राष्ट्रिय जनता पार्टीमा विवाद : अब के होला ?


 यतिबेला  राष्टिय जनता पार्टी नेपालमा आन्तरिक विवाद देखिंदै छ । विगत उन्नाईस महिनादेखि संयोजकको पदमा रहिआएका पाका नेता महन्थ ठाकुरलाई हटाएर नेता राजेन्द्र महतोलाई संयोजक बनाईएपछि पार्टीभित्र विवाद, चुलिएको हो । विशेष अवस्थामा २१ अप्रैल २०१७मा छवटा मधेशकेन्द्रित दलहरु मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपालले त्यसबेला मधेशमा आशाको संचार गरेको थियो । त्यसबेला छवटा दलका छजना शिर्षनेताहरु सम्मिलित अध्यक्षमंडलले आगामि महाधिवेशनसम्म पार्टीको नेतृत्व गर्ने र छजना मध्ये वरियताका आधारमा एकजनाले दुईमहिनाका हिसाबले पालैपालो अध्यक्षमंडलको संयोजक बन्ने नियम बनाइए पनि महन्थ ठाकुर लगातार उन्नाईस महिनादेखि संयोजक रहंदै आएका थिए ।

राजपा आफ्नो प्रथम महाधिवेशनको तरखरमा रहेको अवस्थामा विवाद देखापरेको हो । संविधान संशोधनको शर्तमा ओली सरकारलाई दिएको समर्थनप्रति सरकारले वेवास्ता गरेको भन्दै छठपर्वपछि फिर्ता लिने चेतावनी राजपाले दिंदै आएको थियो । भनिन्छ, यस विषयमा पनि राजपामा मतैक्यता हुन नसकेको समाचार बाहिर आएको छ । यस्ता सानातिना विवाद सार्वजनिक हुनुले राजपाले आफुलाई राजनीतिक पार्टीका रुपमा विकसित गरिनसकेको जस्तो देखिन्छ । समर्थन फिर्ता लिएर तुरुन्तै आन्दोलनमा जाने अवस्थामा पनि राजपा रहेको जस्तो देखिंदैन । राजपाले समर्थन लिएर पनि ओली सरकारलाई खासै असर पर्ने देखिंदैन । आन्दोलनलाई नै प्राथमिकता दिने हो भने प्रदेश सरकारमा बसिरहनुको औचित्य देखिंदैन । सरकार छोडेर बाहिर निस्कनु पनि उसको प्रवृत्तीका हिसाबले सजिलो कुरा होईन ।

मधेशको राजनीति गर्दै आएका राजपा र संघीय समाजवादी फोरम प्रदेश नंम्बर २ को सरकारमा समेत् छन् । राजपामा आएको किचलोको संक्रमण बढ्दै जाने हो भने मधेशमा फोरमको वर्चस्व बढेर जाने विश्वास केहीले व्यक्त गरेका छन् ।
  
ठाकुरमाथि नियुक्ति र अवसरहरुमा आफन्तहरुलाई मात्र प्रश्रय दिएको आरोप लागाईएको छ भने उनलाई हटाएर राजेन्द्रमहतोलाई संयोजक बनाउने कुराको केहीले विरोध पनि गरेका छन् । तर, ठाकुर भने सार्वजनिकरुपले केही बोलिरहेका छैनन् । उनको यो मौनतालाई उनको असंतुष्टिका रुपमा लिईएको छ । सामान्यतयः बाहिरबाट हेर्दा यो विषयमा विवादै हुनुपर्ने नदेखिए पनि विवाद देखिनुलाई विवादको कारण व्यतिगत टकराव भएको केही नेताहरुले बताएका छन् । ठाकुरको पक्षमा अनिल झा लगायतका केही ब्राम्हणहरु खुलेरै लागेको देखिएकोले विवादमा जात पनि एउटा कारण रहेको जस्तो दखिएको छ । यदि यो सत्य हो भने मधेशकालागि राजनीति गर्ने शक्तिलाई ठूलोक्षति पुग्ने निश्चित छ ।    
       

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष