गलत र भ्रमक सुचनाको संक्रमण कोरोना संक्रमण भन्दा कम डरलाग्दो छैन

चीनदेखि अमेरीकासम्म लाख भन्दा बढी मानिसहरुको कोरोना महामारीबाट मृत्यु भैसकेको छ ।  बीस लाख भन्दा बढी संक्रमित छन् । यो संख्या दु्रत गतिमा बढीरहेको छ । संवेदनाको यो समयमा भ्रामक र झुठा सुचनाहरु प्रवाह गर्नेहरु मानविय सम्वेदना विरोधी नै हुन् ।


यतिबेला दुनियाँ कोरोना महामारीको संक्रमणले मात्र आक्रान्त छैन यसैको आडमा झुट्टा र प्रायोजित सुचनाहरुको डरलाग्दो प्रवाहले पनि आक्रान्त छ । यस्ता सुचनाहरु आक्रामक र उत्तेजनक ढंगबाट आईरहेका हुन्छन् जसले
समाजमा अन्धाहरुको भीड मात्र जन्माउँ छ । सामाजिक संजालमा देखिने यस्तो फोहोरले न त रचनात्मक बहस चलाउन नै मद्दत गर्दछ न समस्याको उचित निचोड नै देखाउन सक्दछ । यो तह आफु नै यस्ता गलत सुचनाको जनक भने होईन यो भन्दा माथिल्लो तहको गलत र उत्तेजक सुचना प्रवाहको प्रभावमा परेर यसले त्यस्ता सुचनाहरुलाई केवल भाईरल बनाउने काम मात्र गर्दछ । यो भाईरल नै अर्को संक्रमण हो ।

   यसकार्यमा संलग्नहरु दुई किसिमका देखिन्छन् । पहिलो आयआर्जनका ध्येयले संजाल प्रयोग गर्नेहरु र दोस्रो उत्तेजनाको चिलाई मेटाएर आनन्द मनाउन संजाल प्रयोग गर्नेहरु । सुचनामा आएको यो भेलमा एकआध राम्रा असल र मननिय सुचनाहरुले त परिचित हुन नै नपाउने अवस्था छ । सचेतहरुले पनि कुन चाँही सही हो र कुन सुचना चाही गलत हो भनेर पहिचान गर्न समस्या भएको छ । संचारक्षेत्र प्रविधिको विकाससंगै कुनै एउटा देश वा क्षेत्रमा मात्र सिमित छैन । यसले दुनिया पिटेको छ ।

व्यक्तिगत हिसाबले आफुलाई जानकार देखाउन सामाजिक संजाललाई प्रयोग गर्नै अथवा नराम्रा कुराहरुलाई भाईरल बनाउनेहरुको कुरा नगरे पनि होला । हुनत यसले जनअभिमतको काम गर्ने भनाई पनि छ । तर, यसले त्यो आफ्नो मुल चरीत्र भने गुमाउँदै गएको छ । हामीले भर पर्ने भनेको पेशागत र औपचारिक रुपले लागेका वा विषयमा विज्ञता पाएकाहरुको सुचनामा मात्र हो । प्रेस स्वतन्त्रतालाई मुखरित गर्ने वर्ग पनि यहि नै हो । जनता र सरकारबीच संवादको माध्यम पनि हो यो । यसकोलागि उसले निर्शत रुपले सुचनाको सत्यता र आधिकारिकताप्रति स्वयं जवाफदेही बन्नु पर्दछ । पत्रकारका नाताले मैले जे पनि लेख्न र बोल्न पाउनै पर्छ भन्ने आग्रहले प्रेस स्वतन्त्रतालाई बल पुरयाऊँदैन । यो सोचले राज्यलाई हस्तक्षेप गर्ने बाटो खोल्न मद्दत गर्दछ । जुन लोकतन्त्रकालागि हानीकारक हुन सक्दछ । प्रेसले आफुलाई सामाजिक संजाल प्रयोग गर्ने उत्तेजक वर्गकै पंतिमा उभ्याउने हो भने प्रेसलाई नियन्त्रण गर्न आवश्यक हुन आऊँछ भन्ने कुरा विर्सन मिल्दैन


कोरोना भाईरसको घरेलु उपचारका नाममा सामाजिक संजालमा यतिधेरै समाचार वा जानकारी आए जसको गणना नै संभव छैन । कतिले त आफुसंग कोरोना रोकथामको औषधी भएको दावी समेत गरे । तीनै सुचनाका आधारमा कतिले धारणा बनाएको समेत् पाईयो । अझ एउटा पुरातन वर्गले त पुजापाठ प्रार्थनाले संक्रमणको निदान हुने प्रचार समेत गर्न भ्याए । कोरोनाको निदान होस भनेर कामना गर्नु अन्यथा होईन तर निको हुन्छ भनेर ग्यारण्टि गर्दै आम मानिसहरुलाई बहकाउने कार्य भने अपराध नै हो ।  यथार्थमा आजका मितिसम्म कोरोनाको औपचारिक औषधी बनिसकेको नै छैन । मलेरियाको औषधीका रुपमा प्रयोग हुँदै आएको कोप्रयोग ज्थमचयहथअजयिचयत्रगष्लभ  को परिक्षण कोरोनाका केही बिमारीहरुमा प्रयोग भैरहेको र त्यसमा केही आशाप्रद नतीजा देखिएको भएपनि अझै औषधीका रुपमा मान्यता पाईसकेको भने छैन । तर पनि भारतले आफ्ना स्वास्थकर्मीहरुलाई कोरोना प्रतिरक्षाकालागि  यो औषधी प्रयोग गरिरहेको छ । अमेरीकाले पनि यो औषधी भारतबाट आयात गरेको छ ।

 विश्व स्वस्थ्य संगठनले कोरोनाको रोकथामका नाममा प्रयोग भैरहेका नकली औषधीले घातक असर गर्ने वारेमा सचेत गराएको छ । इन्टरपोलले एक हप्तामा नक्कली औषधी बेच्ने ९० देशका १ सय २१ जनालाई ठुलो परिमाणमा कोरोनाका त्यस्ता नक्कली ओैषधी सहित पक्राउ गरेको बीबीसीले जनाएको छ । अघिल्लो महिना इन्टरपोलले ३४००० यस्तै खाले मास्क जफत गरेको थियो । यो सबै कार्य औषधी तथा अन्य मेडिकल सामानहरुको विश्वव्यापिरुपमा भएको अभाव र झुटो प्रचारबाजीका आडमा भएको अनुमान गर्न सकिन्छ ।

कोरोना संक्रमणको विषयलाई लिएर चीन र अमेरीका बीचका विवादलाई लिएर चलेका आशंकापूर्ण विचार र अफवाहहरुको वणर््ान गरेर साध्य नै छैन । यो गन्जागोलले दुनिया तताईरहेको छ । यसले आममानिसहरुलाई सही सुचनाको सट्टा आशंका मात्र बाँडिरहेका छन् । यो खेमाबद्ध भएका मिडयाहरुले नै गरिरहेका छन् । 
  
अन्तरराष्ट्रिय समाचारकालागि  दक्षिण एशियाका देशहरुमा भारतीय संचारमाध्यमहरुलाई अधिकाँश मानिसहरुले प्रयोग गर्दै आएका छन् । पछिल्ला दिनहरुमा भने ती मिडियाहरुले समाचारहरुलाइ सन्सनी बनाएर प्रस्तुत  गरेर समाचारमाथि ज्यादती गरेका आरोप लाग्ने गरेका छन् । पछिल्लो साता ती मिडियाहरुले सिमा सुरक्षा बलको आशंका दर्शाउने एउटा पत्रलाई आधार बनाएर नेपालका एकजना मुश्लिम धर्माबलम्बीले पाकिस्तानको गुप्तचर संस्था आईएसआईको योजना अनुशार ५० जना कोरोना प्रत्यारोपितहरुलाई भारतलाई संकटमा पार्ने उद्देश्यले बिहार राज्यतिर घुसपैठ गराएको समाचार प्रसाण गरिरहे । यद्यपि बिहारका पुलिस प्रमुखले त्यसको संभावनालाई पुरै इन्कार गरिरहँदा समेत उनिहरुले समाचार प्रसारण गरिनै रहे । पुरै नेपालमा नौ जना मात्र संक्रमित रहेको बेला ५० जना संक्रमित भारत पठाईएको कुराले नेपालमा संत्रास नफैलिने कुरै थिएन । यथार्थमा अहिलेसम्म नेपालतिरबाट भारतमा भन्दा भारतको संक्रमणले नेपालमा नकारात्मक असर परेको तस्विर प्रष्टै देखिएको छ । यसको मतलब यो कदापि निकाल्न मिल्दैन कि भारतीय गुप्तचरसंस्थाले नेपालमा कोरोना घुसपैठ गराएको छ । ती मिडियाको सोच कोरोनाको महामारी भन्दा कम घातक छैन । सँधै पाकिस्तान र मुसलमानहरुप्रति नकारात्मक सुचना प्रवाहित गर्ने मिशन चलाईरहेको भारतीय मिडियाले मुसलमानलाई तारो बनाउने अभियानमा नेपाललाई पनि अनयासै तानेको अर्थमा बुझ्न बाहेका हामीसंग अहिले अर्को विकल्प छैन ।

चीनप्रति भारतले सोझै अमेरीकी शासनको विचारको फोटोकपी प्रसारण गर्ने काम गरिरहेका छन । चीनमा महामारी उत्कर्ष हुने बेला चीनको अब ढाड भँचियो भनेर खुशी मनाउने मामलामा भारतीय मिडियाहरु ट्रम्पका प्रवक्ता नै बने । अहिले महामारीले युरोप र अमेरीकातिरका शक्तिशाली देशहरुलाई समाते पछि चीनमा यती छिटै किन संक्रमण ओराले लाग्यो त्यहाँ त लाखौं मानिसहरु मर्नु पर्ने भन्दै ट्रम्पको बोली दोहोर्याई रहेका छन् । भारत जस्तो सम्पन्नशाली देशका मिडियाले अनुसन्धानका भरमा समाचारलाई प्रेषित गर्दा यस क्षेत्रको विचार मंथनमा सहयोग पुग्ने हुन सक्थ्यो । तर त्यसो भैरहेको देखिंदैन । भारतको उज्ज्वल भविष्यप्रति संसारमा चर्चा गरिन्छ । तर, पछिल्ला दिनहरुमा उसले आफुलाई चीन अमेरिका भन्दा अलग तेश्रो धुरीका रुपमा स्थापित गर्नु पर्नेमा अमेरिकाको अनुयायीका रुपमा मात्र सिमित गरेर आफ्नै भविष्यमाथि अन्याय गरिरहेको छ । भारतीय मिडियाको रवैया हेरेर अहिले निकाल्न सकिने निचोड भनेको यहि नै हो ।
 
पाकिस्तानप्रति पनि ती मिडियाहरु अच्चम्म लाग्दो रवैया प्रदशर्न गर्दै आएका छन् । तीनका कुरा सुन्दा लाग्छ पाकिस्तान भनेको हरेक दृष्टिले भारतलाई टक्कर दिने अवस्थामा पुगेको राष्ट्र हो । तर यथार्थ त्यस्तो पक्कै पनि देखिंदैन । भारतका एकजना सैनिक अधिकारीले अपुष्ट ढंगले पाक अधिकृत क्षेत्रमा पाकिस्तानले कोरोना संक्रमितहरुलाई भारततिर पसाउने उद्देश्यले पठाएको बताएका छन् । यस्ता काँचा सुचनालाई सेना जस्तो निकायले किन प्रसारण गर्न उचित मानिरहेका छन् भन्ने कुराले शन्देह उत्पन्न गरेको छ ।  पाकिस्तानप्रति भारतीय मिडियाहरुको व्यवहार हेर्दा लाग्छ उनिहरु पाकिस्तान भन्दा पनि आफ्नै छायाँसंग बक्सिङ खेलिरहेका छन् । यो कार्य भारतीय जनताहरुलाई भावनात्मक रुपले व्यस्त बनउने उद्देश्यकालागि गरिएको हुन संभव छ । यस्तो हो भने त्यो देशप्रति मिडियाले बेईमानी गरेको भन्न सकिन्छ ।

यतिबेला अर्को रोचक प्रसंगलाई भारतयि मिडियाले गोयवल्स शैलिमा प्रचार गरेका छन् । कुनै भविष्यवक्ताका अनुशार संसारमा ठूलो प्रलयहुने र त्यसबाट मुक्ति दिलाउन यो क्षेत्रबाट एकजना महापुरुषको जन्म हुने भनिएकोमा कारोनाको यो चुनौतिलाई प्रलय मान्दै ती पुरुष भनेका भारतीय प्रधानमंत्री मोदी नै हुन भने आशयका विचारहरु प्रवाह गरिरहेका छन् । प्रधानमंत्री यस्ता प्रस्तुति टीवीमा हेरेर कस्तो मुद्रामा हुन्छन् होला कल्पना गर्दै अच्चम्म लाग्छ ।
         
यो संकटका बेला मिडियाका आडमा आउने भ्रामक सुचनाहरुले समस्या र जनमत वा यथार्थतालाई दिशाहीन बनाउने काम गर्दछ । जुन कोरोना भाईरस भन्दा कम घातक छैन । त्यसैले सम्बन्धित सबैले जिम्मेवार बन्न आवश्यक छ ।   

                    




       
   
   
    

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष