योगको संम्पूर्णताबारे

   
  योग लहड वा आंशिक रुपमा गरिने क्रिया होईन, यो जीवन शैलिकै अंगको रुप हो । यो निरन्तरता हो  । निरन्तरताबाट मात्र योग फलित हुन सक्छ । योगमा लागेका साधकहरु मध्ये धेरैजना शारिरिक रोगहरुबाट पिडित भएर स्वस्थता खोज्न योगमा लागेको बताउने गर्दछन् । योगप्रतिको यो आग्रह पूर्ण छैन । यदि यो पूर्ण हो भने योगको महत्व चिकित्सालयमा गराईने फिजियोथेराफिसम्म सिमित हुनेछ । जुन योग होईन ।

पतंजलीको योग अभ्यास नेपालमा पनि आजभोलि निकै नै लोकप्रिय हुुंदै गएको छ । भारतीय योगगुरु रामदेवले यसको श्रेय पाएका छन् । यसले अब अन्तरराष्ट्रिय स्वरुप पाएको छ । तर, यसले सम्पूर्णता पाउन भने अझै धेरै परको कुरा जस्तो देखिन्छ । योगमा शहरिया महिलाहरुको आकर्षण बढी देखिन्छ । पुरुषहरुको सहभागिता धेरै कम छ । बालबालिका र किशोरहरुको संलग्नता भने अझै कम छ ।

                              


यज्ञवल्क्यका भन्छन्— अथो तु परमयं धर्मो यद्योगेनात्म दर्शनम् । उनका अनुशार योग धर्म हो र यसबाट आत्मसक्षात्कार हुन्छ । योग भनेको जोड्नु हो । आत्माको निवास रहेको शरिरलाई निरोगो बनाउदै आत्मालाई परमआत्मासंग जोड्नु नै योगको सम्पूर्णता हो । विना सात्विक आहारविहार र सात्विक चिन्तन योग आसन प्रणायामाबाट पनि योग सिद्ध हुंदैन भन्ने कुरा पनि साधकहरुले जान्न आवश्यक हुन्छ ।       

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष