अमेरिकी विश्वासको पीड़ा भोग्दै युक्रेन, अन्योलमा युरोप

          अहिलेसम घटेका घटनाहरु यसरी नै अगाडि बढ्दै जाने हो भने अब युरोप र अमेरिकाको गठबन्धन फ़ुटको संघारमा पुगेको हो कि जस्तो पनि देखिंदैछ। ट्रामले लामो समयदेखि सहयोगीका रूपमा रहेको युरोपलाई छोड़ेर र युक्रेनलाई रुस समक्ष बलि दिएर  किन रुसको सामिप्यता खोजिरहेका छन् भन्ने रहस्य अझै खुलेकाे  छैन।



 हालै अमेरिकामा डोनाल्ड ट्रम्पको सत्तारोहणसंगै तीनवर्षदेखि शक्तिशाली छिमेकी रुससंग युद्धरत युक्रेन ठुलो सकासमा परेको छ। युक्रेन विगतमा सोवियतसंघको पतनपछि स्वतन्त्र भएको देश हो। जो बाइडेनको अघिल्लो अमेरिकी सरकारले रूस विरुद्ध  युद्ध लडन युक्रेनलाई आर्थिक र सामरिक सहयोग गर्दै आएको थियो तर ट्रम्पले अब यो सहयोगलाई  बन्द गर्ने घोषणा गरिसकेका छन्। अमेरिकासंगै विदेश मामिलामा उसलाई लामो समयदेखि  साथ दिंदै अएका नाटोका युरोपेली देशहरुले पनि युक्रेनलाई यो युद्धमा हरतरहले सहायता गर्दै आएका छ्न। आऊँदा दिनमा पनि यस्तो सहायता जारी राख्ने उनिहरुको तर्क छ। मुख्य सहयोगी अमेरिका नै त्यो सहयोगबाट पछाडी सरेपछि आफै आर्थिक संकटमा परिरहेका उनिहरुको याे तर्क  कसरी व्यवहारिक होला त्यो हेर्न बाँकी नै छ। चुनावपूर्व  ट्रम्पले अफनो जीत भएमा चौबिस घण्टामा रुस युक्रेन युद्ध अन्त्य गर्ने बताउँदै आएका छन्  तर त्यो कसरी संभावित हुने हो भन्ने प्रष्ट छैन। युक्रेन लगायत अरु कसैमाथि पनि अमेरिकी जनताले करका रूपमा तिरेको पैसा व्यर्थमा खर्च नगर्ने भन्ने कुरा पनि ट्रम्पले  त्यसबेलादेखि नै बताउँदै आएका थिए । यो कुराले युक्रेनलाई सशंकित  पारेको थियो तर स्थितिले यति जटिल रुप लिनेछ भनेर कसैले सोचेका थिएनन्। ट्रामले चुनावमा जीत हात पारेपछी युक्रेनकलागि अवस्था झन नाजुक भएर गयो। 

  सत्तामा आएपछि ट्रम्पको रुस युक्रेन युद्धविराम गेरेर शांति बाहाल गर्न अगाडि सारेको रूपरेखा देख्दा युक्रेनले पाउने भंन्दा धेरै गुमाउनु पर्ने देखिएको छ। युद्धमा रुसले कब्जा गरेकाे भूमिका बारेमा युक्रेनले समझौता गर्नु पर्ने, युक्रेनेले नाटोको सदस्यता नालिने तथा रुसमाथि लगाईएका प्रतिबन्धहरु खारेज गर्ने र शांति बहाल गर्ने ट्रम्पको एकपक्षिय भनाई  छ। उनले फरवरी १२ तारिखका दिन रुसी राष्ट्रपति पुतिनसंग यस बारेमा डेघंटा लामो फोन वार्ता पनि गरिसकेका छन्। यसपछि युक्रेनी राष्ट्रपति व्लोदोमिर जेलेनेस्कीलाई पनि उनले फोनबाट नै यसबारे जानकारी दिएका छन्। यतिमात्र नभएर युद्धमा सहायता गरे वापत युक्रेनले देशको आधा खनिज अमेरिकालाई दिनु पर्ने पनि बताउन थालेका छन्। प्रमुख रूपमा अमेरिकाको सहायता र सल्लाहमा आजसम्म प्रतिकारयुद्ध गरिरहेको युक्रेन त्यसै देशको राष्ट्रपतिबाट यस्तो कुरा सुनेर कीवमा हतासाकाे कालो बादल मडारिनु अस्वाभाविक  थिएन। तर, अहिलेसम्म को कटुसत्य यो नै थियो। तर, जेलेनेस्किले अहिलसम ट्रम्पकाे घाटाको प्रस्ताव मानिरहेका छैनन् ।  दुनियाँका धेरै ठाउँमा आफ्नाे स्वार्थकालागि विताण्डा मच्चाउँदै आएको अमेरिकाप्रति अन्धो विश्वासमा पारेको युक्रिनेले ठुलो संख्यामा नागरिक र सेना गुमाएको छ भने युद्धको कारण लाखौं नागरिकको देशबाट पलायन भएको छ। कैयौ शहर र गाउंहरु ध्वंस भएका छन्।

 युक्रेनमाथि रुसले आक्रमण गर्नु नाजायज भएपनि यो आक्रमणका पछाडि पनि केही कारणहरु छन्। ती कारणहरुतिर आँखा चिम्लनु युक्रेनी राष्ट्रपति जेनेस्की र अन्य नेताहरुको भुल थियो भन्ने देखिन्छ। सन् १९८९मा बर्लिनको पर्खाल ढल्दा रुसलाई नेटोको विस्तार जर्मनीभन्दा पूर्वतिर  नगर्ने समझदारी विपरीत पछि पनि धेरै देशहरुलाइ नेटोमा सामेल गराइएको थियो। यसो गर्दा त्यसबेला कमजाेर  रुसले सामान्य प्रतिवाद बाहेक अरु केही गर्न  सकेकाे थिएन। यो विस्तार क्रममा रुसको सिमाना जोडिएको युक्रेनमा पनि नेटोले चलखेल गर्न थालेपछि मॉस्को बिच्केको थियो। विश्वमा विभिन्न ठाँउमा अशान्ति मचाउँदै आएकाे नेटोप्रति मास्कोले आपत्ति जनाउनु पनि अस्वाभाविक थिएन। यतिबेला भने रुसबाट सैन्य आक्रमण नै भयाे । यस अगाडि नै सन् २०१४मा रुसबाट युक्रेनकाे क्रिमियामाथि कब्जा भइसकेकाे छ भने सन् २०२२ मा आक्रमण नै भयाे र अहिले पनि युद्ध जारी छ ।           

      

अमेरिकासंगै नाटोका रूपमा युक्रेनलाई सहायता गर्दै आएको युरोपेलीसंघ र अर्को मुख्य सराेकारवाला पक्ष युक्रेनसंग कुनै सल्लाह नागरिकन ट्रम्पले एकपक्षीय रूपमा उनिहरुमाथि अफ्नो कुरा थाेपर्न खोजिरहेका छन्। उनकाे प्राथमिकता युक्रेनको समस्या भन्दा बढी रुससंग अमेरिकाकाे सम्बन्धलाइ सामान्य बनाउन भएजस्तो देखिंदैछ। उता यूरोपेलीसंघको मुख्यालय ब्रसेल्समा पनि ट्रम्पको यस्तो व्यवहार प्रति तीव्र असन्तुलन देखिदैछ। अमेरिकी प्रतिनिधि जेडी वेन्सले ने १३ फरवरी को म्युनिखमा भएकाे  सुरक्षा सम्मेलनमा यूरोपेली देशहरुको कड़ा आलोचना गरेपछि झन खलैाबैला माचियो। दोस्रो विश्वयुद्ध पछिको ८० वर्षमा अमेरिका र युरोपबिच यस्तो तनावकाे स्थिति कहिल्यै आएको थिएन। उक्त सम्मलेन भेला भएका युरोपेली नेताहरु वेन्सकाे कुरा सुनेर स्तब्ध भए। यूरोपेलिसंघको नेतृत्व भने युक्रेनलाई सहयोग दिनु पर्ने अडानमा छ। रुसलाई युक्रेनमाथि आक्रमण गरे वापत दंडित गर्ने र युक्रेनलाई न्याय दिने हिसावले शांतिको प्रयास हुनुपर्ने तर्क उनिहरुले गर्दै आएका छ्न। युरोपेलीसंघलाई वेवास्ता गर्दै युक्रेनमा शान्तिका लागि भन्दै  फरवरी १८का दिन अमेरिकाले साउदी अरबको रियादमा रुसस‌ंग बैठकको तयारी गरेपछि सकसमा परेको युरोपले अब के गर्ने भनेर १६ फरवरीमा फ्रांसकाे पेरिसमा राष्ट्रपति इमैनुएल मेक्रोंले आपतकालीन बैठक बोलाएका थिए। बैठकमा योरोपेलीसंघ एकजुट भएर अगाड़ी बढ्ने प्रतिबद्धता जनाए पनि उनिहरु अमेरीकी प्रयासको वरीपरि नै रुमल्लिएका थिए। रुसले युद्धविरामपछि पनि आक्रमण गर्दैन भन्ने विश्वास नभएकोले निगरानी गर्न सेना पठाउन पर्ने भन्ने पनि कुरा त्यहाँ उठेको थियो। ब्रिटिश प्रधानमंत्री केर स्टर्मरले आवश्यक भए बृटेनले सुरक्षा गारंटी गर्न सेना पठाउने बताएका थिए। अमेरिकाले भने यस अगाडि नै आफुले सेना नपठाउने बताइसकेको छ। अमेरिकाले हात झिकेपछि युरोपले मात्रा युक्रेनलाई सहायता गर्न सक्ला भन्ने प्रश्न पनि छ। अमेरिकाले नाटोका सदस्यहरुले अफनो कुल गृह्यस्थ उत्पादबाट पांच प्रतिशत बजट नेटोकालागि नछुट्टाउने हो भने आफुले युरोपको सुरक्षाकाे दायित्व नलिने बताउदैआएको छ।      

 रियादामा भएको रूस अमेरिका वार्तामा ट्रम्प र पुतिन नै सहभागी हुने भनिए पनि रूसी  विदेशमंत्री सर्गेई लावारोव र अमेरिकी विदेशमंत्री मार्को रुबियो अफना टीमहरु के लिए पुगेका थिए । वार्ताले संबंधको ढोका खाेलेकाे बताऊंदै रुसले यो वार्ता नितांत दुई पक्षिय रहेको भने्को छ। वार्तामा रुस र पश्चिमी जगतसंग संबंध विकसित गर्ने जनाईएको छ। दुवै देशहरुले कुटनीतिक सम्बन्ध पनि चाँडै पुनस्थिापित गर्ने पनि जनाएका छन। यी कुराहरु सार्वजनिक भएपनि युक्रेनका बारेमा  शांति स्थापना स्थापना गर्न पहले गर्ने भन्दा अरु खासै केही उल्लेख नभएकाे देख्दा आगामि दिनमा युक्रेन र युरोपलाई सामेल गर्ने बाटाे भने बन्द नगरिएकाे जस्ताे पनि देखिएकाे छ। निराश युक्रेनी राष्ट्रपति जेलेनेस्की पनि कुनै कामको वहनामा रियाद वार्ताको समय साउदी अरबको छिमेकी देश संयुक्त अरब अमीरात पुगेका छन् र त्यंहाबाट उनि  टर्की पुगेका छन। टर्कीमा पनि उनले युक्रेन संलग्न नभएकाे कुनै पनि  निर्णय मान्य नहुने बताएका छन। उनकाे यो  यात्रा अफ्नो पक्षमा सहयोग जुटाउनकानिम्ति भएको बुझ्न कठिन छैन।

 दुनियामा अमेरिकाले गरेका हरेक कर्म कुकर्महरुमा आँखा चिम्लेर सहयोगी बन्दै अएको युरोपेलीसंघ यतिबेला हतास मनस्थितिमा छ। अमेरिकाकाे  लहैलहैमा लागेर रुसमाथि आर्थिक प्रतिबन्ध लगाएकाे युराेपेलीस‌घ  आफुले रुसबाट झंडै ७० प्रतिशत ईन्धन सस्तो दरमा किन्दै आएको थियो। रुसमाधि प्रतिबन्ध लागेपछि युरोपमा ईंन्धनकाे हाहाकार छ। युराेपकाे अर्थतंत्रमा व्यापक मन्दी देखिएकाे छ। युरोपेलीसंघको सबैभन्दा ठुलो अर्थतन्त्र जर्मनीमा ईन्धनकाे संकटले हजारौ कलकारखाना बन्द भएका छन। महँगी र बेराेजगारी बढेकाे छ । रुसलाई नाटाेको सहायताले युक्रेनमा चाँडै घुंडा टेकाउन सकिंन्छ भन्ने सोचेको युरोप युद्ध लम्बिदै जांदा आफै झन संकटमा परेको छ।

डोनाल्ड ट्रम्प आफैमा लाहडी स्वभावका भनेर चिनिन्छन। पछिल्लो पटक पनि कनाडालाई अमेरिकामा गाभ्ने, पनामामाथि  कब्जा गर्ने  ग्रीनल्यांडलाई अमेरिकामा गभ्ने र बंगलादेश भारतलाई हेर्न दिने जस्ता बयान दिएर उनि चर्चामा आएका छन। युरोपको दबावपछि उनले हाललाई पूर्वी युरोपबाट अमेरिकी सेना नहटाउने पनि भनेका छन्। उनले जेलेनेस्कीलाइ अलाेकप्रिय तानाशाह जाेकर र उनैका कारण रुसले युक्रेनमाथि आक्रमण गरेकाे जस्ता गैरकुटनीतिक आराेप लगाएका छन् । यसैले याे प्रकरणले कसरी अन्त पाउने हो भन्न साकिने अवस्था छैन।         

अहिलेसम घटेका घटनाहरु यसरी नै अगाडि बढ्दै जाने हो भने अब युरोप र अमेरिकाको गठबन्धन फ़ुटको संघारमा पुगेको हो कि जस्तो पनि देखिंदैछ। ट्रामले लामो समयदेखि सहयोगीका रूपमा रहेको युरोपलाई छोड़ेर र युक्रेनलाई रुस समक्ष बलि दिएर  किन रुसको सामिप्यता खोजिरहेका छन् भन्ने रहस्य अझै खुलेकाे  छैन।

  महाशक्ति अमेरीकाको अहिलेकाे मुख्य प्रतिद्वन्दी चीन हाे। अमेरिका जस्तो दबाव, हैकम र सामरिक तागतको आधारमा भन्दा नितान्त भिन्न ढंगले  आर्थिक नीति लिएर चीनले विश्वमा अफ्नो प्रभाव विस्तार गरिरहेको छ। यतिबेला रुस चीन भारत जस्ता एशियाली उदाउंदा शक्तिहरु ब्रिक्स नामक संगठन का मंचमा देखा पर्न थालेका छन्। यो संगठकाे विस्तार तीव्र रूपमा भैरहेको छ। यो मंचको प्रभावकाे उपयाेग गर्दै चीन अगाडि आउला भन्ने डर ट्रम्पलाई छ। त्यसैले युक्रेनलाई बलि चढ़ाएर रुसलाई प्रभावित गर्ने फितलो तुरुप उनले चलेको जस्तो देखिन्दै छ। दोस्राे तुरुप उनले भारतमाथि प्रयोग गरेका छन्। ब्रिक्सलाई कमजाेर  पार्न रुस र अमेरिकाबिच सन्तुलित संबंध  खोजिहेको भारतलाई प्रयोग गर्ने दाउमा उनि छ्न।किनभने  भारत र अमेरिका चीनलाई  कमजाेर  बनाउन चाहान्छन्।

                        

    


टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष