नयां ऐनको घोषणाले तरंग ल्यायो

                                                                                                            -  बाबुराम पौड्याल

    एकसय पैंसट्ठी वर्ष पुरानो मुलुकी ऐनको स्थानमा नयां कानुन ल्याईएको हो जसलाई यहि भदौ १ गतेबाट लागु गरिएको छ । यसलाई गत साउन २६ गते  नै संसदबाट पारित भै गतवर्ष असौजमा राष्ट्रपतिबाट प्रमाणित भैसकेको छ । यसरी मुलुकी अपराध संहिता २०७४, मुलुकी देवानी संहिता २०७४, मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ र मुलुकी फौजदारी कसुर संहिता २०७४ जारी भएका छन् । सारमा भन्ने हो भने जंगबहादुरको समयमा लागू गरिएको ऐन नै प्रत्यक्ष्य परोक्ष चल्दै आएको थियो । यसबीच यसमा सुधार ल्याउने प्रयासहरु नभएका होईनन् तर ती प्रयासहरुले विभिन्न कारणहरुले गर्दा सार्थकता पाउन सकेका थिएनन् ।
यी ऐनहरु लागू भएपछि समाजमा एकखालको तरंग उत्पन्न भएको छ । यसका पछाडि नयां ऐनबारे तलसम्म नै व्यापक छलफलको अभावले पनि स्वभाविकरुपले काम गरेको देखिन्छ । ऐनले सर्वसाधारण जनताको व्यवहारिकतामा निक्कै प्रभाव पार्ने निश्चित हो । यसमा समयमैं तलसम्म बहस चलाउन सकिएको भए यसको व्यवहारिक प्रभावहरुको पहिचान हुन सक्थ्यो र संशोधन पनि समय मै गर्न सकिन्थ्यो । तर, त्यसो नभएपनि यो ऐन आउनुलाई पनि सकारात्मक रुपमा लिन सकिन्छ । ऐनको मुलमर्ममा शंका नगरिए पनि यसका कतिपय व्यख्याहरुमा फरक पर्ने हो कि भन्ने शंदेह धरैतिर छ । पेशागत प्राथमिकता भन्दा नागरीक संरक्षणमा बढी ध्यान गएको हो कि जस्तो देखिन्छ ।
ऐन कानुनले जनताका व्यवहारमा परिसिमन गर्ने हुनाले यस्ता प्रावधानहरुलाई सहजरुपमा आत्मसात गर्न पनि समाजलाई अभ्यस्त हुन समय लाग्ने देखिन्छ । राजनीतिक अस्थिरताले थिलोथिलो पारिएका नियम कानुनको खुकुलो स्थितीमा मोैलाईरहेको भ्रष्टाचार, लापरवाहीले स्थान पाईरहेको र आफुलाई मन नपर्ने बित्तिकै भीड जम्मा पारेर नाराजुलुस गरेर समाधान गर्ने अराजक परिपाटी सृजना हुंदै गएको यथार्थ हो । ऐन कानुन बन्नु भनेको यो प्रचलित अव्यवस्थालाई नियन्त्रण गर्ने प्रयास हो । हेरौं, यसमा यो ऐनलाई सरोकारवालाहरुले परिमार्जित गर्दै सार्थक बनाउने हुन् ।    

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष