कोरोना अपडेट : ईटालीमा कोरोना भयावह स्थिति : युरोपमा संक्रमण तीव्र
कोरोना चीनमा नियन्त्रणतिर झरेको छ भने युरोपतिर यसको संक्रमणमा तीव्र वृद्धि देखिएको छ ।
यतिबेला कोरोनाको डरलाग्दो संक्रमण इटालीले भोगिरहेको छ । यस संक्रमणको उदगम भनिदै आएको चीन भन्दा पनि डरलाग्दो नियति भोगिरहेको छ इटाली । प्राचिन इतिहास साक्षी मानिने रोम शहर हेर्न संसारभरिका पर्यटकहरुको घुँईचो लाग्ने यो शहर यतिबेला सुनसान छ । पुरै ईटली क्वारेन्टाईनमा छ । कोरोनाबाट मर्नेहरुको कुल संंख्या ३४ सय ५ पुगेको छ । चीनको भन्दा यो संख्या २ सय ४३ ले बढी छ । यो पछिल्लो आँकडा हो । अहिले कोरोनाको संक्रमण संसारका १ सय८३ देशमा फैलिईसकेको छ ।
कोरोना भाइरसको संक्रमण बारे आज २०मार्चका दिन विभिन्न समाचारहरुमा सार्वजनिक गरिएको अपडेट अनुशार संसारभर कोरोनाबाट मृत्यु हुनेको संख्या जम्मा १० हजार ४ सय ४९ पुगेको छ । यस मध्ये ४सय २१ जनाको मृत्यु पछिल्लो २४ घंटामा भएको छ । १९ मार्चको अपडेटमा कुल संक्रमण २लाख २७हजार ५सय ७१ देखाईएको थियो भने २४ घंटामा नै त्यो संख्या बढेर २लाख ५५ हजार १सय ९४ पुगेको छ । एक दिनको फरकमा २लाख ७६हजार ७७ को कोरोना संक्रमण विश्वमा बढेको देखिन्छ । यसले कोरोनाको डरलाग्दो वृद्धि देखाउँछ ।
यो डरलाग्दो स्थितिमा पनि केही आशाका किरण पनि कतै कतै देखिएको छ । उपचार गरिरहेका संक्रमितहरुको संख्या आशा गर्ने खालको देखिन्छ । आजको अपडेटमा निको भएर घर फर्कनेहरुको संख्या ८९ हजार ९ सय १८ देखाईएको छ । अघिल्लो अपडेटमा यो संख्या ८५हजार ९ सय ७१ थियो अर्थात् बितेको २४ घंटामा ३ हजार ९ सय ४७ जना निको भएर घर फर्किएका छन् । यसले कोरोना निको नै नहुने वा मानिसले भोगेका केही अन्य घातक संक्रमणहरु जस्तो छैन भन्ने देखाऊँ छ । चीनमा पछिल्लो २४ घंटामा तीनजनाको मृत्यु भएको छ ३९ नयाँ संक्रमणहरु देखिएका छन् । यसले चीन महामारीबाट छुट्कारा पाऊँदै छ भन्ने देखिन्छ । पछिल्लो संक्रमणको विष्फोट स्पेनमा देखिएको छ । त्यहाँ पछिल्लो २४घंटामा १सय ७१ जनको मृत्यु भएर कुल मृत्यु १ हजार २ पुगेको छ भने पछिल्लो संक्रमण १हजार ९सय ३ सहित कुल संक्रमण १९ हजार ९ सय ८० रहेको छ । जर्मनीमा पनि ४८ जनाको मृत्य भैसकेको छ भने १७ हजार ६ सय ५३ संक्रमित भएका छन् । इरानमा पछिल्लो समयमा १ सय४९ मृत्यु सहित कुल मृत्यु संख्या १४ सय ३३ पुगेको छ । अमेरीकामा पछिल्लो समयमा मारिएका ११ जना सहित जम्मा मृत्यु २ सय १८ पुगेको छ ।मोटामोटी हेर्दा युरोप महामारीको चपेटमा पर्दै गएको देखिंदै छ ।
नेपाल वरीपरी भारतमा पनि संक्रमण बढ्दै गएको देखिंदै छ । पछिल्लो २४ घंटामा संक्रमीत भएका २९ जना सहीत त्यहाँ २सय २३ संक्रमण भएका छन् भने पछिल्लो १ सहित ५ जनाको मृत्य भएको छ । भारतमा महामारीको बढ्दो प्रभावले नेपाल भूटान मालदीव जस्ता देशहरु पनि जोखिममा छन् ।
Worldometer को तथ्यांकमा आधारित
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.