लैंगिक हिंसा पिडित नारीहरुको अभियान “ मि टु”

तराना बुर्के
 

आजभोलि आफ्नो विगतमा विभिन्न पुरुषहरुबाट कार्यक्षेत्रहरुमा जबरजस्ती यौन हिंसामा पारिएका नारीहरुको अन्तरआत्माको आवाज बन्दै गएको छ— मि टु अभियान । यसले अमेरिकाको सिमा नाधेर विश्वव्यापि रुपलिंदै गैरहेको छ । यसले वर्तमान भन्दा पनि उनिहरुका जीवनको कुनै मोडहरुमा घटेका घटनाहरुलाई सतहमा ल्याउन प्रेरित गरिरहेको छ । आफुले विगतमा भोगेका यस्ता डरलाग्दा घटनाहरुले अहिले पनि झस्काउने गरेको र तिनीहरुलाई सकेसम्म विर्सने असफल प्रयास गर्दैआएको तर यतिबेला मि टु अभियानले पिडा बिसाउन हौसला दिएको बताएका छन् । यो अभियानले त्यसबेलाका पिडक भनिएकाहरुलाई पनि अप्ठ्यारोमा पारेको छ ।  मि टु को अर्थ आफु पनि कार्य क्षेत्रमा आफ्ना सहकर्मी, हाकिम अथवा मालिकहरुबाट यौन हिंसा परेको भन्ने हो ।



हर्बे बेन्सटिन
   अहिले यो अभियानमा विभिन्न क्षेत्रमा प्रतिष्ठित महिलाहरुले ठूलो सहभागिता देखाईरहेका छन् । शिक्षित, घरानिया उच्चपदस्थहरुबाट नै यस्ता घृणित घटनाहरु घटाईएको देखिएको छ । यसबाट कार्यक्षेत्रहरुमा पनि महिलाहरुमाथि हुने यौनजन्य हिंसाको स्थिती भयावह रहेको देखिएको छ । यसले शिक्षाले मात्र यो स्थितीमा सुधार हुनेछ भन्ने कुरालाई पनि मिथ्या सावित गरिदिएको छ ।

    सन् २००६ तिर लैंगिक हिंसाबारे जनकार रहेका अमेरिकी सामाजिक अभियान्ता हर्बे बेन्सटिन नामक पुरुष र तराना बुर्के नामक महिलाले संकेतिक फ्रेजका रुपमा मि टु को प्रयोग शुरुगरेका थिए । सन् २०१६मा अमेरिकी फिल्म अभिनेत्री अलिसा मिलानोले ट्वीटरमा यसको प्रयोग गर्दै पिडितहरुलाई अगाडि आउन प्रोत्साहन गरेपछि यसको लोकप्रियता एक्कसी बढ्यो ।

    पछिल्लो पटक केही महिलाहरुलाई विगतमा यौन अत्याचार गरेको आरोप लागेका ब्रट काभानग एकसातालामो बहसपछि अमेरिकाको सर्वोच्च अदालतको न्यायधिशमा राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा नियुक्त गरिएका छन् । सिनेटमा उनको पक्षमा ५० र विपक्षमा ४८ मत परेको थियो । उनको नियुक्तिले विगतमा उनको यौन अत्याचार परेका महिलाहरुले निराशापूर्ण प्रतिक्रिया दिएका छन् । तर, काभानगले भने यो आरोप खण्डन गर्दै आएका छन् ।
भारतमा आरोपित पत्रकारहरू

     नेपालको छिमेकी भारतमा पनि “मि टु” ले ठुलै तुफान ल्याउन थालेको देखिन्छ । त्यसको तरंग फिल्मी र पत्रकारिता जगतमा विशेष गरेर देखिएको छ । अभिनेता नानापाटेकरमाथि दशवर्ष पहिला गरेको यौन दुव्र्यवहारलाई लिएर तनुश्री दत्ताले पुलिसमा शिकायत गरेकी छन् । महिला प्यानलले उनलाई बयानकालागि बोलाएको छ  पत्रकार तथा नेता एमजे अकबरले “एशियन” एज नामक पत्रिकामा काम गर्दा आफ्ना महिला सहकर्मीहरुमाथि यौनिक यातना दिने गरेको ट्वीटर र पत्रिकाहरुमा फेहरिस्त छापिएका छन् । यो सूचि लामै छ । आरोपहरु कुनरुपमा प्रमाणित होलान् यो कुरा अहिल्यै भन्न नसकिए पनि यो समस्या डरलाग्दोरुपमा रहेको भन्ने कुरामा दुईमत छैन ।          
     

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष