बन्दकालागि दादागीरीको संस्कृति
बाबुराम पौड्याल
देशै बन्द गर्ने भनेको आन्दोलनको अन्तिम अस्त्र हो । बन्द उठाईएका मुद्दाहरुको जनमत संग्रह पनि हो । तर यो तथ्यको कसैले बुझेको वा बुझ्न खोजेको देखिंदैन । नेपाल लगायत अविकसित देशहरुमा यसको सस्तो प्रयोग हुंदै आएको देखिन्छ । बन्द त्यतिबेलामात्र जनमत संग्रह हुनसक्छ जतिखेर आम मानिसहरुले कुनै दवावविना बन्दको समर्थन गर्दछन् ।
हामी कहां हुने वा आपिल गरिने बन्दको शैली भने हुकुमी शैलिको हुने गर्दछ । मध्यकालिन समयमा शामन्तहरुले आफ्ना रैतिहरुमाथि गरिने खटनपटन भन्दा पनि निर्मम खालको शैलि हो यो । आफ्ना कृयाकलापहरुलाई आव्हानकर्ताहरुको चरणमा अर्पित गर्नै पर्ने शैलि निन्दनिय शैलि हो ।
सडकमा बसेर आवतजावत गरिरहेका आम मानिसहरुमाथि ढुंगामुढा गर्ने, सवारी साधनमा ढुगामुढा गरेर यात्रुहरुलाई आतंकित पार्ने, आफ्नो पेशामा लागेकाहरुलाई आतंकित पार्ने र बन्द गर्न लगाउने कार्य आततायि कार्यहरु हुन् । हामीकहां केवल सरकार वा उसका शंयन्त्रहरुलाई झुकाउने एक मात्र उद्देश्य लिएर बन्द आयोजन गरिन्छ । जुन आम मानिसहरुमाथिको दादागीरीका रुपमा प्रकट हुने गरेको छ । नागरीकहरुको व्यक्तिगत अधिकारहरुको हनन गर्ने काम सभ्य र जनताको भलो चाहनेहरुबाट हुनै सक्दैन । तर नेपालमा यो हुदै आएको छ ।
नेपालमा अराजकताले जरो गाडेको झण्डै तीन दशक भयो । राजनीतिक अस्थिरता, बाहिरी शक्तिहरुको चलखेलले यसलाई मौेलाउन सहयोग गर्यो । यसका घरेलु संवाहक भने नेपाली राजनीतिक शक्तिहरु र जनतामा फैलिएको चरम निराशा नै बने । माओवादी अशान्तिका बेला यस अराजक संस्कृतिले सबलता प्राप्त गर्यो । यतिखेर केही स्थिरताका संकेतहरु देखिएका मात्र छन् तर ती संकेतहरुले अराजकता हटाउने तिर आफुलाई विकास गर्न सक्ने छन् वा अराजकताको बाढीले तिनीहरुलाई बगाएर लैजाने हो — भन्न सकिने स्थिती छैन । नियममा रहेर नैतिक आचरणको परिसिमामा रहने धैर्यतामा नराम्रो गरी ह्रास आएको छ । वैधानिक प्रक्रियालाई अवलम्बन गर्ने धैर्यता कसैमा देखिंदैन । स्वार्थपरस्तहरुमा यो प्रवृत्ती हुनु स्वभाविक नै हो तर आम मानिसहरुमा यो देखिनु चिन्ताको विषय हो । यसले स्वार्थपरस्त गुट वा व्यक्तिमाथि कार्यवाही गर्ने बाटोलाई समेत अवरुद्ध गर्छ ।
सांचो अर्थमा बन्दलाई मर्यादित बनाउने हो भने बन्दकत्र्ताले बन्दको आव्हान गरेपछि जनतालाई दवाव नदिईकन कति प्रतिशत जनताले बन्दमा सहयोग गरेर आफ्नो मुद्दाको समर्थन गरेगरेन् अवलोकन गरेर तदअनुशार आफुलाई सच्चाउने हिम्मत गर्न सक्नु पर्दछ । अमानबीय बंद को भोलिपल्ट बंद सफल भएको र जनताले अपर समर्थनगरेको भनेर जनताको खिल्ली उडाउने प्रथाको अंत गरिनु पर्छा , अन्यथा यो दादागीरी बन्द गरेर जनतालाई संत्रासबाट जोगाउने बाटो नै उत्तम हुनेछ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.