पूर्वोत्तरभारतमा नेपालीहरु—८
अंग्रेजहरुले यसकालागि
नेपालका राणाहरुको अनुमति लिन खोज्दा करकाप गरेर नलानु भन्ने स्वीकृति पाए ।
सन् १८६७ मार्च २६का दिन मार्घेरिटामा खनिज तेलको भण्डार फेला प¥यो । प्रारम्भिक दिनहरुमा तेलको प्रशोधन कराहीमा राखेर गरिन्थ्यो । यसै गरि खनिज कोईला पनि पत्तो लागे पछि अंग्रेजहरुले ती सम्पदाको उपयोगकानिम्ति रेलवे विस्तार गर्ने योजना बनाए । यसकालागि लगनशील जनशक्तिको ठूलो आवश्यकता प¥यो । अंग्रेजहरुले नेपाली श्रमिकहरुबाट मात्र यो संभव हुने आकलन गरेका थिए । यसकालागि नेपालका राणाहरुको अनुमति लिन खोज्दा करकाप गरेर नलानु भन्ने स्वीकृति पाए । यसरी नेपालबाटै नेपालीहरुलाई ठेकदारहरु मार्फत् कामका लागि एग्रिमेण्ट गरेर आसाम लैजान थालियो ।
एग्रिमेन्ट गरी नेपालबाट ल्याएका कामदारहरुलाई राखिएको बस्तीलाई अहिले पनि दिगबोईमा ग्रीमेट लाइनका नामले चिनिने गरिन्छ । यी स्थानहरु बाहेक दिगबोइंका रस्तापाटी, नालापाटी, इटटाभट्टा, मुलियाबारी र टोपलाबस्ती लगायतका स्थानहरुमा यस्ता श्रमिक नेपालीहरुको बाक्लो बसोबास थियो । त्यसबेला आयल इंडिया कम्पनीमा मात्रै तीनहजार भन्दा बढी नेपालीहरुले काम गर्थे । -आसामे नेपालीहरुको ऐतिहासिक पृष्टभूमि, पृष्ट १०७ र १०८ _।
सन् १८५७मा अंग्रेज विरुद्ध भएको सिपाही विद्रोह दमन गर्न यस क्षेत्रमा आएको फौजको एक टुकडी असमको शिवसागरतिर आईपुगेको थियो । यस टुकडीबाट अवकाश लिएपछि यी गोरखाली सैनिकहरु नेपालबाट आफ्ना परिवार लिएर आई वा यतै घरजाम गरि बसोबास गर्न थाले । यसरी बसेकाहरु मध्येका केही संततीहरु अहिले पनि तामुलपुखुरी, धाईबारी र वरपरका बस्तीहरुमा बसोबास गर्छन् - असमिया नेपाली समाज आरु संस्कृतिर रुपरेखा, लें. मनबहादुर क्षेत्री, पृष्ट १० _ ।
दोस्रो विश्वयुद्ध ताका दार्जिलिङ र यसका वरीपरीबाट युवतीहरुलाई समेत वुमन एक्जुलरी कोरमा भर्ना गर्ने गरिएको थियो । सैनिक भर्तीको मेडिकल जांचमा असफल भएका युवाहरुलाई समेत लेवर कोरमा लिएर कुल्ली कामका निम्ति पठाईने गरियो । यसरी श्रमिकहरु खोज्न अनरेरी एसिस्टेन्छ टेक्निकल रिक्रुटिंग अफिसर अथवा गल्लावाल कमिशन एजेन्टहरु सक्रिय गराईएको थियो - बास सल्किरहेछ, ले= भगीरथ रावत १९८१ पृ १४९,दार्जीलिङ) । यस्ता गल्लावालहरु नेपालसम्म पुग्नेगरेकाथिए ।
आसाम विधानसभामा धेरै पटक विधायक रही सकेका विष्णुलाल उपाध्यायले उनको कृति “असामे नेपालीहरु”मा शिलङको लाईटुमुखरा, मौलाई वरपर सन् १८७४ तिर नै नेपालीहरुले भैंसी पाल्ने गरेको उल्लेख गरेका छन् । ईतिहासकार अमलेन्दु गुहा आफ्नो पुस्तक Planter Raj To Swaraj लेख्छन्— आसामका कतिपय स्थानहरुमा पशुपालन गर्ने नेपालीहरुको उल्लेख्य बसोबास सन् १८७० तिर नै थियो । सन् १८७०मा सरकारले पशुपालनकानिम्ति चरनको व्यवस्था समेत गरिदिएको थियो । नेपालीहरुले प्रत्येक भैंसीको आठआना र गाईको चारआनाका दरले सरकारलाई कर तिर्ने गरेका थिए । सन् १८९५को सरकारी अभिलेख अनुशार यसरी पालिएका भैंसीहरुको संख्या १५ हजार ७ सय चालिस थियो भने सन् १९२० सम्म आइपुग्दा यो संख्या ८७ हजार ३ सय पच्चिस पुगेको देखाइएको छ ।
उपनिवेशवादी अंग्रेज सरकार, भारतीय जनताहरुमा बढ्दो स्वतन्त्रताको चाहना र उनिहरु विरुद्ध भारतमा संगठितरुपमा फैलिरहेको जनअसंतोषबाट बेखबर भने थिएनन् । सन् १८५७मा भएको अंग्रेजी शासन विरुद्ध भएको विद्रोहले नै उनिहरुलाई एउटा ठूलो शिक्षा दिएर गएको थियो । पछिल्लो स्वतन्त्रता आन्दोलनको केन्द्र बंगाल र पंजाब र महाराष्ट्र बन्दै गएको थियो ।
त्यसबेला प्रशासनिक रुपमा आसाम, पूर्वीबंगाल -अहिलेको बंगलादेश_ र उडिसालाई समेतको विशाल भूभागलाई बंगाल भनिन्थ्यो । प्रशासनिक रुपले ठूलो भएको कारण देखाऊंदै बंगाललाई विभाजन गर्ने सोच अंग्रेजहरुमा पहिला देखिनै थियो र सन् १९०५मा आएर बंगाललाई विभाजन गरियो । यतिवेला आएर बंगालमा बढ्दो अंग्रेज विराधी गतिविधिलाई खण्डित गर्न कै लागि बंगालको विभाजन गरिएको भन्ने आम बुझाई थियो । सन् १९२० तिर पूर्वीबंगालतिरबाट निरन्तर मैमनसिंगे मुसलमानहरुको आसाममा ओइरो नै लाग्यो । उनिहरुले सरकारले पहिलेनै चरन घोषणा गरेको अधिकांश पशुपालक नेपालीहरु आश्रित चरन क्षेत्रमा आफुखशी जंगल फडानी गरेर बसोबास गर्न थाले । जस्को पहिलेदेखि नै पशुपालन गर्दै चरन क्षेत्रमा बसेका नेपालीहरु र उनिहरुका शुभाकांक्षीहरुले विराध गर्नु स्वभाविक थियो ।
अमलेन्दु गुहाले आफ्नो पुस्तक Planter Raj To Swaraj मा काजिरंगा वनक्षेत्रबाट नेपाली पशुपालकहरुलाई लखेट्न पुलिसले गरेको दमनको नेता छविलाल उपाध्यायको सभापतित्वमा सन् !(@!मा जोरहाटमा बसेको असम एसोसिएसनले विरोध गरेको उल्लेख गरेका छन् । यसै विषयलाई लिएर १९३३मा उनै छविलाल उपाध्यायको नेतृत्वमा तेजपुर ग्रेजियर्स एसोसिएसन्को गठन भएको थियो ।
सन् १९४१ तिर आसाममा तत्कालिक मुश्लिमलिगको सादुल्ला नेतृत्वको सरकारले सन् १९३८ भन्दा पहिला आसाम आएका मैमनसिंगेहरुलाई खेर गएको जमिनमा खेती गर्न दिने निणर्य गरेर पशुपालक नेपालीहरुलाई अप्ठयारोमा पार्ने संकेत देखायो । तर यस विषयमा नेपालीहरुको पक्षमा खास सुनवाई केही भएन ।

टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.