वाईडबोडी छानबीन प्रकरण - नियतमै शंका


जनतामा भन्दा डन, कालाबजारिया, कमिशनखोर विदेशी एजेन्टहरुसंग भरपर्दै आएको नेपालको राजनीतिक संयन्त्रकै वरपर वाईडबोडी प्रकरण बारे खोजीनीति गर्नु सबैभन्दा उपयुक्त प्रारम्भिकबाटो हुनेछ ।

 यतिबेला वाईडवडी एयरबस खरिदकाण्डवारेको बहसको हुरी चलिरहेको छ । जनतालाई भने कुनै नौलो कुरा रहेन यस्तो कुरा । किनभने भ्रष्टाचार नहुने कुनै क्षेत्र नेपालमा बिरल होला । तर, यसको हुरी राजनीतिक वृत्तमा अलिकति बढी नै चलेको छ । संसदीय उपसमितिले सुगतरत्न कंसाकार देखि केही सचिवहरु र मंत्री रवीन्द्र अधिकारीलाई पनि दोषी मान्दै सार्वजनिक लेखा समितिमा प्रतिवेदन बुझाएपछि तँ तँ म म शुरु भएको छ । उपसमितिको प्रतिवेदन आफैमा अन्तिम फैसला थिएन अनुसंधानको प्ररम्भिकता मात्रै थियो । यसले अझ केही चरण पार गरेर अख्तियारमा पुग्न बाँकी नै छ । अख्तियार अनुसंधान आयोगले छानबीन गरेर अदालतमा दोषी किटान गर्दै मुद्दा दायर गरेपछि मात्र अदालतले फैसला गर्ने विषय हो यो । उपसमितिको प्रतिवेदन अदालतसम्म पुग्दा कुन स्वरुपको हुने हो र असली दोषी नै कार्यवाहीमा पर्ने हो वा होईन यसै भन्न गाह्रो छ । प्रकृयामा पर्ने निकायहरु मथि नै विगतमा हुँदै  आएका घटनाहरुलाई साछी मान्ने हो भने कुनै पनि विश्वास गर्न योग्य नभएको दृष्टांन्त सबैका सामु छर्लंग छ ।

दिनहुँ मिडियाहरुमा विभिन्न राजनीतिक गुटका पहरेदारहरुका प्रतिकृया सुन्न र पढ्न नेपाली जनताले पाईरहेका छन् । उनिहरुका प्रतिक्रियाहरुमा कतैपनि विषयलाई सही निष्कर्षमा पु¥याउन पर्ने दयित्वबोध देखिंदैन । यनिहरु अआफ्नो गुटका संलग्न देखिएकाहरुमाथि गंगा जल छर्केर चोख्याउने र दोष जसरी पनि अर्को गुटमाथि थोपर्ने चाहिंदो नचाहिंदो तर्क वितर्क गरिरहेका हुन्छन् । पत्रकारहरु यी पहरेदारहरुको भाले जुधाई मंचन गरिरहेका छन् । पत्रकारले न उनिहरुका तर्क कुुतर्कहरुलाई छिमलेर प्रस्तुत गर्न सकिरहेका छन् न आफुले कुनै अनुसंधानात्मक विचार दिन सकेका छन । विषयलाई सनसनी बनाउने ध्याउन्नमा उनिहरु रुमल्लिई रहेका देखिन्छन् ।

वायुसेवा निगम र तालुको मंत्रालयले दिएका लिखतहरुबाटमात्रै पूर्ण सत्यता सतहमा ल्याउन नसकिने पनि अर्को यथार्थ । खरिद प्रकृयामा संलग्न देशभित्र र बाहिरका सबै पक्षहरुको छानबीन गर्न आवश्यक देखिन्छ ।
पूर्व प्रधानमंत्री तथा प्रमुखप्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले यो प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको भन्दै टक्टकिंदै पत्रकार संम्मेलन समेत गरिसकेका छन् यति मात्र होईन उनले नेकपाका अध्यक्षतिर संकेत पनि गरेका छन् । यो भन्दा पहिल्यै सरकारी पक्षले अकौ छानबीन आयोग गठन गरेको छ । देउवाको सौभाग्य नै मान्नु पर्ला उतिबेला उनिसंग हनीमुनमा रहेका प्रचण्ड यतिबेला अर्को कित्तामा पुगेका छन् । तथ्यलाई पत्ता लगाउने नियत साथ गरिने छानबीनमाथि शंका नै गरिहाल्नु पर्ने त केही होईन तर नियतमा विश्वास गर्ने घरातल भने निक्कै कमजोर छ ।

नेपालका राजनीतिक पार्टीहरुका आधारहरु आम जनताहरु नभएर गुण्डा, डनहरु र कालो बजारी गर्ने तथा कथित व्यापारी, उद्योगपतिहरु हुन् । तल्लोतहका आठ दशलाखको लगानी गरेर बनीबुतो गर्नेहरुलाई बाध्य पारेर कर असुल्ने र ठुलाहरुलाई आयोग नै वनाई दिएर कर र ऋण मिनाहा गर्ने खेलले धेरै कुरा छर्लंग पार्दछ ।
राजनीतिक दलहरुको चुनावदेखि लिएर अन्य क्षेत्रको र तीनका नेता कार्यकर्ताहरुको जीवनशैलि  हेर्दा उनिहरुको आय श्रोतसंग कतै मेल खाँदैन । खर्च र आम्दानीबीचको अन्तराल कहाँबाट पुरा भैरहेको छ ? यो सत्तामा हुँदा कमाउ पदहरुको पर्दापछाडिबाट गरिने बिक्री, ठुला व्यापारी उद्योगपतिहरुहरुले बेलामा फाईदा लिन दिने रकम, ठेक्कापट्टाबाट आउने कमिशन, ठूला खरीदहरुबाट आउने कमिशन, विभिन्न अवैध सरसामानहरुको ओसारपसारबाट आउने रकमबाट नै पुराहुने गरेको अड्कल गरिन्छ ।
वाईडबोडी प्रकरणमा पनि सुगतरत्न वायुसेवा निगममा नियुक्त हुँदा वा तालुकवाला मंत्रीहरु पनि मंत्रीहुँदा सत्तारुढदललाई कति रकम दिने कबुल गरेर आएका हुन् वा होईनन् कुरा पर्दापछाडि नै छ । यदि दिएरै आएका हुन् भने उनिहरुले स्पष्ट पारिदिने हो भने देशको र जनता दुवैको भलो हुनेछ ।
                                       



टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष