विधेयक प्रकरण : सरकार विरुद्ध सडकमा बढ्दो आक्रोश



ओली सरकारले ल्याएका विधेयकहरु संसदमा पुग्न अगावै विवादित बन्दै आएका छन् । असन्तुष्ट पक्षले पनि विधेयकलाई परिमाजर्न गर्न लबिङ गर्न भन्दा सडकमा जुलुस लगाएर आफ्नो माग पुरा गराउने बाटो समातेको देखिन्छ । त्यसैले परिमार्जनकालागि सबै पक्षले एकअर्कालाई स्पेश दिएर संवादको थालनी गर्न आवश्यक छ ।

   यतिबेला सरकारले ल्याएका विधेयकहरुलाई लिएर सडकमा आक्रोश छताछुल्ल भएको छ । अभिव्यक्ति स्वतन्त्रताको घाँटी निमोठ्न खोजेको, संस्कृतिको मास्न खोजेको जस्ता संगीन आरोपहरुको सामना सरकारले गरिरहेको छ । बदलिएको अवस्थामा समयानुकुल विधेयकहरु ल्याउनै पर्ने वाध्यता सरकारमाथि छ । चलिआएका नियम कानुनहरुले वर्तमानलाई संबोधन गर्ने कुरै भएन । लामो अराजकताबाट गुज्रिएको देशलाई समाल्ने दायित्व वर्तमान सरकारको नै हो । सरकारले यो वा त्यो बाहनामा यसबाट पन्छिन मिल्ने अवस्था छैन ।

आफ्नो अनुकुल नभए जस्तोसुकै कुरा पनि मान्दिन भनेर हठ गर्ने प्रवृती हामी कहाँ नभएको होईन । सरकारका विरोधीहरु मात्र नभएर व्यवस्थालाई नै विफल भएको देख्न चाहने प्रवृतीको चलखेल पनि प्रसस्तै भएको देखिन्छ । यो अवस्थाको हेक्का सरकार र अरु सबैले राख्न अत्यन्तै जरुरी छ । यसलाई तार्किक निष्कर्षमा पु¥याउने प्रमुख दायित्व सरकारको नै हो ।

सामाजिक संजालहरुमा देखिने केही सस्ता व्यक्तिगत टिप्पणीहरु जसमा नैतिकता र जिम्मेवारीको बोध हँदैन तीनलाई आधार मानेर राज्यको चौथो अंग मानिएको संचार र संचार माध्यमहरुमा अंकुश लाग्ने खालका नियम कानुनले देशलाई हीत गर्दैन । यसको एउटै मात्र शर्त हुन्छ — यसले आफै जिम्मेवार भएको विश्वास दिलाउन आवश्यक हुन्छ । सुसुचित हुन पाउने जनताको अधिकार संवाहक संचार जगत नै हो भने सरकारकालागि यो जनताको विचार जान्ने र उसंग संवाद गर्ने बलियो माध्यम पनि हो ।

गुठीको व्यवस्थापन झन् ठूलो महत्वको सवाल हो । यसमा वर्षौदेखि गुठी भूमीमा आश्रित किसानहरु तथा गुठियारहरुका साथै मठमन्दिरहरुको संम्रक्षण जस्ता महत्वका पक्षहरु छन् । यी सबै पक्षलाई कम आँक्न सकिंदैन । गुठीको सम्पतीको हिनामिना लामो समयदेखि नै हँदै आएको देखिएको छ । गुठीको जग्गाको हाल यकिन तथ्यांक छैन । भूमाफिया भनिने संजालको सो जमिनमा राईंदाई चलेको समाचारहरु सावैजनिक भै नै रहेका छन् । त्यसैले यसप्रति सबैको चासो छ । यो कुरा सरकारले बुझ्न आवश्यक छ ।

विधेयक तयार पार्दा सरकारले सरोकारवालाहरुसंग आवश्यक सरसल्लाह  नगरेको देखिएको छ । यसरी एकपक्षीय ढंगले काम गर्दा अविश्वास बढेर जाने संभावना ज्यादै हुन्छ । अहिले भएको पनि त्यही हो । सरकारी विधेयक गलत नै छ भन्ने होईन तर त्यसलाई सरोकारवालाहरुको अपनत्व स्थापित गर्न नसक्नु सरकार कै कमजोरी हुन जान्छ । यो राजनीतिक विषय भन्दा सामाजिक संस्कृतिक विषय हो । यसमा तेश्रो स्वार्थलाई खेल्न दिनु जटिलता थप्नु हो ।

हरेक विषयहरुमा सडक नै तात्ने कुराले जनआक्रोशको आँधी श्रृजना हुने स्थिती आयो भने सरकारलाई काम गर्न अप्ठ्यारो पर्ने मात्र होईन उसको अस्तित्व नै समाप्त हुने संभावना हुन्छ । यतातिर सरकारको ध्यान जान आवश्यक छ ।                                     

टिप्पणियाँ

  1. Hey there! I've been following your blog for a long time now and finally got the courage to go
    ahead and give you a shout out from Huffman Texas!
    Just wanted to mention keep up the fantastic job!

    जवाब देंहटाएं

एक टिप्पणी भेजें

Thank you.

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष