नेपाल भारत मंत्रीस्तरिय काठमाण्डौ बैठक : फेरि पनि समस्याप्रति तदारुकता देखिएन
भारतीय विदेशमंत्री एस जयशंकर मंत्रीस्तरिय नियमित बैठकमा भागलिन नेपाल आए तर बैठकले दुई देशबीच थाति रहेका समस्याहरुप्रति आशालाग्ने निर्णय गर्न भने सकेन । धेरै वर्षदेखि कामै हुन नसकेका कागजी परियोजनाहरुलाई खारेज गरेर नयाँ ढंगले अगाडि बढ्न दुवैकालागि श्रेयस्कर होला । बाँकी समस्याहरुलाई असर हेरीकन छिटो निष्कर्षमा पुग्ने वातावरण मिलाउदै पारस्परिक सम्बन्धलाई अगाडि बढाउन नै उपयुक्त बाटो हुनेछ ।
भारतीय विदेशमंत्री सुब्रमण्यम जयशंकर दुई दिने भ्रमण नेपाल भ्रमण सकेर यही भदौ ५ गते दिल्ली फर्किसकेका छन् । सन् १९८० मा भारत नेपालबीच दुईपक्षिय रुपमा भएका गतिविधिहरुको नियमित मुल्यांकन गर्न मंत्रीस्तरिय संयुक्त आयोग गठन गरिएको थियो । जयशंकर यसै बैठकमा सहभागिता जनाउन काठमाण्डौ आएका थिए । दुई दशक भन्दा लामो समयसम्म हुन नसकेको यस्तो बैठक सन् १९१४मा भाजपा नेतृत्वको सरकार बनेपछि शुरु गरिएको थियो । त्यसपछि दुई देशको सम्बन्ध तनावपूर्ण हुँदै विगत केही वर्षदेखि सामान्य अवस्थामा फर्केको जस्तो देखिएको छ ।
भारत र नेपालबीचमा वर्षौदेखि थाती रहेका संयुक्त परियोजनाहरुले गती पाउन बाँकी छ । पंचेश्वर जस्ता परियोजनाहरु दुई दशकसम्म डीपीआरसम्म पनि नबनेपछि खारेज नै पो गर्ने हो कि भन्ने कुरा उठ्न थालेको छ । हुलाकी सडक, महाकाली संधीको कार्यान्वयन, सिमा स्तम्भहरुको निर्माण तथा जिर्णोद्धार, सुस्ता तथा कालापानीको सिमा विवाद, भारतले दक्षिणी सिमा नजिक निर्माण गरेका संरचनाहरुका कारण नेपालीभूमि डुबानको समस्या र सन् १९५०को सन्धि पुनरावलोकन जस्ता विषयहरु रहेका छन् । तर, यसपटकको बैठक सर्सरी समस्याहरुको स्मरण बाहेक केही खासै उपलब्धि भएको देखिएन । खाद्य सुरक्षा गुणस्तर मापनकलाई समानता प्रदान गर्ने सहमती र भूकम्प पुनरनिर्माणकालागि भारतले दिने भनेको सहयोग मध्येबाट झण्डै अढाई अर्बको चेक हस्तान्तरण बाहेक अरु विषयमा केही हुन नसकेको देखिएको छ । इपीजीको प्रतिवेदन बुझने वारे उपयुक्त समयमा बुझ्ने भन्ने पुरानै कुरा उल्लेख गरिएको छ । नियमित बैठकको यो अल्प उपलब्धिले जयशंकरको नेपाल भ्रमण अन्य विषयद्वारा प्रेरित थियो भनेर अड्कल काट्न गाह्रो छैन ।
हिन्दुवादी कट्टरतालाई आत्मसात
गर्दै आएको भाजपा सरकारप्रति
हिन्दुराष्ट्रबाट धर्मनिरपेक्ष गणतन्त्रमा
बदलिएको नेपालमा संदेहका
दृष्टिबाट
समेत हेर्ने गरिएको छ । भाजपाका
नेताहरु बेलाबखत नेपाल
हिन्दुराष्ट्र भए
राम्रो हुने तर यसको निर्णायक नेपाली जनता
नै भएकोे
टिप्पणी गर्दै आएका छन् ।
परियोजनाहरुमा हात हाल्ने तर काम नगर्ने समस्या भारतको नेपाल नीति कै रुपमा विकसित हुँदै आईरहेको थियो । यसमा सुधार गरिने आश्वासन भारतीय पक्षले दिंदै आएको छ । यसपटक पनि यो दोहोरिएको छ । जे भए पनि दुवै पक्षले बैठक सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । पछिल्ला वर्षहरुमा देखिएको दुई देशबीचको कुटनीतिक स्थिरतालाई लिएर अबका दिनहरुमा सुधारको आशा राख्न संभव भएको पनि बताईंदै छ ।
विदेशमंत्री जयशंकर प्रधानमंत्री नरेन्द्रमोदीका विश्वासी मानिन्छन् । अगस्त महिनाको ५ तारीखका दिन भारतीय जनतापार्टीको सरकारले संविधानमा जम्मुकस्मीरलाई विषेश दर्जा दिने धारा ३७० खारेज गरेपछि उत्पन्न परिस्थितीमाथि कुटनीतिक पकडलाई बलियो बनाउन भारतीय पक्षबाट चालिएको प्रयासका रुपमा पनि उनको भ्रमणलाई जोड्ने गरिएको छ । यस सन्दर्भमा नेपाल कतै चीनको प्रभावमा पर्ने हो कि भन्ने आशंका भारतलाई परेको हुन सक्ने कुरालाई नर्कान सकिन्न । कास्मीरको कदमपछि जयशंकर अगस्त ११ तारीखमा चीन भ्रमणमा गएका थिए । नियमित दुईपक्षीय बैठकमा सहभागी हुन त्यहाँ पुगेका उनले कास्मीरको विषयमा चीनको समर्थन पाउन सकेनन् । चीनले कस्मीर समस्या भारत र पाकिस्तानको आपसी मामला भएको भने पनि लद्दाखलाई केन्द्रशासित बनाउने भारतको प्रयासप्रति असंतुष्टि जनाउँदै आएको छ । त्यसपछि अगस्त २०मा उनले बंगलादेशको पनि भ्रमण गरेका छन् । बंगलादेशले कस्मीरको मामिलालाई भारत र पाकिस्तानको दुईपक्षिय बताएको छ । नेपालले पनि जयशंकर नेपाल आउने पूर्वसंध्यामा सतर्कता साथ कस्मीरको मामलालाई भारत र पाकिस्तानबीचको दुई पक्षिय भएको बताएको थियो । जयशंकरको नेपाल भ्रमणलाई सहज बनाउन सरकारले यो वक्तव्य दिईएको बुझ्न गाह्रो छैन । भारत पाकिस्तानबीचको तनावका कारण ओझेलमा पर्दै आएको सार्कको अध्यक्ष समेत रहेको नेपालले भूराजनीतिक अवस्थालाई ध्यानमा राखेर प्रतिक्रिया दिनुपर्ने दबाव सरकारमाथि रहे पनि भारतलाई सहज लाग्ने अभिव्यक्ति दिएर नेपालले मौनता तोडेको छ ।
हिन्दुवादी कट्टरतालाई आत्मसात गर्दै आएको भाजपा सरकारप्रति हिन्दुराष्ट्रबाट धर्मनिरपेक्ष गणतन्त्रमा बदलिएको नेपालमा संदेहका दृष्टिबाट समेत हेर्ने गरिएको छ । भाजपाका नेताहरु बेलाबखत नेपाल हिन्दुराष्ट्र भए राम्रो हुने तर यसको निर्णायक नेपाली जनता नै भएकोे टिप्पणी गर्दै आएका छन् । जयशंकर नेपाल आउनअघि अन्य राजनीतिक शक्तिहरुलाई वेवास्ता गर्दै आएको आरोप लाग्दै आएका प्रधानमंत्री ओलीले पहिलो पटक सर्वदलीय बैठक राखेर विगतका संघर्षहरुबाट देशमा आएको परिवर्तनमाथि संकट ल्याउन चलखेल शुरु भएको भन्दै त्यस विरुद्ध एकजुट रहन सबैको साथ खोजेका थिए । यसको संकेत विगत केही समयदेखि देशमा बढिरहेको राजावादीहरुको सक्रियता र भारतबाट हिन्दुत्वका नाममा हुनसक्ने चलखेलप्रति लक्षित रहेको थियो । जयशंकरले प्रधानमंत्री ओलीसंग लगभग एकघंटा एकान्तवार्ता गरेका छन् । यो वार्तामा प्रधानमंत्री ओलीले भारतले नेपालमा बढिरहेको दक्षिणपंथी हरकत विरुद्ध नेपालका प्रमुख राजनीतिक दलहरुमा रहेको र भारतबाट नेपाल त्यसकालागि आश्वस्त हुन चाहेको बताएका थिए भने जयशंकरले कस्मीर र लद्दाखवारे भारतलाई नेपालको साथ चाहेको सुत्रहरुले बताएका छन् ।
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.