अलविदा रवीन्द्र अधिकारी
नेपाल कम्युनिष्ट पार्टीका बौद्धिक युवा नेता तथा नागरीक उड्डयन मंत्री रवीन्द्र अधिकारीको फाल्गुण १५ गते बुधवार बिहान ताप्लेजुङको लिङखिम र फुरुम्बु गाऊंपालिकाको बीचमा रहेको सिस्नेखोलामा एमआई कलसाईन भएको एयर डाईनेष्टीको हेलिकप्टर दुर्घटनामा दुखद निधन भएको छ । हेलिकोप्टरमा पाइलट बाहेक ६ जना यात्रु सबार थिए । दुर्घटनामा परी सबैको निधन भएको छ ।
बिहान ८ बजे तेह्रथुमको चुवानडांडामा निर्माणाधिन विमानस्थलको अवलोकन गर्न काठमाण्डौबाट यात्रुहरु लिएर हेलिकोप्टर त्यस तर्फ उडेको थियो । त्यहांबाट फर्कंदा ताप्लेजुङको दाह्रेभीरमा ठोक्कीएर यान दुर्घटनामा परेको थियो । प्रतिकुल मौसमका कारण उद्दार कार्यमा कठिनाई भएको थियो । घटनास्थलबाट छतविक्षत भएका मृत शरिर उद्दार टोलीले फेला पारेको थियो ।
मृतकहरुमा मंत्री अधिकारी बाहेक पाईलट प्रभाकर जोशी, प्रधानमंत्रीका नीजी सचिव अर्जुन दाहाल, नेपाल नागरिक उड्डयन प्रधिकरणका उपनिर्देशक वीरेन्द प्रसाद शेरचन, यति एयरलाईन्सका आङछिरि शेर्पा, प्राधिकरणका इन्जिनियर ध्रुबदास र सुरक्षाकर्मी अर्जुन घिमिरे रहेका छन् ।
वि.सं. २०२६ सालमा कास्कीको भरतपोखरीको जमुनाबोटमा माता लक्ष्मी र पिता इन्द्रप्रसाद अधिकारीको जेष्ट सुपुत्रका रुपमा जन्म भएको थियो । उनको स्थानिय स्कूलमा शिक्षा प्रारम्भ भएको थियो ।
विद्यार्थीकालदेखि नै वामपंथी राजनीतिमा सक्रिय अधिकारी २०४५ मा पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति भएका थिए । पछिल्लो पटक २०७४ सालको संघीय चुनावमा कास्कीको क्षेत्र नं २ बाट निर्वाचित अधिकारीमा लोकप्रिय छवी भएका नेता थिए । सोही वर्ष चैत्र २ गते केपी ओलीको सरकारमा पर्यटन तथा नागरीक उड्डयन मंत्रीमा नियुक्त भएका थिए । मंत्री अधिकारी र अन्य छ जनाप्रति भावपूर्ण श्रद्धान्जली ।

टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.