कोरोना अपडेट : कोरोना विरुद्ध करोडको जुलुस पो गर्ने हो कि, हँ ?
कोरोनाको प्रकोपको यो समयमा सबैले समन्वय र सहकार्य नगर्ने हो भने विपद निश्चित छ। सरकारले उचित व्यवस्थापन र नीति नियम बनाउने हो। पालन गर्ने जनताले हो।
हिजो अर्थात् मार्च २२ तारीख अचानक एउटा झस्काउने खबर केही संचार माध्यममा आयो । वीरगंजका व्यापारी उपचारकालागि पटना रेफर भएका र त्यहाँको परिक्षणले उनि कोरोनाबाट संक्रमित देखाएको भन्ने खबर नेपालीहरुकालागि सन्त्रास र दुःख दुवै दिने खालको थियो । यो खबर दिने संचार माध्यमहरुले जिल्लाका आधिकारीक व्यक्तिबाट पुष्टि भएको उल्लेख पनि गरेका थिए । यसैले धेरैले यो खबरलाई अफवाह नभएर सबैलाई सचेत तुल्याउने उद्द्श्यले फैलाउने प्रयास पनि गरे । असम्भव नभएको तर अप्रत्यशित यो खबरप्रति अधिक चासो नहुने कुरै भएन । फेरि अर्को सुखद समचार पनि आयो कि ती संक्रमित भनिएका व्यक्ति नेगेटिभ प्रमाणित भए । समाचारले मानिसहरुलाई सचेत बनाउला भनेर आफ्नो पोष्टमा राख्नेमा म पनि एकजना थिएँ । जब त्यो समाचार असत्य भएको प्रतिसमाचार आयो तब ग्लानीबोध गरिरहेको म हर्षित भएँ । ती व्यक्तिलाई स्वस्थ्य लाभको कामना ।
अपडेट कोरोना
आजभोलि कोरोना भाईरस जसलाई COVID 19 भन्न थालिएको छ । आज २३मार्चको विश्व—अपडेट बारे संक्षिप्त चर्चा गरौं । आजसम्मको कुल संक्रमण संख्या ३ लाख ४१ ह्जार ३ सय ३३ रहेको छ । त्यसमा उपचारपछि घर फर्किनेहरुको संख्या ९९ हजार४० रहेको छ । यो भनेको कुल संक्रमणबाट मुक्त हुनेु दुई समुह, पहिलो मृत्यु हुने र दोस्रो निको हुने कुल संख्याकोे ८७ प्रतिशत हो भने आजसम्म ज्यान जानेहरुको संख्या १४हजार ७ सय ४६ रहेको छ । यो संख्या कुल संंक्रमण मुक्त हुने संख्याको १३ प्रतिशत मात्र हो । हालका संक्रमितहरुको संख्या २ लाख२७ हजार ५ सय ५१ मध्ये २१लाख ६हजार ९ सय९१ सामान्य अवस्थामा उपचाररत छन् । यो भनेको जिवित संक्रमित मध्येको ९५ प्रतिशत हो । बाँकी १०हजार ५ सय ६० गम्भिर प्रकारका संक्रमित रहेका छन् । यो ५ प्रतिशत हो ।
इटली सबैभन्दा बढी भाइरसको संक्रमणले प्रभावित रहेको छ । २३ मार्चको अपडेट अनुशार त्यहाँ ६ सय ५१ नयाँ मृत्यु संख्या देखिएको छ । भने कुल ५हजार ४ सय ७६ जनाको मृत्यु भएको छ । त्यहाँको स्थिति भयावह रहेको छ ।
आजको अपडेटमा अमेरिकामा थप ४० जनाको ज्यान गएको देखाईएको छ । यो संख्यासंगै अमेरीकामा मृत्यु हुनेको संख्या ४ सय ५९ पुगेको छ । पछिल्लो समयमा एकैदिन १६ सय ३३ जना संक्रमित देखिएका छन् ।
स्पेनमा ४३४ जनाको मृत्य भएर मत्यु हुनेको कुल संख्या २हजार २ सय ६ पुगेको छ । त्यहाँ एकै दिनमा ४हजार ३ सय २१मा संक्रमण देखिएको छ ।
चीनमा पछिल्लो समयमा मृत्यु हुनेको संख्या ९ छ भने ३९ जना नयाँ संक्रमित देखिएका छन् । इरानमा एकै दिन १ सय २७ मृत्यु भएको छ ।यो संगै मृत्यु हुनेको कुल संख्या १हजार ८ सय १२ पुगेको छ ।
जर्मनीमा पछिल्लो समय २१ मृत्यु भएर कुल संख्या १ सय १५ पुगेको छ । निदरलैण्डमा नयाँ ३४ मृत्यु सहित कुल मृत्यु संख्या २ सय १३ पुगेको छ । स्वीजरलैण्डमा पछिल्लो २० मृत्यु सहित कुल मृत्यु संख्या १सय १८ पुगेको छ ।
दक्षिण एशिया
यो क्षेत्रको सबैभन्दा ठूलो देशमा पनि कोरोनाको प्रकोप बढ्दै गएको छ । भारतमा पछिल्लो समयमा भएको १ मृत्यु सहित मर्नेको संख्या ८ पुगेको छ । त्यहाँ नयाँ संक्रमित ३७ सहीत कुल संक्रमण ४ सय ३३ पुगेको छ । अहिलेसम्म २४ जना उपचारपछि घर फर्केका छन् । यतिबेला उपचारमा रहेका ४ सय १ जना रहेका छन् ।
पाकिस्तानमा नयाँ मृत्यु एकजना सहित मृत्युको कुल संख्या ६ पुगेको छ । त्यहाँ पछिल्लो दिन संक्रमित ९७ जना सहित कुल संक्रमण आठ सय तिरहत्तर छ । निको भएर जाने १३ जना रहेका छन् ।
अफगानिस्तानमा संक्रमण ४० र मृत्यु १ रहेको छ । श्रीलंकामा १० जना नयाँ संक्रमित सहित कुल संक्रमण ९२ छ र ती मध्ये ३ जना उपचारपछि फर्केका छन् ।
नेपालमा एकजना नयाँ संक्रमित एकजना सहित २जना संक्रमित भएका छन् । ती मध्ये एकजना उपचारपछि फर्केका छन् ।
मालदीवमा कुल १३ जना संक्रमित छन् । त्यसमा ५ जना उपचारपछि फर्केका छन् । भुटानमा कुल संक्रमण २ जना मात्र छ । बांगलादेशमा पछिल्लो एक मृत्यु सहित ३ जनाको मृत्यु भएको छ । नयाँ ६ संक्रमण सहित ३३ जना संक्रमित छन् भने ५ जना उपचारपछि घर फर्केका छन् ।
सावधान काल पल्किएला बेलैमा होस गरौं
दुनियाँमा स्वास्थ्यमा राम्रो र उत्कृष्ट मध्ये मानिएको इटलीको भयावह स्थिति किन भयो ? महाशक्ति अमेरीकामा किन कोरोनाले ताण्डव मच्चाईरहेको छ ? भन्ने कुरालाई हेक्का राखिएन भने नेपालीहरुसंग रुने आँसु र कहराउने स्वर पनि बाँकी रहने छैन । इटलीका राष्ट्रपति रोएको पनि फेसबुकमा रमाउने र चौबाटोमा सिंहदरबारतिर फर्केर नेता बन्ने तालिम गर्दै चिच्याउने राजनीतिक लठैतगीरी गर्ने हामी सबैलाई थाहा भएकै होला । आफ्नै घरमा क्वारेन्टाईनमा बस्नु भन्दा सरकारको के काम भन्नेहरुले संसारका कुनै संक्रमित महाशक्ति देशमा सेल्फ क्वारेन्टाईन किन छ भनेर बुझ्न आवश्यक छ । प्रभु ईसु अल्लाह वा पशुपतिनाथको नाम लिएर कोरोनाको सत्तोसराप गरेर प्रकोपबाट जोगिने बहुलट्ठीपन महंगो पर्न सक्छ । आफुलाई सिमित पार्न सकियो भने मात्रै यो प्रकोपबाट जोगिन सकिएला । यस्ता मामिलामा धार्मिक आस्थालाई बन्धकी राख्ने दुष्र्कम नगरौं । सकिन्छ आफ्ना वरपरका नबुझ्नेहरुलाई कोरोनाबाट बच्ने उपाय बुझाऊँ । सकिंदैन आफु घरबाट निस्कन बन्द गरौं । मन नपरेका विषयमा स्वच्छ वहसको थालनी गरौं । राजनीतिक अराजकताको फोहोर पौडि खेल्ने हाम्रो बानी अनुशार नै कि कोरोना विरुद्ध सवा दुई करोडको विशाल र्याली निकालेर जिन्दावाद मुर्दावाद पो गर्ने हो ?
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.