चिनिया राष्ट्रपति सी भारत हुँदै नेपालमा
चिनिया रास्ट्रपति सी जिम्पिंग र भारतीय प्रधानमन्त्री मोदीको अनौपचारिक शिखर वार्तापछि हुने नेपालको राजकीय यात्रा नेपालकलागी महत्वपूर्ण हुने ठानिएको छ।
चिनिया राष्ट्रपति सी जिम्पिङ यही अक्टोबर ११ शुक्रवार तीन दिने हिमालपारीका दुई छिमेकी देशहरुको भ्रमण गर्ने छन् । उनि बेईजिङबाट दक्षिण भारतको महाबलिपुरम् पुग्ने छन् । त्यहाँ भारतीय प्रधानमंत्री नेरन्द मोदीसंग उच्चस्तरीय अनौपचारिक वार्ता गर्ने छन् । त्यसपछि १२ अक्टोबरका दिन नेपालको राजधानी काठमाण्डौ आउने छन् । नेपालको उनको यात्रा भने राजकीय हुनेछ । अक्टोबर १२ र १३ तारिखमा उनले नेपालमा उच्चस्तरिय भेटघाट गर्ने छन् ।
नेपाल लामो समयदेखि उच्चस्तरिय चिनियाँ नेतालाई स्वागत गर्न आतुर देखिंदै आएको छ । यो भेटघाटका अवसरमा विभिन्न दुईपक्षीय महत्वपूर्ण सम्झौताहरुमा हस्ताक्षर हुने बताईएको छ । सीको स्वागतकालागि काठमाण्डौमा भव्य तयारी गरिएको छ । कतिपय विष्लेशकहरु सीको नेपाल भ्रमणले नेपालको विकासमा मात्र होईन कुटनीतिलाई समेत प्रभावित गर्ने बताउँदछन् । सीको भ्रमणले नेपाललाई चीनतिर ढल्केको संकेत दिने र त्यसले भारत अमरीका जापान जस्ता नेपालसंग निकट संबन्ध भएका देशहरुको नेपाल नीतिलाई नकारात्मक प्रभाव पार्ने हो कि भन्ने आशंका गरिरहेका छन् । तर, ठूलो तप्का भने नेपालको सँधै सहयोगी रहँदै आएको चीनसंगको सम्बन्धमा अझै विकास हुनुले अरु चिढिन नपर्ने बताऊँदै आएका छन् । दुनियाँमा फैलिंदै गएको र विश्वको दोस्रो आर्थिक महाशक्ति रहेको छिमेकी चीनबाट नेपाल जोडिनु नेपालकालागि आवश्यक रहेको मानिदै आएको छ ।
भारतमा भने सीको आगमनलाई शकाको दृष्टिले हेरिएको छ । केही दिनपूर्व पाकिस्तानी प्रधानमंत्री इमरान खानसंगको बैठकमा सीले पाकिस्तानलाई कस्मीरको विषयमा चीनले पाकिस्तानी अडानलाई बलपुग्ने अभिव्यक्ति दिएपछि भारतले त्यसले भारतको आन्तरिक मामिलामा गरेको वक्तव्य जारी गरेको थियो । यद्यपी दुई शक्तिशाली नेताहरुको भेटले महत्वपूर्ण भारत चीनमात्र नभएर अन्तरराष्ट्रिय कुटनीतिमा एकखालको दबाव उत्पन्न हुनसक्ने अनुमान समेत गरिंदै छ । भारत चीन दुवै देशले कुटनीतिक भेटघाटको क्रमलाई बढाएर अआफ्ना स्वर्थकालगि अमरीकी खेमालाई दबावमा राख्ने प्रयास गरेको पनि देखिंदै छ ।
It's really a great and useful piece of information. I am glad that
जवाब देंहटाएंyou just shared this helpful information with us. Please stay
us up to date like this. Thanks for sharing.