चन्दको जुलुस : भो अब शहिदको खेतीको कल्पना नगरौं
राजधानीमा मंसीर ९ गते नेत्रबिक्रम चन्दले नेतृत्व गरेको कम्युनिष्ट पार्टीको निक्कै अनुशासित प्रदर्शन देखेर रमाईलो लागे पनि मनमा विगतमा दशवर्षसम्म चलेको रक्तपातपूर्ण गृहयुद्धले पारेका गहिरा घाउहरुको संझना भयो । कति निर्दोष मानिसहरुको ज्यान गयो, कतिको घरवास उजाडियो; कतिको कोख रित्तियो,सिंऊँदो पुछियो र कतिको अविभावकत्व हरियो — भनिसाध्ये र सुनिसाध्ये छैन । कति अझै शरीरभित्र गोली बोकेर हिंडिरहेका छन् । कतिका घाऊहरुमा समयले खाटा बसालि सकेको होला त कतिका घाऊ अझै चह¥याईरहेका होलान् । यस्ता पीडितहरुको ठूलोसंख्या अहिले ओझलमा छ । उनिहरुको छटपटीसंग आज कसैको सरोकार छैन । नेपालको एउटा पीढी नै नराम्रोसंग तहसनहस भयो । त्यही डरलाग्दो विगतलाई देखाएर एउटा वर्ग अहिले सत्ताको वरीपरी घुमिरहेको छ । उनिहरुकालागि त्यो महान उपलब्धि हो । हो, त्यसले देशमा धेरैेले कल्पना नगरेको परिवर्तन आएको छ तर त्यो कतिको स्थाई होला कि नहोला— यकिन गर्ने स्थिती भने अझै छैन । जे भएपनि पीडानुभूति कहिल्यै पनि समूहिक नाहुँदो रहेछ । त्यो नितान्त व्यक्तिगत नै हुँदोरहेछ भन्ने अनुभव भुक्तभोगीहरुले यतिबेला गरिरहेका छन् ।
राजधानीको त्यो राता पोशाक लगाएका मानिसहरुको सभ्य प्रदर्शन देखेर विगतमा बगेको रगतको रातोपनको स्मरण धेरैले गरे । प्रदर्शनमा नेताहरुले भाषण पनि गरे तर त्यो भाषणमा भने कुनै नयांपन थिएन । त्यहां कुनै विधीको चिन्ता थिएन न त अहिले आममानिसले भोगिरहेको अप्ठ्योरोप्रति कुनै गम्भिरता थियो । थियो त केवल आक्रोशपूर्ण अभिव्यक्ति, मानिसहरुलाई आक्रशित बनाएर कसैप्रति प्रक्षेपण गर्ने पारम्परिक शैलि । जसले नेपालमा फेरी आक्रोशको अँधीबेहरी ल्याउन त सक्ला तर नेपाललाई गतिशील बनाउन किमार्थ सक्दैन । यस्तो घटना नेपाल र नेपालीहरुकालागि पटक पटक ब्यहोरेको कटु यथार्थ हो । यो यथार्थ फेरि अझै अर्को पटक नदोहोरियोस् । फेरि अर्को पीढीलाई बन्दुक बोकाई मर्न लगाएर शहीदको विशेषण भिराउने कार्य आजसम्म जति भयो भयो अब उप्रन्त नहोस् । शहिदको खेती गरेर सत्ताको फसल काट्ने काम नहोस् ।
नेपालको यसरी हुँदै आएका सत्ता विरोधी आन्दोलनहरुमा दक्षिणतिरको बलियो धाप रहँदै आएको अर्को यथार्थ हो । जब जब दक्षिणी छिमेकीको नेपाली सत्ताप्रतिको असंतोष तीव्र हुने गरेको छ तब तब यस्ता आन्दोलनले हुर्किने, मौलाउने र सत्तालाई ढाल्न सफल हुँदै आएको इतिहास छ । चन्दले फेरी त्यही बाटो समात्ने हुन् भने, भो नेपालीलाई नेपाली नै रहन दिंदा भलो हुनेछ । हामलाई शहिदको खेती गर्ने र विदेशीको स्वार्थ बोक्ने भरिया बन्ने प्रथा चाहिएको छैन ।

Plz write your comment.
जवाब देंहटाएं