भारतीय सिमा सुरक्षाबलद्वारा बांगलादेशी नागरीकको हत्या बढ्दो
भारत - बंगलादेश सिमा संसारका धेरै नागरिकहरूको ज्यान जाने सिमा मध्ये एक हो। मित्रतापूर्ण सम्बन्ध भएको भानियका दुइ देशको सिमाना मानव वध क्षेत्रमा परिणत हुनु लज्जास्पद छ।
भारत र बंगलादेशबीचको सिमानामा भारतीय सिमा सुरक्षाबलबाट मारिने बंगलादेशी नागरीकहरुको संख्या डरलाग्दो रहेको संचार माध्यमहरुले जनाएका छन् । नागरीकहरु मारिने घटनालाई शुन्यमा झार्ने आश्वासन दिल्लीले विगतमा ढाकालाई दिएका भएपनि त्यसको प्रतिफल देखिएको छैन । यो सिमाना संसारका धेरै सिभिलियनहरुको ज्यान जाने सिमानाहरु मध्येमा पर्दछ ।
जनवरी १२ का दिन बंगलादेशका विदेशमंत्री ए के मोमिनले आफ्नो मंत्रालयमा संचारकर्मीहरुसंग कुरा गर्दै भने — दुवै देशले यस्तो मृत्युलाई शुन्यमा झार्न चाहेको तर दुर्भाग्यवश त्यस्तो हुन सकेको छैन । दुई दिनअघि सिमाक्षेत्रको लालमोनिरहाट जिल्लाका सिमाक्षेत्रमा भारतीय सुरक्षाबलको गोली प्रहारबाट एक बंगलादेशी युवकको मृत्यु भएको थियो । उक्त २६ वर्षीय युवक भारतीय क्षेत्रमा बसोबास गर्ने उसका काकाको घर जान सिमापार गरिरहेको बेला भारतीय सुरक्षाकर्मीले पक्राउ गरेका थिए । तर, पछि भारतीय सिमा सुरक्षा बलले गैरकानुनी ढंगले सिमाना पार गर्दै गर्दा कार्यवाहीमा मारिएको जनाएको छ ।
एक साताबीच भारतीय सुरक्षाकर्मीबाट सिमाक्षेत्रमा यस किसिमको तेस्रो घटना भएको युनाईटेड बंगलादेश न्युज एजेन्सिले जनाएको छ । यस अगावै जनवरी १ का दिन पनि बंगलादेशका विदेशमंत्री मोमिनले यस्ता घटनाहरुप्रति गम्भिर चिन्ता प्रकट गरिसकेका थिए । धर्मको आधारमा भारतमा नागरीकता कानुनको ताप बढीरहेको अवस्थामा यस्ता घटनाहरु भैरहेका छन् र यो कानुनका कारण बांगलादेश पनि चिन्तित रहँदै आएको छ ।
दुइ देशका प्रधानमंत्रीहरुको भेटमा सिमानामा काँढेतार लगाऊन बाँकी भागमा पनि काँढेतार लगाउने र सुरक्षाकर्मीहरुलाई पनि ज्यानै जाने खालका घातक हतियारहरु नभएर गैरघातक हतियारहरु दिने संबन्धमा कुराकानी भएको थियो तर स्थिति भने अझै सुध्रिएको छैन ।
एउटा मानवाधिकारवादी संस्था आईन ओ शालिस केन्द्रका अनुशार सन् २०१९ को जनबरीदेखि अगस्तसम्म २६ जना बंगलादेशीहरुको ज्यान भारतीय सुरक्षाकर्र्मीहरुका कारण गएको थियो । यसै अवधीमा २५ जनालाई अपहरण गरिएको र २० जनालाई घाईते बनाईएको थियो । सन् २०१९मा ४३ जना बांगलादेशीहरु भारतीय सुरक्षाकर्मीहरुबाट मारिएका थिए । यो संख्या २०१८को भन्दा तीन गुणा बढी थियो । सन् २००९ देखि २०१९ सम्म मारिने बंगलादेशीहरुको संख्या ४५५ थियो भने ६५७ घाईते र ५१८ अपहरण गरिएका थिए । यस्तै अन्य धेरै यातनाहरु पनि भएको केन्द्रले उल्लेख गरेको छ ।
बंगलादेशका गृहमंत्री असादुजअमान खानले भने गतवर्ष जुलाई महिनामा संसदलाई जानकारी दिंदै सन् २००९ देखि सन् २०१९सम्म भारतीय सिमा सुरक्षाबलले २९४ बांगलादेशी नागरीकलाईं मारेको बताएका थिए । उनका अनुशार सन् २००९मा ६६, २०१०मा ५५, सन् २०११—१२मा २४—२४, सन् २०१३मा १८, सन् २०१४ मा २४, सन् २०१५मा ३८, सन् २०१६मा २५,सन् २०१७मा १७ र २०१८मा ३ जनालाई भारतीय सिमा सुरक्षाकर्मीले मारेको थियो ।
पछिल्लो घटनाका सन्दर्भमा टिप्पणी गर्दै मन्त्रि मोमिनले भारतले आश्वाशनलाई वेवास्ता गरेकोप्रति पनि चिन्ता प्रकट गरे ।
भारत र बंगलादेशबीचको सिमाना ४१५६ किलोमिटर लामो छ र यो संसार कै पाँचौं लामो सिमाना हो । यो सिमानामा मानवाधिकारवारे संबन्धित निकायहरु सचेत देखिएका छैनन् ।
सिमानामा हुने तस्करी, भारतीय सिमा सुरक्षाबलले घातक हतियार प्रयोग गर्नु र सर्वसाधरण मानिसहरुमा सिमा नियमहरुबारे सचेत नहुनाले यस्तो मृत्युको संख्या बढेको देखिएको छ । भारतीय सिमासुरक्षा बलबाट यस क्षेत्रमा भैरहेको मानवाधिकार हननवारे अन्तरराष्ट्रिय जगतमा समेत चासो व्यक्त भैरहेको छ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.