरले भारतीय संविधानमा उपयोग गरिरहेको विषेश दर्जा खारेज गरेपछि अन्तरराष्ट्रिय जनमतलाई आफ्नो पक्षमा पार्ने प्रयास स्वरुप थालिएको विदेश भ्रमणका क्रममा दुई दिने रुस भ्रमणमा ब्लाडिभोस्टकमा रुसी राष्ट्रपति पुटीनसंग पानी जहाजमा वार्ता गरेका छन् । अवरणमा २०औ भारत रुस वार्षिक समीट र पाँचौं पूर्वीय आर्थिक मंचको सम्मेलनमा भाग लिन र रुससंग हतियार, उर्जा र अन्य दुईपक्षीय वार्ता गर्ने भनिए पनि वार्तामा कस्मीरको विषयले प्रमुखता नपाउने कुरै भएन । संम्मेलनमा भारतको यो पहिलो सहभागिता हो । त्यहाँ मोदीको जापान लगाएतका अन्य सहभागी देशहरुका नेताहरुसंग भेट भएको छ । सम्मेलन पछिको वक्तव्यमा मोदीले कस्मीरको विषयलाई पनि उल्लेख गर्दै आफ्नो पक्ष राखेका छन् । भारतको बढ्दो कुटनीतिक सक्रियाताको हिस्साकै रुपमा यसलाई हेरिएको छ । रुससंग २५ विभिन्न महत्वपूर्ण सम्झौताहरु भएका छन् । भारतले रुसलाई एक विलियन अमेरिकी डलर सहयोगको प्रतिबद्धता जनाएको छ ।
                
 समयको खेल नै भन्नु पर्दछ आफ्ना छिमेकी देशहरुका अन्तरिक मामिलामा हस्तक्षेपको आरोप समय समयमा खेप्दै आएको भारत यतिखेर आफ्नो आन्तिरिक मामिलामा बाहिरी  हस्तक्षेपको प्रतिवाद गर्ने बताउँदै आईरहेको छ । उसो त रुसले कस्मीरको समस्यालाई भारत र पाकिस्तानको आपसी मामिला भएको बताईसकेको छ । भारतले भने भारतीय संविधानको धारा ३७०लाई हटाउने कुरा भारतको आन्तरिक मामिला भएको कुरामा अन्तरराष्ट्रिय जगतलाई मनाउन चाहिरहेको छ ।

रुस सोवियत कालको भारतको पुरानो विश्वसिलो मित्र देश हो तर शीतयुद्धको समाप्तीपछि भारत अमेरीकासंग नजिक हुँदैगएको थियो । रुस पनि पछिल्ला वर्षहरुमा चीन र पाकिस्तानसंग नजिक हुँदै गएको छ । अमेरीकासंग रुस र चीनको तनावपूर्ण सम्बन्धका कारण पनि दुवै देश नजिक देखिएका छन् । ट्रमको समयमा आएर अस्थिर बन्न पुगेको वाशिङटनको कुटनीतिप्रति भारत स्वयं पनि विश्वस्त देखिंदैन । ट्रमले पटक पटक कस्मीरको समस्यामा भारत र पाकिस्तानका बिच आफुले मध्यस्तता गर्न चाहेको बताएर भारतको लाईन भन्दा आफुलाई अलग देखाएका छन् । अफगानिस्तान वार्तामा अमेरिकाले पाकिस्तानसंग मिलेर काम गर्न अग्रसर भएको छ । दिल्लीसंग नजिक रहेको काबुलले सो वार्तामा पाकिस्तानसंगै भारतको साथ खोज्ने आशा गरिएको भए पनि त्यस्तो भएन ।  रुससंगको पुरानो मित्रतालाई दुरुस्त बनाएर वर्तमान पाक—विवादमा चीनलाई न्युट्रल राख्ने उद्देश्य  भारतमा देखिन्छ । उसो त चीन र भारत वर्तमान परिस्थिति भारत र चीन एकअर्काप्रति आक्षेप लगाएर सम्बन्धलाई थप जटील बनाउन चाहेको देखिंदैन । भारतको चीनसंग पनि लामो समयदेखि सिमाविवाद कायमै छ । लद्दाखलाई भारतले कस्मीरबाट अलग्याएर केन्द्रशासित प्रदेश बनाउदा चीनले असंतुष्टि जाहेर गरिसकेको छ । यसकारण पनि रुससंग सम्बन्धमा पुनरताजगी ल्याउन भारतकालागि आवश्यक छ ।

पाकिस्तान पनि भारतले कस्मीरमा गरेको नयाँ व्यवस्थाप्रति आक्रोशित देखिदै आएको छ । भारतले पुलवामा घटनापछि पाकिस्तान अधिकृत कस्मीरमा गरेको विवादित सर्जिकल स्ट्राईकको समयमा पाकिस्तानी प्रधानमंत्री इमरान खान जति शालिन देखिन्थे त्यो भन्दा यसपटक बढी नै आक्रशित देखिएका छन् । भारतका मिडियाहरुलाई हेर्दा लाग्छ पाकिस्तानलाई गाली गर्नु नै भारतको राष्ट्रगान हो भने पाकिस्तानी मिडियाहरु पनि भारतको उछित्तो काड्न पछाडी परेका देखिंदैनन् । दुई देशका टीभी र समाचारहरुमा आफ्नो आत्मप्रसंसा गर्दै दुई देशका मिशाईल र बमबर्षक विमानहरुको तथ्यांक देखाउन र सुनाउन थालिएको छ ।

मुश्लिम आवादी भएको कस्मीरमा अझैसम्म स्थिति सामान्य भएको छैन । ठुलो वारदात  नभएपनि कस्मीरमा एक महिनासम्म स्थिती समान्य नहुनुले पनि धेरै आशंका थपिदिएको छ । त्यहाँ ठूलो संख्यामा सैनिक बलको उपस्थिति र संचार सम्पर्क अझै पनि समान्य नहुनुलाई अन्तरराष्ट्रिय जगतमा आलोचना गरिंदै आएको छ । कस्मीर सुराक्षकर्मीको गिरफ्तमा रहेको आरोप अधिकारकर्मीहरुले सरकारमाथि लागाईरहेका छन् । भारतीय समाचार माध्यम वायरले जनाए अनुशार अगस्त ६ को एउटा प्रदर्शनका क्रममा अर्धसैनिक बलद्वारा घाईते भएको एक जनाको बीस दिनपछि शेर ए कस्मीर अस्पतालमा मृत्यु भएको छ ।
  
भारत अन्तरराष्ट्रिय शक्तिहरुद्वार सहजै उपेक्षा गर्न नसकिने शक्तिकारुपमा स्थापित हुँदै गएको छ । एशियामा चीन र भारत जस्ता देशहरुलाई उपेक्षा गरेर कुनै पनि बाहिरी शक्तिको स्वार्थ पुरा हुन सहज छैन ।                                       

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष