भारतमा चुनावी दंगल शुरु
भारतमा अर्को वर्ष सन् २०१९ हुने लोकसभा चुनाव नजिंकिंदै जांदा राजनीतिक माहौल तातेर जान थालेको छ । सन् २०१४मा भएको निर्वाचनमा भारतीय जनतापार्टी जितेर बलियो सरकार बनेको थियो । जसको नेतृत्व नरेन्द्र मोदीले गरिरहेका छन् ।
भारतीय जनता पार्टी आक्रमक रणनीतिसाथ चुनावी मैदानमा होमिने तयारी गरिरहेको देखिन्छ । सामाजिक संजालमा विपक्षिहरु भन्दा भाजपा धेरै अगाडि देखिएको छ । टेलिभिजनहरुले पनि राजनीतिक बहसलाई केन्द्रिय विषयवस्तु बनाएर प्रस्तुत गर्न थालिसकेका छन् ।
अघिल्लो चुनावमा विकासलाई प्रमुख मुद्दा बनाएर चुनाव लडेको भाजपा यसपटक भने चाहेर पनि यसलाई प्रमुख मुद्दा बनाउन सक्ने अवस्थामा देखिंदैन । वितेका चारवर्षहरुमा उसको नेतृत्वमा भएका राम्रा कामहरुको उसले यश लिने स्वभाविक प्रयास गर्ने छ भने त्रुटीहरुको बारेमा सफाई दिने कोशिस गर्ने छ ।
विपक्षीद्वारा फर्जी बताईएको पाकिस्तान विरुद्ध भारतीय सेनाबाट गरिएको भनिएको सर्जिकल स्ट्राईकको सत्यता प्रमाणित गर्न विडियो जारी गरिएको छ । यसले आसन्न चुनावमा सेना पनि राजनीतिक बहसको केन्द्रमा रहने देखिएको छ ।
यसपटक राममन्दिर निर्माणको मुद्दाले पनि प्रथमिकता पाउने देखिएको छ । सत्ताको अनुभवले उसलाई हिन्दुत्वको सवाललाई प्रमुखता साथ उठाउनु पर्ने वाध्यात्मक स्थितीमा पुर्याएको छ । अल्पसंख्यक र भिन्न विचारका संवाहकहरुमाथि उसले दमन गर्दै आएको आरोपलाई विपक्षीहरुले प्रमुख मुद्दा बनाउने तयारी गरिरहेकोले पनि त्यसलाई टक्कर दिन पनि हिन्दुत्वको मसला उपयोग गर्दा फाईदा हुने आकलन गर्नेहरुको संख्या पार्टीभित्र ठुलो छ ।
देशभरि नै प्रबुद्ध व्यक्त्विहरुसंग भेटेर भाजपालाई समर्थन गर्न अमित शाहले आहवान गर्ने अभियान नै संचालन गरिरहेका छन् । हिन्दु संस्कृतिका सबै अवयवहरुलाई आफ्नो पक्षमा राजनीतिक पूजिकृत गर्ने प्रयासहरु भईरहेका छन् । पश्चिम बंगालमा वन्देमातरम् गीतका लेखक बंकिमचन्द्र चटोपाध्याका बारेमा पनि यस्तै बहस शुरु भैसकेको छ । भाजपाले उग्रहिन्दत्वमा आधारित राष्ट्रवादको खुलेर पक्षपोषण गर्न थालेको बताइएको छ ।
विगतमा भएका उपनिर्वाचनहरुमा केही स्थानमा विजेपीका विरुद्ध गएको जनमत देखेर पनि कांग्रेसलगायतका विपक्षीहरु केही उत्साहित देखिएका छन् । यसले उनीहरुलाई वीजेपीका विरुद्ध संयुक्त मोर्चाबन्दी गर्न मदत गरिरहेको छ । उनिहरुले चीनसंग आत्मसमर्पण गरेको र नेपालमा चिनिया प्रभावलाई बढ्न दिएको भन्ने आरोप पनि लाग्ने देखिएको छ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.