नक्शा युद्धमा नेपालमा बढ्दो भारतीय चलखेलका संकेतहरु !
न्युनतम रुपमा वार्ताको सकारात्मक निकास दिने प्रयासहरु भएनन् भने नेपालमा प्रयोजित सत्ता परिवर्तन, चर्को आन्तरिक असन्तोष जस्ता संभावनाहरु छन् । कोरोना प्रकरणले संसारका सबै देशका आममानिसहरु उनिहरुका सरकारसंग असन्तुष्ट बनाएको छ तर नेपालमा स्थिति त्यो भन्दा गम्भिर पनि बनाउने प्रयासहरु हुने देखिन्छ । यसो भयो भने पनि रणनीतिक रुपमा भारतको जीत भने हुने छैन ।

यतिबेला नेपालमा अनौठा र रहस्यमय घटनाहरु देखिंएका छन् । नेपालको संसदमा अहिले भारतले कब्जा गरेको नेपालको भूभाग समेटेर पुनः प्रकाशित गरिएको नक्शा पारित गर्न संविधान संशोधन विधेयक कार्यसूचिमा राख्ने तयारीे छ । नक्शा पुनः प्रकाशन यस अर्थमा कि नेपालको यो नक्शा वि.सं २०३२ सम्म पनि कायम नै थियो तर बिचमा यसलाई छुटाईएको थियो । किन छुटाईएको थियो भन्ने कुराको निक्र्यैाल अझै छैन ।
यो नक्शा प्रकाशनकालागि नेपालमा सर्वदलीय सहमति नै बन्यो । यसलाई ठुलो उपलब्धि मानियो जुन अस्वभाविक थिएन । नक्शा सार्वजनिक पनि गरियो । विपक्षी नेता डा. मीनेन्द्र रिजालले त भारतीय मिडियामा अन्तरवार्ता दिएरै भने— नयाँ नक्शामा सरकारको कदममा हाम्रो पनि साथ छ । उनले चीनले उचालेर नेपालले नक्शा प्रकाशित गरेको भन्ने भारतीय हल्लाको खरो प्रतिवाद पनि गरे ।
गगन थापा लगाएतका नेताहरु काँग्रेसलाई राष्ट्रवादको ट्रयाकमा नहिँडाउने हो भने आगामी राजनीतिक परिदृश्यमा पार्टी हराउने बुझेका छन् । भारतीय उत्पिडनको विरोधलाई केही मानिसहरु नक्कली राष्ट्रवाद भन्नेहरु पनि नेपालमा छन् । भारतले सिमा मिचेको छ । कालापनीमा सेना नै ल्याएर राखिसकेको छ । नेपाली राजनीतिलाई अस्थिर बनाउदै आएको छ । त्यसलाई विरोध गर्ने कुरालाई नक्कली राष्ट्रवाद भनेर भारतको हरेक कुरा सहनु पर्छ भन्ने कथित सक्कली राष्ट्रवाद नेपाललाई स्वीकार नभएको काँग्रेसले बुझेको भान हुन थालेको छ ।
यसबीच प्रधानमंत्री ओलीले भारतीय प्रधानमंत्रीसंग फोनबाट सिधा कुराकानी गरेर वार्ताको थालनी गर्ने प्रयास पनि गरे । होला जस्तो भएको कुराकानी अन्तमा आएर व्यस्तताको बाहनामा भारतीय पक्षबाट रोकियो । नेपाल भारतसंग वार्तामा जान नै उत्तम विकल्प हो भन्ने कुरामा सचेत नै देखिदै आएको छ । कुरा यतिमा नै पर्खिने हो भने त्यो फेरि नेपालकालागि थाङनामा सुत्नु बराबर नै हो, त्यस्तो विगतमा बारम्बार हँुदै आएको छ । नेपाल यतिबेला लिम्पियाधुरासम्म नै नेपाल भएको कुरामा ढुक्क जस्तै देखिएको छ । वार्ता संविधान संशोधन पछि पनि हुन सक्ने भएको हुनाले नेपाली पक्ष भारतको आश्वासनलाई विश्वास गरि नहालेर प्रमाणिक ढंगले अगाडि बढ्ने मनस्थितिमा देखिएको छ ।
नयाँ नक्शालाई संविधानमा समावेश गर्न संशोधनको आवश्यकता थियो र सो अनुशारको प्रकृयाकालागि विधेयक संसदमा टेबल गर्न लागेको बेला कांग्रेसका सभापती देउवाले अचानक यो विषयलाई आफ्नो दलको केन्द्रिय समितिबाट पारित गराउनकालागि समय मागे पछि यो केही दिन पछाडि धकेलियो । देउवाको कुरा गलत नभए पनि भारतीय प्रचार माध्यमहरुले सिमाना विवादमा नेपालमा भारतको कुटनीतिको ठुलो जीत भएको र नक्शा संशोधनबाट भारतको दबावमा नेपाली काँग्रेस पछाडि हटेको भन्दै खुच्चिङ गर्न शुरु गरे । तर नेपाली काँग्रेसले पछि संशोधनका पक्षमा नै निर्णय गरेपछि भने तीनको स्वर केही मलिन भयो ।
दिनहरु बित्दै जाँदा भारतले नेपाली भूभागमाथि अतिक्रमण गरेको भन्नेमा एकमत भएका केही नेपाली राजनीतिक दलहरुको मनस्थितिमा घुनपुत्लो लागेको हो कि भन्ने आशंका हुन थालेको छ । नेपाली काँग्रेस केही सांसदहरु यसै बखत संविधान संसोधनका अन्य मुद्दाहरुलाई उठाँऊदै संसदमा प्रस्ताव पेश गरेका छन् र मधेशका केही राजनीकि दलहरुले पनि आफ्ना पुराना मागहरुलाई लिएर संविधान संशोधन प्रस्ताव संसदमा ल्याएका छन् । यो गलत कदम पक्कै पनि होईन तर नक्शालाई लिएर सरकारसंग मोलतोल गर्न ल्याईएको हो भने त्यसले नेपाललाई गलाउने भारतीय रणनीति कै सहायक भूमिका खेलेको अर्थ लाग्ने धेरैको भनाई देखिन्छ ।
यो बेला नेपालमा भारतीय स्वार्थ निष्कृय रहेको सोच्नु गलत हुनेछ । किनभने उसले विगतमा नेपालका विरुद्ध गर्दै आएको प्रयोगको इतिहासले पनि यसलाई सिद्ध गर्दछ । त्यसमाथि उसले नेपालको आन्तरिक मामिलामा खेल्न थालेको निष्कर्ष निकालेको छ । सिमानाको मामलामा नेपालमा देखिएको एकमतलाई खण्डित वा कमजोर बनाउन र सकेसम्म लोकप्रियताको पारो खस्किदै गएको ओली सरकारलाई एक्लो पार्न जालझेल चलिरहेको अनुमान हुन्छ । यसको शुरुआत ओली कै पार्टी नेकपाभित्रबाट नै शुरु गरिएको भन्नेहरु पनि धेरै देखिन्छन् ।
भारतका केही कुटनीतिज्ञ र विष्लेषकहरु ढल्न लागेको ओली सरकारलाई चीनको सक्रियताले जोगाएको भन्ने गरेका छन् । हुन पनि त्यो बेला काठमाण्डौमा चीनिया राजदूतको सक्रियतालाई लिएर टिप्पणीहरु गरिएका थिए । भारतीय हस्तक्षेपले थिलोथिलो पर्दै आएको नेपालमा अब त्यही रुपमा चीनको पनि उपस्थिति हुने हो भने झन् भयावह स्थिति आउला कि भन्ने शंदेह पनि उत्पन्न भएको छ । भारतीय मिडियाहरु नेपाललाई चीन र पाकिस्तान सरहको दुश्मनको कोटीमा राख्ने प्रयासमा लिप्त छन् । नेपालले गरेको भूभागको दावीको प्रमाणिकतावारे रचनात्मक वहस गर्नुको साटो नेपाल चीनको गोटी भएको बताएर विषयान्तर गर्दै नेपालको सरोकारलाई ओझेलमा राख्ने प्रयास गर्दै आएका छन् ।
यसअघि भारतले नेपालको आलोचना गर्न सेना प्रमुख नरवानेलाई नै अगाडि सार्यो । उनले सैनिक धम्कीको संकेत दिंदै चीनले उचालेर नेपाल उफ्रेको संदेश दिन पछि परेनन् । नेपाल भारतबीच जनस्तर, राजनीतिक स्तर जस्तै सैनिकस्तरको सम्बन्ध पनि झन् सबल रहँदै आएको छ । नेपाल भारतका सेनाप्रमुखहरु एकअर्का देशका मानार्थ सेनापती रहने लामो परम्परा पनि छ । तर नरवानेको बयानबाजीले अब त्यो परम्परामा पूर्णविराम लाग्ने स्थिती देखा परेको छ ।
भारतले गत नोभेम्बरमा कालापानीलाई एकतरफा आफ्नो नक्शामा रोखेर प्रकाशित गर्यो तर नेपालले विरोध गरेपछि यो क्षेत्रमा आफुले नक्शामा कुनै परिवर्तन नगरेको बताऊँदै आएको थियो जसरी सन् २०१५मा उसले नेपालमाथि लामो समय नाकाबन्दी लगाएर पनि नलगाएको बताऊँदै आएको थियो । नेपाललाई वार्ता गरिने आश्वासन दिएको भारतले पुन लिपुलेकसम्म पुग्ने सडक नै बनाएर उद्घाटन नै गरिदियो । यसरी भारतले सँधै झै नेपाललाई खेलाएर नै थन्क्याउने रणनीति लियो । पछिल्लो पटक पनि रक्षामंत्री राजनाथ सिंहले वार्ता, मित्र देश, सदियौं पुरानो सम्बन्ध जस्ता पटक पटक उपयोग गरेर थोत्रा बनाईएका कुरा गरेको पत्रपत्रिकामा देखिएको छ ।
यो यथार्थ हो कि नेपाल अब पुरानै ढर्राको भारतीय व्यवहारबाट वाक्क भै सकेको छ । नेपाललाई कथित उसको प्रभावमा राख्न पनि नयाँ बाटो अवलम्वन गर्न जरुरी छ । यसलाई उसले सकारात्मक बाटो लियो भने ठिकै हो तर नकारात्मक बाटो समात्यो भने नेपालमा सत्ता परिवर्तन, व्यक्ति हत्या तथा आन्तरिक विग्रहको स्थिती उत्पन्न गराईने संभावना प्रबल छ । यसले नेपाललाई त घाटा हुन सक्छ तर भारतलाई पनि किमार्थ फाईदा हुने देखिंदैन ।
यतिबेला नेपालमा अनौठा र रहस्यमय घटनाहरु देखिंएका छन् । नेपालको संसदमा अहिले भारतले कब्जा गरेको नेपालको भूभाग समेटेर पुनः प्रकाशित गरिएको नक्शा पारित गर्न संविधान संशोधन विधेयक कार्यसूचिमा राख्ने तयारीे छ । नक्शा पुनः प्रकाशन यस अर्थमा कि नेपालको यो नक्शा वि.सं २०३२ सम्म पनि कायम नै थियो तर बिचमा यसलाई छुटाईएको थियो । किन छुटाईएको थियो भन्ने कुराको निक्र्यैाल अझै छैन ।
यो नक्शा प्रकाशनकालागि नेपालमा सर्वदलीय सहमति नै बन्यो । यसलाई ठुलो उपलब्धि मानियो जुन अस्वभाविक थिएन । नक्शा सार्वजनिक पनि गरियो । विपक्षी नेता डा. मीनेन्द्र रिजालले त भारतीय मिडियामा अन्तरवार्ता दिएरै भने— नयाँ नक्शामा सरकारको कदममा हाम्रो पनि साथ छ । उनले चीनले उचालेर नेपालले नक्शा प्रकाशित गरेको भन्ने भारतीय हल्लाको खरो प्रतिवाद पनि गरे ।
गगन थापा लगाएतका नेताहरु काँग्रेसलाई राष्ट्रवादको ट्रयाकमा नहिँडाउने हो भने आगामी राजनीतिक परिदृश्यमा पार्टी हराउने बुझेका छन् । भारतीय उत्पिडनको विरोधलाई केही मानिसहरु नक्कली राष्ट्रवाद भन्नेहरु पनि नेपालमा छन् । भारतले सिमा मिचेको छ । कालापनीमा सेना नै ल्याएर राखिसकेको छ । नेपाली राजनीतिलाई अस्थिर बनाउदै आएको छ । त्यसलाई विरोध गर्ने कुरालाई नक्कली राष्ट्रवाद भनेर भारतको हरेक कुरा सहनु पर्छ भन्ने कथित सक्कली राष्ट्रवाद नेपाललाई स्वीकार नभएको काँग्रेसले बुझेको भान हुन थालेको छ ।
यसबीच प्रधानमंत्री ओलीले भारतीय प्रधानमंत्रीसंग फोनबाट सिधा कुराकानी गरेर वार्ताको थालनी गर्ने प्रयास पनि गरे । होला जस्तो भएको कुराकानी अन्तमा आएर व्यस्तताको बाहनामा भारतीय पक्षबाट रोकियो । नेपाल भारतसंग वार्तामा जान नै उत्तम विकल्प हो भन्ने कुरामा सचेत नै देखिदै आएको छ । कुरा यतिमा नै पर्खिने हो भने त्यो फेरि नेपालकालागि थाङनामा सुत्नु बराबर नै हो, त्यस्तो विगतमा बारम्बार हँुदै आएको छ । नेपाल यतिबेला लिम्पियाधुरासम्म नै नेपाल भएको कुरामा ढुक्क जस्तै देखिएको छ । वार्ता संविधान संशोधन पछि पनि हुन सक्ने भएको हुनाले नेपाली पक्ष भारतको आश्वासनलाई विश्वास गरि नहालेर प्रमाणिक ढंगले अगाडि बढ्ने मनस्थितिमा देखिएको छ ।
नयाँ नक्शालाई संविधानमा समावेश गर्न संशोधनको आवश्यकता थियो र सो अनुशारको प्रकृयाकालागि विधेयक संसदमा टेबल गर्न लागेको बेला कांग्रेसका सभापती देउवाले अचानक यो विषयलाई आफ्नो दलको केन्द्रिय समितिबाट पारित गराउनकालागि समय मागे पछि यो केही दिन पछाडि धकेलियो । देउवाको कुरा गलत नभए पनि भारतीय प्रचार माध्यमहरुले सिमाना विवादमा नेपालमा भारतको कुटनीतिको ठुलो जीत भएको र नक्शा संशोधनबाट भारतको दबावमा नेपाली काँग्रेस पछाडि हटेको भन्दै खुच्चिङ गर्न शुरु गरे । तर नेपाली काँग्रेसले पछि संशोधनका पक्षमा नै निर्णय गरेपछि भने तीनको स्वर केही मलिन भयो ।
दिनहरु बित्दै जाँदा भारतले नेपाली भूभागमाथि अतिक्रमण गरेको भन्नेमा एकमत भएका केही नेपाली राजनीतिक दलहरुको मनस्थितिमा घुनपुत्लो लागेको हो कि भन्ने आशंका हुन थालेको छ । नेपाली काँग्रेस केही सांसदहरु यसै बखत संविधान संसोधनका अन्य मुद्दाहरुलाई उठाँऊदै संसदमा प्रस्ताव पेश गरेका छन् र मधेशका केही राजनीकि दलहरुले पनि आफ्ना पुराना मागहरुलाई लिएर संविधान संशोधन प्रस्ताव संसदमा ल्याएका छन् । यो गलत कदम पक्कै पनि होईन तर नक्शालाई लिएर सरकारसंग मोलतोल गर्न ल्याईएको हो भने त्यसले नेपाललाई गलाउने भारतीय रणनीति कै सहायक भूमिका खेलेको अर्थ लाग्ने धेरैको भनाई देखिन्छ ।
भारतीय प्रचार रणनीति
विषेश गरी भारत पछिल्ला वर्षहरुमा घरेलु मुद्दहरुलाई समेत आफ्नो पक्षमा पार्न मिडिया प्रोपोगाण्डालाई प्रयोग गर्दै आएको देखिन्छ । यस्तो प्रोगाण्डा स्तर भने भारतभित्रै पनि निक्कै आलोचित रहँदै आएको छ । पाकिस्तान र चीन विरुद्ध त उसको प्रोपोगाण्डा चल्ने नै भयो । यसपाली नेपाली मनोबललाई रक्षात्मक स्थितिमा लैजान हथकंडा र प्रोपोगाण्डा दुवै चलेको आभाष हुँदैछ ।यो बेला नेपालमा भारतीय स्वार्थ निष्कृय रहेको सोच्नु गलत हुनेछ । किनभने उसले विगतमा नेपालका विरुद्ध गर्दै आएको प्रयोगको इतिहासले पनि यसलाई सिद्ध गर्दछ । त्यसमाथि उसले नेपालको आन्तरिक मामिलामा खेल्न थालेको निष्कर्ष निकालेको छ । सिमानाको मामलामा नेपालमा देखिएको एकमतलाई खण्डित वा कमजोर बनाउन र सकेसम्म लोकप्रियताको पारो खस्किदै गएको ओली सरकारलाई एक्लो पार्न जालझेल चलिरहेको अनुमान हुन्छ । यसको शुरुआत ओली कै पार्टी नेकपाभित्रबाट नै शुरु गरिएको भन्नेहरु पनि धेरै देखिन्छन् ।
भारतका केही कुटनीतिज्ञ र विष्लेषकहरु ढल्न लागेको ओली सरकारलाई चीनको सक्रियताले जोगाएको भन्ने गरेका छन् । हुन पनि त्यो बेला काठमाण्डौमा चीनिया राजदूतको सक्रियतालाई लिएर टिप्पणीहरु गरिएका थिए । भारतीय हस्तक्षेपले थिलोथिलो पर्दै आएको नेपालमा अब त्यही रुपमा चीनको पनि उपस्थिति हुने हो भने झन् भयावह स्थिति आउला कि भन्ने शंदेह पनि उत्पन्न भएको छ । भारतीय मिडियाहरु नेपाललाई चीन र पाकिस्तान सरहको दुश्मनको कोटीमा राख्ने प्रयासमा लिप्त छन् । नेपालले गरेको भूभागको दावीको प्रमाणिकतावारे रचनात्मक वहस गर्नुको साटो नेपाल चीनको गोटी भएको बताएर विषयान्तर गर्दै नेपालको सरोकारलाई ओझेलमा राख्ने प्रयास गर्दै आएका छन् ।
भारतीय चलखेल
सांसदबाट त शुरुमा नै भारतले जेसुकै गरेपनि सहनु पर्ने आशयका साथ नेपालले नक्शा सार्वजनिक गर्दा नै आपती जनाउने मत पनि दखियो । पूर्वराजदूत श्यामशरण सुटुक्क काठमाण्डौ आएर भेटघाटमा व्यस्त रहेको प्रचार नेपालभित्रैबाट भयो । प्रधानमंत्री ओलीले भित्री बैठकहरुमा निर्णय गरेर बाहिर निस्कन नपाऊँदै निर्णयहरु बाहिर छिरलिने गरेको भन्दै आफ्नाहरुलाई नै झपारे । भारतीय राजदुत विनयमोहनले यसबीच वालुवाटारमा प्रधानमंत्रीलाई नै भेटे । त्यसको लगतै प्रधानमंत्रीका दूत बनेर पूर्वमंत्री गोकुल बास्कोटा भारतीय राजदूत भेट्न पुगे । यो सतहमा देखिएको कुरा हो । नेपाललाई राजनीतिक रुपले भन्दा खुफिया तन्त्र र नोकरशाही कै भरमा भारतले लामो समयसम्म डिल गर्दै आएको थियो । मोदी सत्तामा आएपछि यो सुधारिने आशा गरिएको थियो तर त्यो आशाको त्यान्द्रो झन् पातलो हुँदै गैरहेको छ ।यसअघि भारतले नेपालको आलोचना गर्न सेना प्रमुख नरवानेलाई नै अगाडि सार्यो । उनले सैनिक धम्कीको संकेत दिंदै चीनले उचालेर नेपाल उफ्रेको संदेश दिन पछि परेनन् । नेपाल भारतबीच जनस्तर, राजनीतिक स्तर जस्तै सैनिकस्तरको सम्बन्ध पनि झन् सबल रहँदै आएको छ । नेपाल भारतका सेनाप्रमुखहरु एकअर्का देशका मानार्थ सेनापती रहने लामो परम्परा पनि छ । तर नरवानेको बयानबाजीले अब त्यो परम्परामा पूर्णविराम लाग्ने स्थिती देखा परेको छ ।
भारतले गत नोभेम्बरमा कालापानीलाई एकतरफा आफ्नो नक्शामा रोखेर प्रकाशित गर्यो तर नेपालले विरोध गरेपछि यो क्षेत्रमा आफुले नक्शामा कुनै परिवर्तन नगरेको बताऊँदै आएको थियो जसरी सन् २०१५मा उसले नेपालमाथि लामो समय नाकाबन्दी लगाएर पनि नलगाएको बताऊँदै आएको थियो । नेपाललाई वार्ता गरिने आश्वासन दिएको भारतले पुन लिपुलेकसम्म पुग्ने सडक नै बनाएर उद्घाटन नै गरिदियो । यसरी भारतले सँधै झै नेपाललाई खेलाएर नै थन्क्याउने रणनीति लियो । पछिल्लो पटक पनि रक्षामंत्री राजनाथ सिंहले वार्ता, मित्र देश, सदियौं पुरानो सम्बन्ध जस्ता पटक पटक उपयोग गरेर थोत्रा बनाईएका कुरा गरेको पत्रपत्रिकामा देखिएको छ ।
यो यथार्थ हो कि नेपाल अब पुरानै ढर्राको भारतीय व्यवहारबाट वाक्क भै सकेको छ । नेपाललाई कथित उसको प्रभावमा राख्न पनि नयाँ बाटो अवलम्वन गर्न जरुरी छ । यसलाई उसले सकारात्मक बाटो लियो भने ठिकै हो तर नकारात्मक बाटो समात्यो भने नेपालमा सत्ता परिवर्तन, व्यक्ति हत्या तथा आन्तरिक विग्रहको स्थिती उत्पन्न गराईने संभावना प्रबल छ । यसले नेपाललाई त घाटा हुन सक्छ तर भारतलाई पनि किमार्थ फाईदा हुने देखिंदैन ।
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.