कोरोंना अपडेट : लकडाउनको पहिलो चरण

कोरोना फैलाव  विरुद्ध गरिएको लकडाउनको केही स्थानहरूमा उल्लंघन हुनुले समस्या समाधान नहुने संकेत देखिदै  छ।
 
 कोरोना महामारीको विरुद्ध नेपालले लकडाउन  गरेको आज दोस्त्रो दिन । हिजो पहिलो दिन मिश्रित भएर बित्यो । घरमा सिमित भएर बसेको यो शायद यो नै पहिलो अनुभव थियो । राजनीतिक रुपमा अत्याश लाग्दो गरी आयोजन गरिने नेपालबन्द त भोगिएकै हो । यस्ता बन्दहरुमा सबै बन्द भएको बेला पनि सडकमा हिंड्न र साथी भाईसंग भेटघाट गर्नु समय कटाउने राम्रो माध्यम हुन्थ्यो । तर यसपटक बहिर निस्कन नहुने कुराले घरमा बसिरहन सहज भने भएन । लकडाउनको खबर पहिलो पटक सुन्दा म पोखराको लामा गाऊमा भाईसंग बसेर पोखराको दृश्याबलोकन गर्दै थियौं । त्यतिबेला लकडाउनको पहिलो दिन ब्लगमा कोरोनाको नियमित अपडेट लेख्ने र राजीव मल्होत्रा र अरबिन्दन निलकन्दनको BREAKING INDIA पढ्ने वा सिमोन द वोउआरको SECOND SEX को बाँकी अंश सिद्धाउने विचार गरेको थिएँ । तर दिन कोरोनाको लिला हेर्दा र सुन्दा किताब खोल्ने मनस्थिति नै भएन । दोस्रो दिन पनि उस्तै बित्यो । साथी उहि मोवाईल र टीवी । हिंडडुल नभएर होला आज शरीर भारी भएको छ । बहिर निस्कन हुँदैन भन्ने बोधले बन्धनमा पारेको छ । रोजमर्रा भाडिएको छ । व्यवस्थित गर्न गाह्रो भै रहेछ । हेरौं, भोली व्यवस्थित बनाउने अठोट लिएको छु ।
 
 पहिलो दिन सबै भन्दा बिझाउने समाचार धनगढी नाकामा भारतबाट आएका झण्डै हजार जना सबै उमेरका नेपालीहरुलाई लकडाउनले गर्दा सिमाबाट नेपाल आउन पुलिसहरुले रोके । प्रहरी र ती मानिसहरुबीच झडप भएको खबर पनि आयो । समस्या संवेदनशील छ । अन्तत सरकारले उनिहरुलाई आउन अनुमती दीन वाध्य भयो । देशभित्रै पनि कतीपय स्थानमा मानिसहरुले लकडाउनको अवज्ञा गरेको समेत गरेको देखियो । दोस्रो दिन आज भने प्रशासनले अलिक कडाइ गरेको छ । भारतमा पनि धेरै ठाऊँहरुमा लकडाउन उल्लंघन गर्ने माथि लाठी वर्षाएको पनि देखियो । मन बहलाउन उल्लंघन गर्ने र व्यक्तिगत वाध्यताले उल्लंघन गर्ने बीचको भिन्नता छुट्टाउन गाहा्रे छ । सरकारले यस वारेमा सोच्नै पर्ने अवस्था छ । नेपाल जस्तो देशले कोरोनालाई रोक्न गर्नु पर्ने काम र समस्यामा परेका निम्न वर्गलाई राहत कसरी दिने भन्ने कुरामा केही गर्नै पर्ने अवस्था छ ।


विश्वको कोरोन अपडेट २०२० मार्च २५—
पछिल्लो दिनको नयाँ संक्रमित संख्या १६१९०
                                        जम्मा संक्रमित संख्या ४३८७१७
 पछिल्लो दिनको मृत्यु संख्या— ७६८
                                     जम्मा मृत्यु  संख्या — १९६५८
                                     निको भएको संख्या—१११९२३
निको भै सकेका र मृत्यु भै सकेका बाहेकको संख्या ३०७१३६
                       सामान्य अवस्थाका संक्रमित २९३८५८ (९६ प्रतिशत)
                        गम्भिर अवस्थाका १३२७८ (४ प्रतिशत )
निष्कर्षमा पुगेका विरामीहरु— १३१५८१
                             निको भएकाहरु — १११९२३ (८५ प्रतिशत)
                             मृत्यु— १९६५८ ( १५ प्रतिशत )


पछिल्लो दिन स्पेनमा सबै भन्दा धेरै ४४३ जनाको कोरोनाबाट मृत्यु भएको छ । यो सहित त्यहाँको मृत्यु संख्या ३४३४ पुगेको छ । त्यहाँ पछिल्लो दिन संक्रमित संख्या ५५५२ सहित जम्मा संक्रमितको संख्या  ४७६१० पुगेको छ । संभवत स्पेन इटाली पछि भाईरसबाट प्रभावित दोस्रो देश बनेको छ ।

इटालीको कुल मृत्यु संख्या ६८२० रहेको छ भने कुल संक्रमित संख्या ६९१७६ रहेको छ । त्यहाँ ३३९३ गम्भिर अवस्थाका विरामी छन् भने  ८३२६ उपचारपछि फर्केका छन् ।

पछिल्लो दिन इरानमा १४३ जनाको ज्यान गएको छ । योसंगै इरानमा ज्यान जानेको कुल संख्या२०७७ पुगेको छ । नयाँ संक्रमण २२०६ सहित जम्मा संक्रमितको संख्या २७०१७ रहेको छ ।

चीनमा भने पछिल्लो दिनको मृत्यु जम्मा ४ रहेको छ । यो संगै चीनको जम्म मृत्यु ३२८१ पुगेको छ । त्यहाँको पछिल्लो दिनको संक्रमण ४७ छ भने आजसम्मको कुल संक्रमण ८१२१८ पुगेको छ ।

नेपालमा संक्रमितको संख्या १जना नयाँ सहित ३ पुगेको छ भने एकजना उपचारपछि फर्किसकेका छन् ।

नेपालको दक्षिणी छिमेक भारतमा नयाँ संक्रमण ७० सहित कुल संक्रमण ६०६ पुगेको छ । त्यहाँ कुल १० जनाको मृत्यु भैसकेको छ । पाकिस्तानमा ८ जनाको मृत्यु भएको छ भने ५० जना नयाँ सक्रमित सहित कुल संक्रमण १०२२ पुगेको छ । बांगलादेशमा ३९ जम्मा संक्रमित छन् भने १जना नयाँ सहित ५ जनाको ज्यान गएको छ । श्रीलंकामा जम्मा १०२ जना संक्रमित मात्र छन् । भुटानमा जम्मा २ जना संक्रमित देखिएका छन् । मालदीवमा पनि  जम्मा १३ जना संक्रमित छन् ।

भारत र नेपालमा संक्रमणलाई रोक्न देशलाई लकडाउन गरिएको छ । संवेदनशीलतालाई वेवास्ता गर्दै मानिसहरु निस्किने समस्या भएकोले पछिल्लो दिनमा प्रहरीले बल प्रयोग गरेको पनि  देखिएको छ । पुलिसले लाठी वर्षाइरहेका दृश्यहरु संचारमाध्यमहरुमा  देखिएका छन् । चीनमा लकडाउनको बेला गरिएको कडाईलाई लिएर भारतीय र पश्चिमा मिडियाहरुले रुखो टिप्पणी गरेका थिए । यतिखेर उनिहरुले नै लकडाउनको चिनिया शैलि नै अवलम्बन गरिरहेको देखिंदै छ । कमजोर र ठूलो जनसंख्या भएका देशहरुकालागि लकडाउन नै एक मात्र प्रभावकारी कदम मान्न थालिएको छ अहिले ।          




               

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष