प्रचण्ड किन बम्किदै छन

नेपाल कम्युनिष्ट पार्टीभित्र भेनेजुएला प्रकरणले खैलाबैला चलेको छ । अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमंत्री केपी ओली विश्वआर्थिक मंचको सम्मेलनमा डाभोसबाट फर्किनसक्दै भेनेजुएलामा बाहिरी शक्तिहरुले हस्तक्षेप गर्नलागेको भन्दै त्यसको विरोधमा वक्तव्य निकालेका थिए । अमेरीका लगायतका देशहरुले त्यहाँका विपक्षी नेताले आफुलाई राष्ट्रपति घोषित गरेपछि तिनलाई समर्थन गरेका छन् । यसले नेकपाभित्रका पूर्वमाओवादी खेमाबाट गुम्सिएको असन्तुष्टि समेत सतहमा छताछुल्ल भएर सतहमा पोखिएको छ

वक्तव्यमाथिको प्रतिक्रिया
नेपाल अमेरीकाको संम्बन्धका दुईवटा परस्पर स्वार्थहरु छन् । पहिलो, अमेरीका दक्षिण एशियामा आफ्नो रणनीतिक उपस्थितीकालागि नेपालमा आफ्नो प्रभावको आकाँक्षी रहँदै आएको छ ।  दोस्रो, तिब्बत कब्जागरेको चीन र सिक्किमलाई आफुमा विलय गरेको भारतको माझमा रहेको सानो देश नेपालले अमेरीकाको उपस्थितिले आफु सुरक्षित हुने बुझाई राख्दै आएको हो । यस दौरान अमेरीकाले नेपालमा महत्वपूर्ण आर्थिक र प्राविधिक सहयोग गर्दै आएको छ । उसले नेपाललाई चीनतिर ढल्किनबाट रोक्ने प्रयास पनि गदै आएको छ ।

                              पार्टीका अर्का नेता ईश्वर पोखरेलले प्रचण्डमाथि नाम नलिईकन
                                प्रहार गर्दै सामाजिक संजालमा ट्वीट गरे । प्रधानमंत्री ओली र
                                 प्रचण्डबीच पनि भेटघाट भएको छ । भेटमा सतहमा देखिए
                               जस्तो केही नभएको भन्ने कुरा दुवैले गरेको जनाईएको छ ।
                                उता नेता प्रचण्ड र अमेरीकी राजदूतबीच पनि भेटघाट भएको छ ।
                                 अमेरीकी राजदूतले प्रचण्डलाई आमेरीका आउने निम्तो दिएको
                                   भन्ने पनि चर्चा छ ।     


प्रचण्डको वक्तव्य आएपछि स्वभावैले अमेरीकाले चासो देखायो । उसले अमेरीकास्थित नेपाली कुटनीतिक नियोगका प्रमुखलाई बोलाएर जानकारी लिदै सरकारको धारण जान्न खोज्यो । उसल यस्तो वक्तव्य दिने दुनियामा नेपाल एक्लो देश थिएन । तर, अमेरीकाले अरु देशहरुका राजदुतहरुलाई बोलाएर प्रतिक्रिया जनाएको छैन । नेपाल सरकारले सारमा प्रचण्डकै वक्तव्यसंगै मिल्ने तर भाषामा शिष्टता समेटेर अर्को वक्तव्य जारी गर्यो ।


 प्रधानमंत्री ओलीले आयोजन गरेको नेपालस्थित विदेशी कुटनीतिकहरुको संयुक्त भेटघाटमा अमेरीकी राजदुतले भाग नलिएपछि नेपाल अमेरीका संबन्धमा चीसोपन आएको सबैले महसुस गरे । अमेरीकी राजदूत प्रधानमंत्रीसंग समय लिएर भेट्न गए । भेटमा प्रचण्डको वक्तव्यलाई जीब्रो चिप्लिएको भनेर विषयलाई सामान्य बनाउन खोजे । उनले नेपाललाई भारतको हो भनेर अमेरीकी राष्ट्रपति ट्रम्पको जीब्रो चिप्लिए जस्तै यो वक्तव्य हो भनेर प्रचण्डलाई होच्याए । त्यसपछि प्रचण्ड चिढिए । यता प्रतिपक्षी नेपाली काँग्रेसले पनि मित्र राष्ट्रलाई चिढ्याएर देशलाई संकटमा पारेको आरोप लगायो ।  
प्रचण्डको तेवर

अहिलेसम्म सँंधै  ओली सरकारको बचाउमा बोल्दैआएका अध्यक्ष प्रचण्ड र नेता जनार्दन शर्माले एउटा कार्यक्रममा सरकारमाथि संघीयताको संवैधानिक प्रावधान विपरीत केन्द्रिकृत हुन खोजेको र संतोषजनक ढंगले काम गर्न नसकेको आरोप लगाऊँदै यस्तै गतिविधि रहने हो भने फेरी अर्को माओवादी जन्मन सक्ने चेतावनी समेत दिन बांकी राखेनन् । उनले पार्टीभित्र र बाहिरका आफु विरुद्ध शंका गर्नेहरुलाई झस्काउने जमर्को गरे ।


प्रचण्डले आफुले भने अनुशार नभए आफु फेरि बन्दुक बोक्ने भन्ने कुरा व्यंग्य जस्तै भएपनि सरकारले आवश्यकता अनुशार काम गर्न नसकेकोले जनताको असंतोष भड्किन सक्ने कुरामा केही सत्यता भने छ । तर, सत्तारुढ दलको नेताको हैसियतमा रहेर यो भन्नु पनि कम व्यंग्यको कुरा होईन ।


प्रचण्ड नेपाली राजनीतिका सर्वाधिक चलायमान नेता हुन् । उनलाई जति गतिशील मानिन्छ उतिनै अस्थिर, एउटै रंगमा नरहने नेताका रुपमा चिनिन्छ । त्यसैले उनलाई संधै शंकाको घेरामा राख्ने गरिन्छ । उनको यो चरीत्रले कतिपय मोडमा राष्ट्रलाई फाईदा भएको भएपनि धेरै ठाँऊमा घाटा भएको भन्नेहरु पनि प्रसस्तै छन् । त्यो भन्दा पनि यसको सबैभन्दा ठूलो घाटा माओवादी आन्दोलनलाई नै भएको छ । अब प्रचण्ड माओवादी रहेनन् । उनिसंग त्यसको कालखण्डको इतिहासमात्रै छ । जसलाई सम्झन नचाहने नेपालीहरुको संख्या ठूलो छ ।
शंका उपशंका 

आशा गरिएअनुशार काम गर्न नसके पनि नेपालको वर्तमान दुईतिहाईको सरकार केही देशी विदेशी शक्तिहरुको आँखामा बिझाईरहेको कुरा सबैले जनेको हो । प्रत्येक नौ दश महिनामा बदलिंदै आएका नेपालका सरकारहरुको श्रृंखला अनुशार ओली सरकारको आयु लगभग सकिएको हो । वर्तमान सरकारलाई ढाल्न नेकपाभित्रको प्रचण्ड गुट प्रभावकारी ढंगबाट बाहिरिने हो भने ओली सरकारलाई ढाल्न संभव देखिन्छ । ओली सरकारलाई हटाईएमा अमेरीका र भारतको गठबन्धनलाई चीनसंग नजिकिनबाट रोक्न सकिने आँकलन गरिएको छ । यो कामकालागि प्रचण्डलाई गोटी बनाईने संभावना छ ।


प्रचण्ड त्यो गठबन्धनका विश्वासिला पात्र होईन् । उनलाई नेकपालाई विभाजन गर्नकालागि मात्र उपयोग गरिने संभाबना देखिन्छ । ओलीको विकल्पमा शेरबहादुरको नेतृत्वमा विभाजित नेकपाको गुट लगायतहरुको संयुक्त सरकार बनाउने कसरत पनि हुन सक्छ ।


पार्टी एकिकरणमा अझै अल्झि रहेको नेकपालाई कमजोर बनाउन त्यसभित्रका गुटहरुलाई खेलाएर ओलीलाई पार्टीभित्र अल्पमतमा पारेर ओलीलाई राजिनामा दिन वाध्य पर्ने अर्को कसरत पनि हुनसक्छ । यसो भएमा भरसक माधव नेपाल नभए प्रचण्ड प्रधानमंत्री बन्न सक्ने संभावना देखिन्छ । यस्तो अवस्थामा प्रचण्डलाई द्वन्दकालिन मुद्दाहरुलाई उचालेर प्रतिरक्षात्मक स्थितीमा पुर्याएर थन्को लगाईने प्रबल संभावना रहन्छ ।


तेस्रो विकल्प भनेको सडक संघर्षनै हो । नेपाली कांग्रेस त्यो भारी बोक्ने औकातमा छैन । गोविन्द केसीको अनशन र निर्मला बलात्कार र हत्या काण्डलाई र जनअसंतोषलाई उसले परिचालन गर्न नखोजेको होईन तर सफल भएन । यसमा मधेसवादीहरुलाई प्रयोग गर्न त्यति गाह्रो छैन तर त्यतिले मात्र सरकार परिवर्तन हुनेगरी सडक संघर्ष उठ्ने संभावना तत्काललाई देखिन्न ।
नेपालका सबैजसो प्रभावकारी मानिएका दलहरु आन्तरिक द्वन्दमा नराम्ररी अल्झिरहेका छन् । बाहिरी शक्तिहरुले उनिहरुलाई उपयोग गर्न धेरै सजिलो छ । प्रचण्डको पछिल्लो चहलपहलले नेपाली राजनीति फेरि तरलस्थितिमा नै फर्किने पो हो कि भन्ने आशंका जन्मिएको छ ।                              

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष