कांग्रेस किन थलियो ?
यतिबेला नेपाली कांग्रेस इतिहास मैं सबै भन्दा धेरै खुम्चिएको छ । हालै सम्पन्न स्थानिय र प्रादेशिक चुनावमा उसले आशा गरे अनुशार सफलता हासिल गर्न सकेन भने संघीय चुनावमा उसले प्राप्त गरेको लोकप्रिय मतसंख्या खासै निराशाजनक नदेखिए पनि त्यसको समिकरणिय प्रभाव भने निक्कै कमजोर हुन पुगेको छ । कांग्रेसलाई अहिले प्रतिपक्षको अस्तित्व देखाउन समेत हम्मे पर्ने स्थिती देखिन्छ । यो स्थितीलाई उसको इतिहास कै सबैभन्दां निराशाजनक बताईएको छ । आफुलाई पुरानो लोकतान्त्रिक माऊ पार्टी भन्दै आएको यो पार्टी, संगठन संचालनको मामिलामा निरंकुश भनिने कम्युनिष्ट पाटी भन्दा पनि अलोकतान्त्रिक रहंदै आएको छ । उसले अझै पनि लोकतंत्रिकतालाई नाराबाट व्यवहारमा उर्तान सकेको देखिंदैन । परिवर्तित सन्दर्भमा आफ्ना नीति र कार्यक्रम वारे विचार विमर्श तथा बहस गर्ने प्रचलन कांग्रेसमा शुन्य प्राय छ । नेतृत्ववर्गले अपनाउंदै आएको तदर्थवादमा मात्रै यो पार्टी अहिलेसम्म चलिरहेको छ । राणातन्त्र, सक्रिय राजतन्त्र, संवैधानिक राजतन्त्र र गणतन्त्र ग...