लिपुलेक कालापानी विवाद : नेपाल वारे भारतीय मिडियाका आपतीजनक कुरा
धेरै समय हिन्दु मुसलमान, पाकिस्तान र चीनका विषयमा रल्लिएको भारतीय मुलधारका भनिने मिडिया नेपालले यतिबेला भारतले अतिक्रमण गरेका लिपुलेक कालापानी र लिम्पियाधुरालाई लिएर नयाँ नेपालको नक्शा प्रकाशित गरेपछि विवादलाई लिएर अनर्गल प्रचार गर्न लागि परेको छ
भारतले लिपुलेक पुग्ने सडक बनाएपछि नेपालले जनाएको विरोधले भारत नेपाल सिमा विवादले नयाँ चरणमा प्रवेश गरिसकेको छ । गतवर्षको अन्ततिर पनि भारतले त्यस भुभागलाई एकतर्फि आफ्नो नक्शामा देखाएको भन्दै नेपालले विरोध जनाउँदा भारतले नक्शामा कुनै परिवर्तन गरेको अस्वीकार गर्दै नेपाललाई आपती भए वार्ताबाट सुल्झाउने बनिबनाउ जवाफ दिएको थियो ।
सन् १९५४मा भारत र चीनबीच पन्चशीलको सन्धी भएको थियो । त्यसमा पनि लिपुलेकलाई उपयुक्त कागजात सहित मानसरोवर आउने जाने लामा बौद्ध तथा हिन्दु भारतीय तीर्थयात्रीको बाटोको नाकाका रुपमा प्रयोग गर्ने र नजिकैको चिनिया बजार ताक्लाकोटलाई बजार केन्द्रको रुपमा उल्लेख गर्दै ती यात्रीकालागि आवतजावत र वासको व्यवस्था चीनले गर्ने भनिएको छ । यो उल्लेख गरिरहँदा नेपालको कतै चर्चा भएको देखिंदैन । २०१५मा नेपालले भूकम्पको मार खेपिरहेको बेला झन् भारत र चीनले दुई पक्षिय रुपमा लिपुलेक नाकाबाट व्यापार सन्धि नै गरेर नेपाललाई पाखा लगाउने घृष्टता गरे । नेपालले विरोध गर्यो भारतले कुनै प्रतिक्रिया नै दिएन , चीनले आफुबाट नेपाललाई असन्तोषमा राखेर कुनै कदम नउठाईने भन्दै झारा टार्ने जवाफ दियो ।
विगतमा धेरै पटकको विरोधपछि पनि भारतीय आश्वासनको ललीपप नेपालले चुस्दै आईरहेको थियो । २०१५को घटनापछि पनि नेपाल वार्ता कुर्न वाध्य नै थियो । कालापानीमा त सन् १९६२ देखि नै भारतीय सेनाले अतिक्रमण गरेको थियो, झन् यसपटक लीपुलेकसम्म सडक सम्पन्न गरेर उसले औपचाारिक उद्घाटन नै गरिदियो । भारतको यस्तो पटकपटकको हेपाहा प्रवृतीका कारणले नेपाललाई कुटनीतिक नोट र वक्तव्यबाजीबाट एक कदम अगाडि बढेर नक्शा नै प्रकाशित गर्नेै पर्ने वाध्यता आईपर्यो ।
नेपालको आर्थिक निर्भरता ९० प्रतिशत भन्दामाथि रहँदै आएको छ । अर्को अर्थमा नेपाल भारतको एकलौटी बजारका रुपमा स्थापित छ । चीनसंग भएका सन्धिहरुले व्यवहारिकरुप पाउन चाहिने पूर्वाधार तैयार भएकै छैनन् । भारतमाथिको यस्तो ेनिर्भरतामा लामो समय रहेर नेपालले भोगेको मारको फेहरिस्त लामो छ । विसं २०२७, २०४५ र २०१५ गरी तीन पटक त नेपालले भारतको नाकाबन्दी नै भोगेको छ । नेपालले पछिल्ला दशकहरुमा आफ्नो सार्वभौमिकताको प्रतिबद्धता मात्रै भारतबाट चाहेको हो । तर, भारतले त्यसमा एकतर्फि कुठाराघात गर्दै आएको छ । सिमानामा विभिन्न निमार्णहरु गरेर कैयोैं स्थानहरुमा नेपाली किसानहरुको जमिन डुबानमा पार्दै आएको छ । आफ्नो निकटतम सम्बन्धमा रहँदै आएको नेपाल जस्तो देशप्रति उसको रवैयाले उसको आशयमाथि नै खोट छ कि भन्ने संशय नेपालीहरुमा परेको छ ।
भारतसंगको सम्बन्धलाई सुमधुर बनाउनमा नै फाईदा हुन्छ भन्ने नेपाललाई राम्रोसंग थाहा छ । यो पाठ कसैले पढाईरहनै पर्दैन । यो थाह हुँदाहुँदै पनि भारतीय थिचोमिचोको विरोध गर्नु नेपालको रहर र कसैको उक्साहट नभएर वाध्यता हो । नेपालले विगतमा गर्ने गरेका नरम विरोधको अर्थ नै भारतसंगको सम्बन्धलाई मधुर बनाउनु पर्छ भन्ने मानसिकताबाट नै निर्देशित थियो । उदार छिमेकीका रुपमा भारतले पक्कै आफ्नो मर्का बुझ्ने छ भन्ने विश्वास थियो त्यो । तर, भारतले सानातिना चाराहरु फालेर समस्यालाई समयमानै समाधान गर्न भन्दा धेरै समयसम्म झुण्ड्याउदै आएको छ । गण्डकी र कोशी पिडितहरुको कुरा कहिल्यै कुरा सुनिएन । यसरी धेरै समयदेखि व्यवहारमा न आएका नेपालमा भारतीय योजना वा समझदारीहरुलाई अब खारेज गरेर नयाँ ढंगबाट सोच्न पनि आवश्यक देखिएको छ ।
भारतीय मिडियामा आउने केही भारतीय विद्वानहरु नेपाल भारतको सम्बन्ध छोटेभाई बडेभाई जस्तो भएको अर्थमा नेपालप्रति सहानुभूति प्रकट गर्ने गरेको देखिन्छ भने केहीले चीनको उक्साहटमा नेपालले विरोध गरेको जस्तो अभिव्यक्ति दिने गरेका छन् । मुख्य समस्या नै यस्तो सोचमा छ । नेपाल र भारत बडेभाई छोटेभाई जस्ता नातेदार होईनन् बरु स्वतन्त्र हैसियतका मित्र हुन् । नेपाल आधुनिक भारत भन्दा धेरै पुरानो देश हो यस अर्थमा भारत भन्दा नेपाल युगले जेठो छ । बलियो र ठुलोलाई बडेभाई मान्न मिल्ने कुरा पनि भएन । भारतीयहरु आफु बलियो भएकोले कान्छो भएपनि बडेभाई नै भएको लाजलाग्दो तर्क गर्ने गरेका छन् । तर, नेपालाई यस्तो नातो चाहिएको छैन, विश्वासिलो मित्रताको नातो भए पुग्दछ ।
धेरै भारतीय शुभेच्छुकहरु २००७ सालतिर राजा त्रिभूवनका नीजी सचिवका रुपमा भारत नियुक्त भएका गोविन्द नारायण हुन् वा नेपालको उत्तरी सिमानाका १८ स्थानहरुमा नियुक्त गरिएका भारतीय सैनिक क्याम्पहरु हुन् अथवा नेपालका जिल्लाहरुमा भारतद्वारा त्यस बखत खटाईने गरिएका उसका व्यक्तिहरु नै किन नहुन ती सबै राजा त्रिभुवनपछि राजा महेन्द्रका समयमा नै हटाई सकिएका हुन् । त्यसबेला भारतीय राजदूतहरु नेपालको मंत्रिपरिषद्को बैठकमा समेत बस्ने गरेको पाईन्छ । त्यसबेलाको मानसिकता नै अहिले पनि भारतीयहरुले बडेभाई छोटेभाईका रुपमा प्रकट गर्ने गरेका छन् ।
अर्को एउटा डरलाग्दो मानसिकता रोटी बेटीका नाममा पनि प्रकट भएको देखिन्छ । भारतबाट नेपालीहरुको रोटी बेटीको सम्बन्ध रहेकोले नेपालले भारतलाई आफ्नो भूभाग दिनु पर्छ भन्ने तर्क आफैमा गलत छ । झन् छोरीलाई अगाडि सारेर गरिने सम्बन्धको मार्केटिङ्ग आपतीजनक पनि छ । कहाँ कता विहे गर्ने भन्ने महिलाको नैसर्गिक अधिकार पनि हो । यो आजको समयमा असान्दर्भिक छ ।
अर्को चीनले नेपाललाई उचाल्यो भनेर भनेर नेपालको विराधलाई हल्का बनाउने भारतीय मिडियामा प्रपन्च चलेको छ । भारतका मिडियाहरु हेर्दा लाग्छ, चीन र पाकिस्तानको विरोध विना भारतको परिभाषा असम्भव छ । नेपालले भारत र चीनलाई आफ्नो अस्तित्वकालागि संन्तुलनमा राख्न आवश्यक छ । चीनले भोलिको कुरा भन्न नसकिए पनि नेपालमा अहिलेसम्म भारतले झै क्षुद्र हस्तक्षेप गरेको छैन । आन्तरिक मामिलामा पनि उसले अहिलेसम्म हात हालेको छैन । उसले जहिले पनि नेपालको सरकारसंग मात्र सम्बन्ध राख्ने गरेको छ ।
भारतले भने त्यसको विपरीत व्यवहार देखाऊँदै आएको छ । नेपालका व्यवस्थाहरु पल्टाउन र सत्ताहरु ढाल्न बनाउन र नेपालका आन्तरिक असंतोषलाई उपयोग गर्न भारत सँधै तल्लिन रहने
गरेको छ । यो प्रसंगमा चीन भारतको शत्रु भएको हँुनाले नेपालको पनि शत्रु हुनु पर्छ भन्ने दुराग्रह नेपालले स्वीकार गर्ने कुरा हँदैन न भारतले मिचेको आफ्नो भूभागमाथि दावा गर्न नेपाललाई चीनले उक्साउन पर्ने नै हुन्छ ।
नेपालबाट भारतले आफ्नो सुरक्षाप्रति प्रतिबद्धता खोज्नु पर्दछ र त्यसलाई सम्बोधन गर्नु नेपालको दायित्व हुन्छ । चीनलाई पनि उसका विरुद्ध नेपाली जमिन कसैलाई प्रयोग गर्न नदिने प्रतिबद्धा गरेको छ । त्यसै आधारमा सम्बन्धहरु विकास हुँदै आएका छन् । भारतले नेपालमाथि नाकाबन्दी गरेपछि नेपाललाई भारतको मात्रै भरपर्दाको पीडाको राम्रो बोध छ । त्यसैले चीनतिर लाग्नै पर्ने वाध्यता नेपालको हो । यो कुराको अपयश भारतलाई नै जान्छ ।
यसपटक भारतीय सेना प्रमुखले नेपालको नयाँ कदमप्रति राजनीतिक वक्तव्य दिएर सतहमा देखिएका छन् । केही भारतीय मिडियाहरु नेपाल र भारतको सैनिक क्षमताको तुलना गरिरहेका छन् । लौ तीम्रो चीन अब दुनियाँमा एक्लो भैसक्यो भन्दै आफ्नै छायाँसंग बक्सिङ खेलिरहेका छन— भारतमा नै गोदी मिडिया भनेर बद्नाम भएकाहरु ।
जथाभावी टिप्पणी गर्दै हिंड्ने भन्दा आफुतिर फर्केर हेरे भारतीय मिडियालाई सबै उत्तर मिल्ने छ । यो विवाद न त हिन्दुु मुसलमानको हो न भारत पाक बीचको हो नत भारत चीन बीचको हो । यो विवाद भनेको नेपाल र भारतबीचको हो र यसलाई उत्तेजनामा भजाउने भन्दा यथार्थको घरातलबाट हेर्दा राम्रो हुनेछ । वार्ताको टेबुलमा बसेर दुबैले प्रमाणिक रुपले समाधान गर्दा राम्रो हुनेछ ।
![]() |
नेपालकोनयाँनक्शा |

टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.