भेनेजुएलाबारे अमेरीकाको विरोधमा प्रचंडको वक्तव्य ?


 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एउटा कडा वक्तव्य निकालेर त्यहाँ वाह्य हस्तक्षेप भैरहेको भन्दै अमेरीकाको विरोध गरेका छन् । अमेरीकाले बक्तब्य बारे सरकारको धारणाको  स्पस्टता चाहेको छ। अमेरीका सुरुदेखिनै नेपालको प्रमुख सहयोगी रहँदै आएको छ ।               भेनेजुएलामा यतिबेला राजनीतिक संकट चुलिएको छ ।

  राष्ट्रपति नीकोलास माडुरोको विरुद्धमा राष्ट्रिय सभाका अधयक्ष समेत रहेका  जुआन गाइडोको नेतृत्वमा विद्रोह भैरहेको छ । गाइडोले आफुलाई आन्तरिम राष्ट्रपति घोषणा गरेका छन् । अमेरीकाले गाइडोलाई राष्ट्रपतिकारुपमा मान्यता दिइसकेको छ । अधिकांश पश्चिमा देशहरु गाइडोको पक्षमा देखिएका छन् । केही युरोपियन देशहरुले त सातदिन भित्र चुनाव सम्पन्न गर्नुपर्ने समयसीमा अगाडी सारेका छन् त्यसो नगरे प्रतिपक्षी गाइडोलाई समर्थन गर्ने चेतावनी दिएका छन् । तर, राष्ट्रपति मडुरोले यो कुरा अस्वीकार गरेका छन् । अहिलेसम्म सेना राष्ट्रपति माडुरोको पक्षमा रहेको बताईएको छ ।

 रुस र चीनले अमेरीकाले भनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै तीव्रआलोचना गरेका छन् । मेक्सिको, टर्की, भारत  र ग्रीस पनि यो मामिलामा चीन रुसकै पछाडी देखिएका छन् । संयुक्तराष्ट्रसंघमा पनि अमेरिका चीन रुसहरुबीच मत बाझिएको छ ।  यसै क्रममा आएको प्रचण्डको वक्तव्यले नेपाललाई पनि सोही लाईनमा पुरयाएको छ । यद्यपि यो वक्तव्य पार्टीगत कि सरकारी भन्ने अन्यौलता छ । जेसुकै भएपनि सत्तासीन पार्टीका अध्यक्षबाट आएको यो वक्तव्यको प्रभावबाट सरकार पन्छिन मिल्ने देखिंदैन ।

पछिल्लो चुनाव विपक्षीहरुले व्यापक अनियमितता भएको भन्दै बहिष्कार गरेका थिए कतिपयलाई जेलमा हालिएको थियो । सो चुनावमा दोस्रो कार्यकालकालागि माडुरोलाई जित हासिल भएको घोषणा गरिएको थियो । वामपंथीहरुको वर्चस्व रहँदै आएको भनेजुएलामा अर्थिक संकट चुलिंदै आएको छ भने डरलाग्दो मुद्रस्फितीले जनजीवन कष्टकर हँुदै गएको छ । वामपंथीहरुको पपुलिजम र त्यो भन्दा अघि अमेरीकाको इशारामा खनीजतेलको क्षेत्रमा रहेका कारखानाहरुको नीजिकरणले नै आर्थिक संकट आएको भन्ने गरिएको छ ।
  
नेपालले यतिबेला कुटनीति क्षेत्रमा सजगतासाथ अगाडि बढ्ने अवस्था छ । शक्तिराष्ट्रहरुले अस्थिर र कमजोर राष्ट्रहरुमाथि आफ्नो स्वार्थ थोपर्नु निन्दनिय कुरा हो । अमेरीका को पक्षमा रहँदै आएको भारत र आफै महत्वकाक्षाको को भारी बोकेर अगाडी बढीरहेको चीन जस्ता देशहरुमा रहेको कमजोर नेपालको अवस्था र प्रभावबारे संयमता साथ सोच्न उचित हुने देखिन्छ ।   

 
     
                       
       

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष