श्रीलंका र मालदीवमा भारत र चीन आमने सामने
शपथग्रहण गर्दै राष्ट्रपति सलेह |
गत सेप्टम्बरमा दक्षिण एशियाली देश मालदीपमा भएको चुनावमा प्रतिपक्षी नेता इब्राहिम सोलेहले चुनाव जितेपछि त्यहांको राजनीतिले कोर्स परिवर्तन गरेको छ । भारतीय प्रधानमंत्री नरेन्द्रमोदी आफै नवनियुक्त राष्ट्रपति सालेहको शपथग्रहण समारोहमा भागलिन माले पुगेका छन् । सोलेह मालदीपका सातौं राष्ट्रपति हुन् । श्रीलंकाकी पूर्वराष्ट्रपति चन्द्रिका कुमारातुुङ्गा पनि सो समारोह की अर्की आकर्षण थिईन् ।
सत्तारुढ राष्ट्रपति अब्दुल्ला यमिनले आफ्नो कार्यकालमा भारतलाई भन्दा चीनलाई बढी प्राथमिकता दिएका थिए । आफ्ना प्रतिपक्षीहरुलाई जेलमा हालेर स्वेच्छाचारी ढंगबाट शासन चलाउन खोजेकोले उनलाई चुनावमा जनताले मत नदिएको अनुमान गरिएको छ । उनको पालामा ठूलो परिमाणमा चिनीया लगानी मालदीवमा ल्याईएको थियो । चीनको महत्वकांक्षी योजना आईबीआरको मेरिटाइम शिल्करोडको हिस्साका रुपमा मालदीवलाई अगाडि बढाउने काम पनि यमिनले नै गरेका थिए । यसले गर्दा आफ्नो छरछिमेकमा चीनको बढ्दो प्रभावलाई लिएर भारत बढी सशंकित रहंदै आएको थियो ।
मालदीप हिन्दमहासागरमा अवस्थित टापुहरु रमणिय देश हो । यो हिन्दमहासागरमा एउटा महत्वपूर्ण रणनीतिक स्थल पनि भएको हुनाले भारत र पछि चीनको पनि यहां आँखा परेको हो । यमिनको सत्ताबाट बहिरगमनले भारत उत्साहित हुनु स्वभाविक थियो ।
श्रीलंकामा आफ्रनो शासनकालमा चीनसंगको रणनीतिक र आर्थिक सम्बन्धका सवालमा भारतलाई भन्दा बढी महत्व दिएका महिन्दा राजापाक्षेले पछिल्लो पटक कोलंम्बोको सत्तामा पुग्न गरेको प्रयास असफल हुनुु र मालदीवमा यमिनको सत्ता बहिरगमन लगभग एउटै समयमा परेकोले पनि दिल्लीले रणनीतिक सफलता आंशिक भएपनि प्राप्त गरेको अड्कल काट्न सकिन्छ ।
दक्षिण एशियाका चीनपक्षीय हस्तीहरुका रुपमा दिल्लीमा अक्सर ब्याख्या गरिंदै आएका व्यक्तिहरुमा श्रीलंकाका पूर्व राष्ट्रपति महिन्दा राजपाक्षे, नेपालका प्रधानमंत्री खड्गप्रसाद ओली र मालदीवका पूर्वराष्ट्रपति अब्दुल्ला यमिन नै हुन् । राजपाक्षे र यमिनलाई चुनावमा जनताको मतले हाललाई पाखालगाएको छ भने नेपालका प्रधानमंत्री ओलीको चीनपंथी गियर न्यूट्रल मोडमा पुगेको देखिंदै छ । ठूलो लगानी गरेको मालदीव र श्रीलंकामा तत्कालै चीनलाई पछाडि धकेल्न भने ती देशहरुलाई सहज हुने छैन । भारतको सक्रियतामा भने वृद्धि हुने देखिंदैछ । यसरी बाहिरी शक्तिको चलखेल ती देशहरुको आन्तरिक राजनीतिमा झन् घनीभूत भएर जाने संभावना बढेको छ । यो कुराप्रति देशभित्रका राजनीतिक शक्तिहरु चनाखो भएनन् भने राजनीतिक अस्थिरताको संभावना बढ्ने छ ।
बाबुराम पौड्याल |
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.