गाऊंहरुको विकास कसरी संभव होला ?
नेपालमा पछिल्ला केही दशकहरुमा ग्रामिण-विकासको नारा धेरै लोकप्रिय हुदै आएको छ । नाराको लोकप्रियताको उचाईका तुलनामा घरातलको विकासको उचाई भनें धेरै पुड्को छ । त्यो पनि दीर्धकालिक र वाताबरणमा पर्ने नकारात्मक प्रभावबारे सचेतनताविनाको छ । अझ वामपंथीहरुको बलियो देखिने सरकार आएपछि संवृद्धिकावारेमा सपना देख्ने र देखाउने खेल चर्किएको छ ।
केही महिनाअघि पोखरामा भेटिएका स्थानिय सरकारका केही प्रतिनिधिसंग कुराकानी गर्ने मौका मिल्यो । उनिहरु धेरै उत्साहित देखिन्थे । उनिहरुको जोश देखेर लाग्थ्यो— गाऊंको पछौटेपनका दिनहरु अब गए । ग्रामिण क्षेत्रका ति प्रतिनिधिहरुसंग मित्र दिनेशले, तपाईहरुले आफ्ना गाऊंपालिकामा विकासको मोडेल कसरी तय गर्दै हुनुुहुन्छ— भनेर जान्न खोजे ।
उनिहरुसंग उत्साह त थियो तर त्यसकालागि चाहिने योजनाको परिपक्वताको भने अभाव देखिन्थ्यो । उनिहरुसंग विविधतायुक्त प्रकृतिका देनहरुका रुपमा रहेका पहाड र डांडाकांडाहरु भत्काउंदै गाऊंका घरघरमा सडक पुर्याउने बाहेकका अरु कुनै विकासका योजना थिएनन् ।
बहुदल आएपछि देशको जनसांखिक संतुलन नराम्ररी बदलिएको छ । मानिसहरुको बसाइसराइ शहरतिर तीव्र गतीमा ओर्लिरहेको छ । त्यसमाथि माओवादी आतंकले यो गतिलाई अझै तीव्र हुन मद्दत गर्यो । गाऊंमा आबाद भन्दा खालि घरहरुको संख्या धेरै देखिन्छ । पहिलेका खेतीयोग्य जमिन मध्ये पचास प्रतिशत भन्दा पनि कम जमिनमा मात्र खेति भएको देखिन्छ । वैदेशिक रोजगारीमा जानेहरु कमाएर ल्याएको दुईचार पैसा अब शहरमा सानोतिनो एउटा घर बनाएर बस्ने प्रवृत्ति चलिरहेको छ । गाऊं उत्पादनशील जनशक्ति विहिन भैसकेको छ । जसले गर्दा पारम्परिक रुपमैं भएपनि आफै धानिदै आएको ग्रामिण अर्थतन्त्र चौपट भएको छ । गाऊं मै रहेकाहरु पनि शहरमा झै सबै कुरा पसलमा किनेर प्रयोग गर्ने चलन चलिसकेको छ । यस्तो स्थितिमा गाऊंका घरघरमा पुर्याईने मोटरको उत्पादनशीलता के हुने हो भनेर चिन्ता गर्ने प्रवृत्ति कतै पाईदैन । अझ सम्भावनाविना नै घोषणा गरिएका नगरपालिकाहरु विकासका उत्प्रेरक नभएर गाऊंमा रहेको सानो जनसंख्यामाथि बोझ हुने देखिएको छ । ती प्रशासनिक ईकाईहरु यतिबेला आय नभएका जनताहरुमाथि करको डरलाग्दो बोझ बोकाउन उद्दत भएको देखिन्छ । यसले गांऊंबाट मानिसहरुको पलायन झन बढ्ने खतरा देखिएको छ ।
गाउंहरुलाई पुनरउत्थान गर्न मानिसहरुलाई गांऊमा रोक्न मात्रै पर्यप्त छैन । बाहिरबाट मानिसहरु गाऊंतिर आउने आकर्षण निर्माण गर्न आवश्यक छ । त्यो बजेट निखार्नकालागि झरी शुरु भएपछि पहाड भत्काउंदै गरिने चार महिने मोटरको कच्ची बाटोले कुनै योगदान गर्न सक्दैन । यसको सट्टा प्रविधि युक्त कृषिको योजना बनाउने, त्यसकालागि सहकारी वा ठुलो पूजी भित्राउने र बजारको व्यवस्थापन गर्ने जस्ता कामहरु गर्न आवश्यक छ ।
And the struggle for the Iron Throne begins.
जवाब देंहटाएं