गोविन्द केसीको अनशन भंग : कति दम्भ कति यथार्थ ?

                     

आफुसंग सरकारले यसअघि गरेको सम्झौता जस्ताको त्यस्तै संसदबाट परित गरिनु पर्ने माग राखेर डाक्टर गोविन्द केसीले सोह्रौंपटक अनशन थालेको चौबिसौं दिनमा एकतर्फी ढंगले अनशन तोडेका छन् । पूर्वको ईलाम गएर पछिल्लो अनशन थालेका उनलाई स्वथ्यमा समस्या देखिएपछि सरकारले हेलिकप्टरबाट काठमाण्डौ ल्याएको थियो । त्यसपछि उनि महाराजगंज स्थित शिक्षण अस्पतालमा अनशनरत थिए ।


 सरकारले केसीको अनशन चलिरहेकै बेला संसदका दुवै सदनबाट बहुमतका आधारमा विधेयकलाई परित गरिसकेको छ । केसीलाई “फेस सेभिङ”सम्मको अवसर दिने संकेत सरकारका तर्फबाट नदेखिएकोले उनलाई अनशन तोड्न नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र अन्य धेरै वरिष्ठ नागरीकहरुले आग्रह गरेका थिए ।

विगतमा केसीले गरेका अनशनहरुले स्वास्थ्य शिक्षाका क्षेत्रमा केही महत्वपूर्ण उपलब्धि हासिल भएका छन् । विगतमा मनपरी शुल्क लिएर विद्यार्थी गर्ने माफिया प्रवृतीका विरुद्ध उनको प्रयासले नीजि कलेजहरुमा सम्पन्नवर्गको वर्चस्वलाई तोडेर मध्यमवर्गलाई पनि सुलभ गराएको छ । सम्बन्धनमा चलखेलगरी क्षमता नै नभएका कलेजहरुले शैक्षिक गुणस्तरको वेवास्तागर्दै विद्यार्थी भर्ना गर्ने र इन्स्टिच्युट अफ मेडिसिनमा राजनीतिक आधारमा डिन नियुक्त गर्ने जस्ता विकृतीमा सुधार उनकेै कारण संभव भएको हो ।
  
    यसपटकको अनशनमा गोविन्द केसी मेडिकल शिक्षा सुधारमा मात्र सिमित नभएर निर्मला बलात्कार र हत्याका दोषी पत्तालगाउनु पर्ने  र द्वन्दपिडितहरुबारे पनि कुराउठाउन पुगेका थिए । पछिल्लो पटक थपिएका मागहरुले उनि अब आफुलाई मेडिकल शिक्षाको मात्र नभएर राजनीतिक फांँटतिर पनि चासो दिन खोजेको संकेत गरेका थिए । नेपाल जस्तो अस्तव्यस्त मुलुकमा सबै क्षेत्रको बेथिती निराकरण गर्ने अभिप्राय राख्न नाजायज नभएपनि दुस्साहस भने अवश्य थियो ।

नेपाली काँग्रेसले केसीका मागहरुको समर्थन र आफ्ना दुई नेताहरुका नाममा रहेका स्वास्थ्य संस्थालाई संघ मातहत नराखेर प्रंदेश अन्तरगत सरकारले राखेको विरोधमा सदन अवरुद्ध गरेको थियो । यसलाई केसीको काँग्रेससंगको निकटताको अर्थमा बुझनेहरुको ठुलै जमात देखियो । डा. केसीले विगतमा काँग्रेसको सरकार हुँदा पनि अनशन नगरेका र सरकारलाई गाली नगरेका होईनन् । तर, यसपटकको परिस्थितीले भने उनलाई कांग्रेसी राजनीतिको रंगमा रंगिएको आरोप लाग्यो ।

 सत्तापक्षका वरिष्ठहरु र संवैधानिक निकायका जिम्मेवार व्यक्तिहरुप्रतिको केसीको तीखो कटाक्षले पनि सत्तापक्ष थप चिढिएको थियो । विगतका अनशनहरुमा लोकप्रियता हासिल गर्दै र सरकारहरुलाई झुकाउँदै आएका केसी यति धेरै उत्साहित थिए कि आफुले थालेको अनशनबीचैमा आफैले तोड्नु पर्ला भनेर कल्पना पनि गरेका थिएनन् ।

 एउटा अनशनकारीले एकतर्फी अनशन तोड्नु भनेको सामान्य कुरा होईन । उनका सहयोगीले समेत केसीको लोकप्रियताको ग्राफले नै सरकारलाई घुलो चटाउनेमा विश्वस्त भए । यो परिणामबारे सोचेका नै थिएनन् ।
 यसपटकको सरकारको स्वरुप पनि पहिलाको जस्तो संयुक्त वा अल्पकालिन थिएन । राजनीतिक अस्थिरताको जर्जरता भोगेका बहुमत जनताको अभिमत लिएको सरकार थियो यो । योसंग बलियो बहुमत संसदमा छ । संसदीय व्यवस्था भनेको नै संसदको गणितमा चल्ने प्रणाली हो । त्यो गणितले ल्याउने परिणामप्रति असंतुष्टहरुले कि त अर्को चुनाव पर्खिनु पर्छ कि सडक संघर्षबाट सरकारलाई फाल्नसक्नु पर्दछ । विधेयकमा केसीसंग विगतमा गरेको सम्झौता केही समान्य कुरा बाहेक सबै परिसकेको दावी सरकारको थियो दावी पुरै सत्य नभए पनि धेरै असत्य थिएन । विधेयकमा नसमेटिएका थोरै कुरामा पनि केही पनि नभए जस्तो गरी केसी प्रस्तुत भए । त्यसको निराकरणकालागि अनशन बाहेकका अरु विकल्पहरुप्रति उनको खासै रुची रहेन ।
            
 यसपाली केसीको समर्थनमा रहँदै आएको शिक्षणअस्पतालभित्रैको उदार वामपंथी विद्यार्थी, शिक्षक र कर्मचारीहरुको जमात पनि केसीको शनशनको समर्थनमा आएको देखिएन । भगवान कोईराला, रामप्रसाद उप्रेती लगायतकाहरुले केसीको बिरुद्धमा खुलेर नै बोले । डा.भगवान कोईरालाले एउटा मिडियालाई डां केसी हठी र मैले जे भन्यो त्यो अरुले मान्नु पर्छ भन्ने अहम्ले ग्रस्त भएको र उनिहरुले विधेयकलाई राम्ररी नपढेको बताए । अस्पताललाई अनशनको थलो नबनाउन र समर्थनमा हडतालमा उत्रिएका डाक्टरहरुलाई दिनभरी हडताल गर्ने र बेलुकी क्लिनिकमा गएर बिरामी जाँचेर चर्को शुल्क तिराउने गरेको आरोप लाग्यो । यसरी आफ्नै वृत्तभित्रबाट क्रमश आलोचनाका स्वरहरु बढ्दै गए । हडतालका कारण विरामीहरुको उपचारमा बाधा उत्पन्न भएपछि सर्वसाधरणमा पर्ने असुविधाले पनि जोखिम बढ्न सक्ने स्थिती उत्पन्न भएको थियो ।

 प्रस्तावमा नै चर्चामा आएका आशयपत्र लिईसकेका मनमोहन तत्कालिन एमाले समर्थकहरुले खोल्न थालेको मेडिकल कलेज र तत्कालिन माओवादीहरुद्वारा खोल्ने भनिएको बीएनसी कलेजलाई माफिया भनेर प्रचार गरिएपनि मेडिकल शिक्षामा माफियागीरीको चर्को वर्चस्व चलिरहेकै कलेजमा भएको भन्ने घाम जस्तै छर्लंग छ । गोविन्द केसीले चलखेल गरिरहेका माफियाहरुका पक्षमा नरम बनेर गर्भमैं रहेका माफियाहरुप्रति आक्रमक हुनुलाई पनि रहस्य ठानिएको छ ।
          
        नेपालमा खुला बजार नीतिको प्रभाव छयालिससालको परिवर्तनसंगै भएको हो । यसले नीजिक्षेत्रलाई प्राथमिकता दिने नीति अनुशार शिक्षा क्षेत्रमा पनि प्रभाव पर्यो । स्वास्थ्य क्षेत्रमा ठूलो जनशक्तिको आवश्यकता थियो । त्यसको परिपूर्ति गर्न शिक्षालयहरु खोल्न जरुरी थियो । यसै सन्दर्भमा नेपाली काँंग्रेसको सरकारले नै यो क्षेत्रमा निजी लागानीलाई अनुमति दिएको थियो । त्यसपछि धेरै मेडिकल कलेजहरु खुले । अनौठो  कतिसम्म भयो भने काठमाण्डु यूनिवर्सिटीले मेडिकल फेकल्टी शुरू नगर्दै मणिपाल कॉलेजलाई सम्बन्धन दियो  । सरकारको मातहतमा स्वास्थ्य शिक्षा रहँदा गुणस्तर कायम रहेको तर नीजि क्षेत्रको होड नै चल्यो । यो होडले नै मेडिकल शिक्षामा बढी नाफा कमाउन जस्तो सुकै काम पनि गर्न पछि नपर्ने माफिया प्रवृत्तीको जन्म भयो । मेडिकल माफियाको जन्म हुनुमा खुलेका नीजि  कलेजहरु भन्दा पनि तिनको अनुगमन गर्ने संयन्त्रहरुमा भएको चर्को राजनीतिकरणले नै प्रमुख भूमिका खेल्यो । यसमा सबै सत्तामा पुगेका दलहरुको कमोबेश भूमिका भए पनि अग्रणी भूमिका भने नेपाली काँग्रसकै रहेको देखिन्छ ।

जे भएपनि डा.गोविन्द केसीले अनशन तोडेर उचित काम गरेका छन् । यसबाट शिक्षा लिंदै चित्त नबुझ्ने बित्तिकै अरु विकल्पहरुतिर हेर्दै नहेरी फुलपर्न आत्तिएको पोथीले झैं अनशन गर्ने ठाँऊँ खोज्दै दौडिहाल्ने प्रवृतीबाट मुक्त हुनै पर्दछ । किनभने नेपालका फोहरमा डुबेका राजनीतिक पार्टीहरु चरित्र के हो भन्ने कुरा अनशनमा बस्दाबस्दै देहत्याग गरेका नन्दप्रसादको वीरअस्पतालमा अनशन गरिरहेको शवलाई हेरे पुग्दछ । अनशन तोडेपछि केसीले आफ्नो संघर्ष भिन्न ढंगले चलाईरहने बताएका छन् आशा गरौ उनको प्रयासबाट सबैले प्रतिफल पाउने छन् ।
      

टिप्पणियाँ

  1. What's up, its nice paragraph about media print, we all know media is a
    wonderful source of information. sbobet

    जवाब देंहटाएं
  2. Can you tell us more about this? I'd love to
    find out some additional information.

    जवाब देंहटाएं
  3. Right here is the perfect web site for anybody who wants to understand this topic.
    You understand so much its almost tough to argue with you
    (not that I actually would want to…HaHa).
    You definitely put a brand new spin on a topic that has been written about for ages.

    Wonderful stuff, just excellent!

    जवाब देंहटाएं
  4. Unquestionably consider that which you stated. Your favourite reason seemed to be at the web the simplest thing to be aware of.
    I say to you, I certainly get irked whilst folks consider concerns that they
    plainly do not realize about. You controlled to hit the nail upon the highest and also defined out the entire thing with
    no need side effect , other folks could take a signal. Will probably
    be again to get more. Thank you

    जवाब देंहटाएं
  5. If some one desires expert view on the topic of running a blog
    afterward i suggest him/her to pay a visit this webpage, Keep up the nice job.

    जवाब देंहटाएं

एक टिप्पणी भेजें

Thank you.

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष