भारतीय प्रधानमंत्री मोदीको नेपाल भ्रमण हुने

 नेपाल भारत सम्बन्ध भौगालिक रुपले पौराणिक कालदेखि नै चलिआएको हो । साँस्कृतिक रुपले दुवै देश एउटै सुत्रमा बाँधिएका छन् तर राजनीतिक रुपको भिन्नतालाई पनि आत्मसात गर्नु आजको अपरिहार्यता हो ।

यतिबेला निकट भविष्यमा भारतीय प्रधानमंत्री नरेन्द्र मोदीको नेपाल आगमन हुने चर्चा चलिरहेको छ । बाक्लिंदो यो भेटघाटलाई केही सकारात्मक संकेतका रुपमा लिन पनि सकिन्छ । त्यसै संदर्भलाई लिएर भारतीय गुप्तचर संस्था “र” का प्रमुख केही समय अघि नेपाल आएका थिए । अब छिट्टै भारतीय विदेशमंत्री एस जयशंकर नेपाल आउने चर्चा चलिरहेको छ । मोदी दोस्रो पटक लोकसभाको चुनावी जीतपछि पहिलो पटक नेपाल भ्रमणमा आउन लागेको बताईएको छ । नेपाल र भारतमा भर्खरै आएको विनाशकारी बाढीको पीडाले हजारौं मानिसहरु छट्पटाई रहेको समयमा भारतीय प्रधानमंत्रीको नेपाल भ्रमणले केही मलहम पट्टी लगाउन सहयोग पो गर्ला कि — भनेर आशा गर्नेहरुको संख्या दुवैतिर ठुलो छ ।

        जब भारतीय ओहोदावालहरुको नेपाल भ्रमणको समय आउँछ तब नेपालमा दुई प्रकारका मानिसहरुको सक्रियता अस्वभाविक ढंगबाट बढ्ने गरेको देखिन्छ । यो सक्रियताले नेपाल भारत संबन्धलाई हरहालतमा यथार्थको धरातलमा भन्दा टाढा राख्न प्रयास गरेको देखिन्छ । यतिमात्र होईन यसले भारत नेपाल संबन्धमा देखिएका केही विकृतीहरुको फोहोरमा खेल्न प्रयास गरेको देखिन्छ । यस्ता दुई प्रवृतीहरुमा पहिलो भारतलाई जहिले पनि नेपालको शत्रुका रुपमा चित्रण गरिरहने र दोस्रो भारतले नेपालको संम्रक्षकत्व लिनु पर्दछ र त्यो बाहेक नेपालसंग अर्को विकल्प नै नरहेको भन्दै भारतका तर्फबाट नेपाललाई  कुनै अहित हुँदै नभएको भन्दै अन्धप्रसंशा मात्र गर्ने काम गर्दछ ।

यस्ता दुई प्रवती मध्ये एकले नेपालका समस्याहरु चीनले मात्र समाधान गर्ने भन्दै बेइजिङको नाम लिनुमा नै आनन्दानुभूति गर्दछ । अर्को चीनको नाम लिन साथ मुटुमा शुल पसे झैं मर्माहत हुन्छ । भारत उसको मुक्तिदाता भएको अर्थ लगाउने गर्दछ । यी दुई अतिवादीहरुले नेपाल भारतबीचको कुटनीतिलाई हमेशा नै नकारात्मक प्रभाव पार्ने प्रयास गर्दै आएका छन् । यस्ता प्रवृतीहरुलाई निस्तेज नपारुन्जेल भारत नेपाल संबन्धले कदापि धरातल नभेट्टाउने ठोकुवा गर्न सकिन्छ ।

नेपालकालागि भारत र चीनको अलगअलग महत्व छ । भारतले नेपालमा चीनको आवश्यकता पुरा गर्न सक्दैन भने चीनले भारतको महत्व कदापि पुरा गर्न सक्दैन । हालसम्म भारतसंग नेपालको सम्बन्ध जति बहुआयामिक छ त्यति चीनसंग भैसकेको छैन । पछिल्ला वर्षहरुमा चीनसंगको संबन्ध पनि बहुआयामिक बनाउने प्रयास भैरहेको देखिन्छ ।  फरक यति हो नेपाल चीनबीचको संबन्धमा खासै समस्या देखिंदैन । बेईजिङले नेपालमा उत्तेजित र सुक्ष्म व्यवस्थापनमा देखिने गरी कुटनीति संचालन गरेको पाईंदैन । भारतको नेपालप्रतिको कुटनीति ठिक विपरीत रहँदै आएको छ । तीन पटक भारतले नेपालमाथि लगाएको कठोर नाकाबन्दी नै भारत नेपाल संबन्धमा केही समस्या छन् भन्ने ठुलो प्रमाण हो । यस बाहेक सिमा विवाद, डुबानको समस्या पनि भारतसंग लामो समयदेखि चल्दै आएका छन् । यसको मतलव भारत नेपालको चीर दुश्मन हो भनेर प्रचार गरिनु अतीवाद हो । यदि दुवै तर्फ इच्छाशक्ति हुने हो भने यो समाधान गर्न गाह्रो छैन ।

केही वर्ष अघि भारत र नेपालबीच केही समस्याहरु भएको स्वीकार गर्दै नेतृत्वस्तरमा दुई देशका प्रबुद्ध व्यक्तिहरुको एक समूह गठन गरी समस्याको पहिचान गरी प्रतिवेदन तयार गर्ने निर्णय उच्चस्तरबाट भएको थियो । तदनुशार गठित समुहले प्रतिवेदन तयार गरिसकेको भए पनि दुवै देशका प्रधानमंत्रीबाट यो बुझ्ने काम भएको छैन । यसलाई लिएर विभिन्न आशंकाहरु पनि गरिंदै छ । भारतको असम राज्यमा एनआरसीका नाममा नेपालतिर पुस्तौंदेखि कुनै सम्बन्ध नै नरहेका नेपाली भाषीहरुलाई नेपालका नागरीकका रुपमा दबाव दिन थालिएको देखिएको छ । भारत नेपाल खुला सिमाना पनि अर्को डरलाग्दो समस्याका रुपमा विकसित हँुदै गएको छ । खुला सिमानाको आडमा अन्तरराष्टिय आपराधिक तत्वको समेत सक्रियता बढिरहेको छ । यसलाई पनि समयानुकुल व्यवस्थापन गरिनु आवश्यक छ । बिहेवारी र रोजीरोटी कै नाममा यसलाई अनियन्त्रित राखियो भने यसले ठुलो समस्या निम्त्याउने छ । सिमाना वारपार गर्ने मानिसहरुको पहिचान गरिनु पनि यस दिशामा केही हदसम्म सकारात्मक हुन सक्दछ । आम जनताको आवागमनमा कुनै अप्ठ्यारो नपारीकन यो गर्न संभव छ ।

 पछिल्लो समयमा भारत नेपालबीचको संबन्धमा केही शितलताको संकेत देखिएको हुँदा पनि हाललाई सार्थक मान्न सकिएला । यसलाई सम्रक्षण गरेर लैजान सकेमा दुई देशको सम्बन्ध थप उदाहरणिय बन्ने छ । सम्बन्धलाई अतीवादी सोचहरुबाट जोगाउन आवश्यक छ ।
     
       

टिप्पणियाँ

  1. Heya! I just wanted to ask if you ever have any trouble with hackers?
    My last blog (wordpress) was hacked and I ended up losing a few months of
    hard work due to no data backup. Do you have any solutions to
    protect against hackers?

    जवाब देंहटाएं

एक टिप्पणी भेजें

Thank you.

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष