यो देशमा पेशाकर्मी मात्र सडकमा, उपभोक्ताहरु खोई ?


हरेक क्षेत्रमा पेशागत सुरक्षाका नाममा भेदन गर्नै नसकिने किल्ला खडागरेर रमाउने प्रचलन नेपालमा अहिले होईन धेरै पहिलेदेखि चल्दै आईरहेको छ । त्यस्ता किल्लाहरु खडा गरेर कतिले मोजमात्रै होईन अरुलाई धम्काउंदै साम्राज्य चलाईरहेका छन् । कोही भने त्यो महारथ गर्न नसके पनि सानो कित्तामा भएपनि आफुलाई बादशाह नै ठान्ने गरेका छन् । राजनीतिक धापकाभरमा यसरी देशमा पालिंदैआएका छोटेसरकारहरुलाई नियमकानुनका पुत्लोले छुंदैसक्दैन बरु कहिलेकंहीं त राज्यले नै उनिहरुलाई स्वास्ती चढाउने गरेको देखिन्छ । त्यसैले यस्ता मिनीसरकारहरु दायित्व कर्तव्य र नैतिकताका बन्धनहरुबाट सदामुक्त देखिन्छन् । त्यसैले यिनीहरु दादागीरी र अराजकताका बलिया खम्बा बन्दै आएका छन् ।
भदौ एक गतेबाट लागुभएको संहिताले आफ्ना विषयमा त्यसले निर्दिष्ट गर्न खोजेका प्रावधानहरुवारे तर्कवितर्क हुनु नराम्रो भन्न मिल्दैन ।

 सबैलाई राज्यले आफ्नो सुरक्षा गरोस् भन्ने चाहनु नराम्रो होईन तर त्यसलाई एकतर्फि हिसाबले अरुको सुरक्षामा केही प्रभाव पार्ला कि भन्ने कुराको वेवास्ता गरिनु राम्रो होईन । आममानिसहरुको हिस्सामा जोखिममात्रै पर्नूपर्छ र आफ्ना पक्षमा सहजता पर्नुपर्ने र नपरे ठूलो अप्ठ्यारो परिदिन्छौ भनेर धाकधम्कि देखाउने चिन्तन शामन्तवादी र अराजक दुवै हो । 

चिकित्सकहरुले बिरामीहरुलाई उपचार गर्न छोडेर सडकमा नाराजुलुस गर्न थाल्नुले यस्तै कुरातिर संकेत गरिरहेको देखिन्छ । राज्यले उनिहरुका मात्र होईन सडक तताउन नसक्ने उपभोक्ताहरुका पनि उचित चिन्ताहरुलाई सम्बोधन गर्नै पर्छ । स्वस्थउपचार गर्न पाउनु जनताको मौलिक अधिकार भएको कुरा संविधानमा उल्लेख छ । तर, त्यसको हनन गरिंदैछ । स्वास्थ्य क्षेत्रका बिथितीबाट आममानिसहरु कति मर्कामा छन् भन्ने कुरा तथ्यांककोलागि सानो सर्वेक्षण गरे मात्रै भयावह चित्र प्रकट हुनेछ । अब नेपालका चिकित्सकहरुको काम केवल बिमारी रिफर गर्ने र जसले गर्दा बिरामीको उपचार महंगो मात्र होईन जोखिमपूर्ण हुने वा बनाईदिने कुरा गर्न थालिएको छ । कुरा जिम्मेवार नबन्न होईन बन्नकालागि गरिनु पर्छ । तर त्यस्तो देखिने गरेको छैन ।
भदौ १ गते अगाडि चिकित्सकहरुबाट बिमारीहरुमाथि ज्यादति भएकै थिएनन् भन्ने पनि होईन । तिनको निराकरणतिर सरकारको मात्र होईन स्वयं जिम्मेवार चिकित्सकको पनि ध्यान जान आबश्यक छ । धेरै चिकित्सकहरुले यो काम गरिरहेका छन् तर केहीले त्यसो नगरेको सत्य हो । गलत औषधीले, लापरवाहीले, कति बिरामीहरुको ज्यान गएको छ तिनीहरुको उन्मुक्तिको वातावरण बनाउन खोज्नु अपराध हो । नीजि अस्पतालमा लागेर गरिब जनतालाई निचोर्ने काममा चिकित्सकहरुले कस्तो भूमिका खेलेका छन् भन्ने कुरा धेरैले भोगेको कुरा हो । त्यसैले जिम्मेवार ढंगले सोचौ  र अराजक नबनौ  । सरकारलाई पनि त्यै ढंगबाट दवाव दिने काम गरौं । अन्यथा उपभोक्ता आन्दोलन कमजोर भएको यो अवस्थामा पडितहरुको जुुलुस सडकमा ओर्लियो भने सबैकालागि महंगो पर्न सक्छ । अराजकता को  यूग अझै सकिएको देखिएको  छैन।                

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष