भाषा नेपाली कि गोर्खाली ? जाती नेपाली कि गोर्खाली ?


आदिकवि भानुभक्त आचार्य
                                                               
   नेपाली भाषा साहित्यमा दार्र्जीलिङ, सिक्कीम, आसाम, मेघालयलगायत भारतमा अन्यत्र बस्ने नेपालीहरुको गहकिलो योगदान रहंदै आएको छ । अखिल भारतीय नेपाली भाषा समितिले लामो समयसम्म भारतमा नेपाली भाषालाई आठौं अनुसूचिमा समावेश गरियोस् भनेर संघर्ष नै संचालन गर्यो । फलस्वरुप सन् १९९२मा नेपाली भाषाले मान्यता पनि पाईसकेको छ ।                                                                              

                                             

                                                                      बृटिश सेनामा   गोर्खा सैनिकहरु

 भारतमा रहेका भारतीय नेपाली भाषीहरुमाझ नेपाली कि गोर्खाली भन्ने बहस झण्डै साढे दुई दशकदेखि यो बहस कुनै न कुनै रुपमा चलिरहेको छ । भारतमा बस्ने प्रवासी नेपालीहरुकालागि यो कुनै सरोकारको विषय नभएपनि भारतीय नेपालीहरुबीच यो बहस पक्ष र विपक्षमा चलिरहेको छ ।

यो बहसको शुरुआत दार्जीलिङमा गोर्खा राष्ट्रिय मुक्तिमोर्चाले संचालन गरेको  गोर्खाल्याण्ड राज्य प्राप्तीको आन्दोलनको सेरोफेरोमा नेता सुवास घीसिङले गरेका थिए । उनलाई यसो गर्न बंगालका तत्कालिन मुख्यमंत्री ज्योति बसुले गोर्खाल्याण्ड चाहिने भए नेपाल जाऊ भनेर उक्साएका थिए । तत्कालिन गृहमंत्री बुटा सिंहले पनि नेपाली भाषाको मागमा पनि नेपालीलाई गोर्खा नामाकरण गर्ने हो भने मान्यता दिन सकिने बताएर यो बहसलाई भाषा र साहित्यमासम्म पुग्न मद्दत गरे । त्यसपछि सबैभन्दा पहिला आदीकविको सम्मान दिएको दार्जीलिङमा नै  भानुभक्तको सालिगमा बम प्रहारसमेत भएको सुनियो । तर, आम जनमत भने यो मामिलामा सहमत भएको देखिएन ।

नेपाली साहित्यकार इन्द्रबहादुर राई
                       

                                                               

भारतमा नेपालीमाथि नेपाल देखाएर गरिने भेदभावबाट आतंकित मानसिकताको उपज मात्रै थियो यो बहस । नेपाली र गोर्खा दुवै एकअर्काका प्रतिद्वन्दी शब्द होईनन् । सारमा भन्ने हो भने नेपाली समष्टिबोधक हो भने गोर्खा व्याष्टिबोधक । दुवै शब्दहरुको उत्पतिको सम्बन्ध नेपालसंग नै छ जसलाई इरेजरले मेट्न सकिंदैन । भारतमा पक्का भारतीय देखिन नाम फेर्न पर्ने होईन ।  शासकवृत्तबाट हुने दमनबाट बच्ने सहि तरीका अवश्य पनि यो होईन । यस्तो चिन्तनले भविष्यमा झन् ठूलो समस्या आउन सक्छ ।

अहिलेको काठमाण्डौ उपत्यकालाई प्राचिन समयमा नेपाल भनिन्थ्यो । झण्डै तीन शतक अगाडि गोरखाका राजा पृथ्वीनारायण शाहले गोरखा साम्राज्य खडा गरे जस्ले अंग्रेजहरुसंग यूद्धमा गरेर वीरता देखायो । गोरखा शब्दले त्यहि शौर्यको प्रतिनिधित्व गर्छ । अहिलेसम्म छुट्टै कुनै भाषाको होइन । तिनै गोरखालीहरुलाई अंग्रेजहरुले वीर गोर्खाको संज्ञा दिए र आफ्नो सेवामा लगाए ।

नेपाली भाषा र साहित्य अब नेपालको मात्रै रहेन । यसले डायोस्पोराको स्वरुप लिईसकेको छ । चीन, म्यानमार, अमेरिका, अष्ट्रलिया, थाईल्याण्ड, बृटेन,  संसारका धेरै देशका नेपाली बोल्ने नेपालीहरु छन् । उनिहरुलाई आफूलाई नेपाली भएकोमा कुनै ग्लानि भएको शिकायत छैन ।

कुन भाषा बोल्ने, कुन धर्म मान्ने , के खाने वा लाउने भन्ने कुरा व्यक्तिको नीजि विषय हो तर यसलाई सामाजिकस्तरमा सोच्ने हो भने यो निजी होईन । आफूलाई भारतीय नेपाली भन्नेहरुकालागि गोर्खा पराय होईन ।  गोर्खा जाति भाषा जे भने पनि त्यो कसैको अपनत्व बाहिर पर्दैन तर नेपालीलाई निषेध गरेर गरिने गोर्खागानले तार्किक निष्कर्ष पाउन सक्ने देखिन्न ।

     


टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष