भूसंरक्षण र विकासको बाटो
नेपालमा विकासका नाममा भैरहेको विनाशतीर ध्यान दिइएको देखिँदैन। त्यसैले विकसले झन ठूलो विनाश निम्त्याउंने खतरा।
जाजरकोटमा केही दिनअघि पैह्रोमा परेर ससाना बालकहरुको मृत्युले सबैको मन रोयो । यस्तो घटना यो नै पहिलो होइन, यो त पुनरावृत्ति मात्रै हो । यस्तो घटना दोहोरिई नै रहेको छ । भूस्खलनले कैयन गाऊंहरु जोखिममा रहेको घटना प्रत्येक वर्ष दोहोरिएकै छ ।
यस्ता हृदयविदारक घटनाहरुको प्रमुख कारक रहेको भूक्षय रोक्नेतिर सरोकारवालाहरुले नारा दिनबाहेक अरु केही गर्नतिर ध्यान दिएका छैनन् । विकासका नाममा पहाडहरु भत्काएर दुई महिने सडक खन्ने र भेलले त्यसलाई बगाएर खोलाहरुमा मिसाउने चक्र वर्षौदेखि चलिरहेको छ । खोलाहरुमा वर्षेनी खरबौं टन माटो बगेर गैरहेको छ । यो प्रकृयाका उच्च जोखिममा रहेका देशहरुमा नेपाल पनि परेको छ ।
नेपाल भूकम्पिय र विश्वका बढ्दो तापक्रमका कारण मौसम परिवर्तनका दृष्टिले पनि उच्च जोखिममा रहेको देश हो । यी सबै कारणहरुले पनि प्राकृतिक भूक्षयमा तीव्रवृद्धि हुने गरेको छ । यसबाहेक मानिसले आफ्ना गतिविधिलाई संयमित नगर्दा मानविय भूक्षय पनि ठूलै कारण बनेको छ ।
पहाडहरुबाट जमिन खस्न नदिन जरा फैलिने रुखहरु रोप्ने, वर्षाका कारण जमिनको सतहबाट बग्ने माटोलाई रोक्न घास रोप्ने र खेतीपाती गर्ने कामतिर ध्यान दिने गरेको पाईंदैन ।
प्रकृतिले दिएको सुन्दर संरचना हो पहाड तराई र मैदान । यिनीहरुको उचित संरक्षण गर्दै विकासतिर अगाडि बढ्दा दिगो बनाउन सकिन्छ । पहाडहरुमा फलफुल खेती र पशुपालनले भूक्षयमा कमि आउने अध्यानले देखाएको छ । हरेक पहाडहरुमा थोरै जनसंख्यालाई हेरेर पहाड भत्काउंदै मौसमी बाटाहरु खन्नु भन्दा रोपवेहरुको विस्तार यातायातलाइृ सघाउने, कम खर्चिलो र जमिनलाई संम्रक्षण गर्न प्रभावकारी देखिन्छ । यसले पर्यटनलाई पनि प्रर्वद्धन गर्दछ । यस्ता दृष्टिकोणबाट विकासलाई अगाडि बढाउने हो भने मात्र नेपालको ग्रामिण क्षेत्रले राष्ट्रिय विकासको लक्ष्यलाई सहयोग गर्न सक्दछ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.