कांग्रेस किन थलियो ?
यतिबेला नेपाली कांग्रेस इतिहास मैं सबै भन्दा धेरै खुम्चिएको छ । हालै सम्पन्न स्थानिय र प्रादेशिक चुनावमा उसले आशा गरे अनुशार सफलता हासिल गर्न सकेन भने संघीय चुनावमा उसले प्राप्त गरेको लोकप्रिय मतसंख्या खासै निराशाजनक नदेखिए पनि त्यसको समिकरणिय प्रभाव भने निक्कै कमजोर हुन पुगेको छ ।
कांग्रेसलाई अहिले प्रतिपक्षको अस्तित्व देखाउन समेत हम्मे पर्ने स्थिती देखिन्छ । यो स्थितीलाई उसको इतिहास कै सबैभन्दां निराशाजनक बताईएको छ ।
आफुलाई पुरानो लोकतान्त्रिक माऊ पार्टी भन्दै आएको यो पार्टी, संगठन संचालनको मामिलामा निरंकुश भनिने कम्युनिष्ट पाटी भन्दा पनि अलोकतान्त्रिक रहंदै आएको छ । उसले अझै पनि लोकतंत्रिकतालाई नाराबाट व्यवहारमा उर्तान सकेको देखिंदैन । परिवर्तित सन्दर्भमा आफ्ना नीति र कार्यक्रम वारे विचार विमर्श तथा बहस गर्ने प्रचलन कांग्रेसमा शुन्य प्राय छ ।
नेतृत्ववर्गले अपनाउंदै आएको तदर्थवादमा मात्रै यो पार्टी अहिलेसम्म चलिरहेको छ । राणातन्त्र, सक्रिय राजतन्त्र, संवैधानिक राजतन्त्र र गणतन्त्र गरी देशले चारवटा फड्को मारिसकेको छ र पनि उसले अवस्था अनुशारको सैद्धान्तिक व्याख्या र त्यसको सूत्रिकरण गर्न आवश्यक ठानेको छैन । त्यसको नराम्रो असर उसका कार्यकर्ता र समर्थकमा परेको छ । उपल्लो नेतृत्वले के गरिरहेको छ भन्ने कुरामा तलका सबैजसो कांग्रेसजन संधैं रनभुल्लमा परेका देखिन्छन् ।
सात सालमा आफ्नै बलमा संघर्ष गरेर सफल भएको कांग्रेस त्यस पछिका संघर्षमा कम्युनिष्ट शक्तिको बुई नचढीकन उभिन पनि नसक्ने हालतमा पुग्यो । कम्युनिष्टको अन्तरराष्ट्रिय छवि खराब भएको हुंदा ती संघर्षको नेतृत्व गर्ने सौभाग्य भने उसलाई पटक पटक प्राप्त भयो । किनभने सातसाल भन्दा अघि नै वीपीले झुण्ड्याएको प्रजातन्त्र र उदारवादको ठूलो साइनबोर्ड मुनि कांग्रेस अहिलेसम्म उभिएको छ । यद्यपि उसले चाल्दै आएका कतिपय कदमको सन्र्दभ त्यो साईनबोर्डसंग कतै मेलखाने देखिंदैन ।
समय अनुकुल स्रद्धान्तिक व्याख्या गरेर गतिशीलता कायम राख्नु पर्ने अवसरलाई उसले कहिल्यै पनि राम्रोसंग बुझ्न सकेन । पन्द्र सालदेखि छयालिस सालसम्म कमोवेश कांग्रेसमा गुणगत स्वभाव कायमै थियो तर त्यसपछि भने उसमा ठूलै स्खलनको प्रारम्भ भयो । जसको लाभ निरंकुश भनिएका साम्यवादीले लिन सफल भए । जनतामा साम्यवादीको ज्यामितिय वृद्धितिर कांग्रेसले कहिल्यै ध्यान दिन आवश्यक ठानेन ।
जनताले भोट दिएर छयालिस साल पछि सबै भन्दा धेरै समय सत्ताको नेतृत्व गर्ने अवसर दियोे । यो अवसरलाई सदुपयोग गर्न नसकेका कारणले देशमा अहिलेसम्म फैलिएको विकृति विसंगतिको अपयश एकलौटी कांग्रेसको टाउकोमा पर्यो ।
सातसाल पछिका सबै परिवर्तनको नेतृत्व गरेको तर संस्थागत गरी मुलुकलाई सही दिशा दिन नसकेकाले यस्तो स्थिती उत्पन्न हुन गयो । कम्युनिष्ट शक्तिको समग्र प्रभाव छयालिस सालदेखि नै कांग्रेसको भन्दा बढी रहेको यथार्थ देखेर पनि उनिहरु बीचको फुटलाई चिरस्थाई भनेर बुझ्ने भूल गरिरहयो ।
संघीय गणतन्त्रको संविधान कांग्रेसको नेतृत्वमा बन्यो । संविधानको कार्यान्वयन पनि कांग्रेसको नेतृत्वदायि भूमिका रह्यो । त्यसको यश पनि उसले लिन सकेन । संघीय चुनावमा प्रचार प्रसारमा उसका नेताले जनतालाई भनेका कुरा र कार्यकर्ताले मतदातालाई भन्ने गरेका कुराले जनतालाई आकर्षित गर्न सकेन । बामगठबन्धनको संगठित प्रोपोगाण्डाका अगाडि कांग्रेस फिका देखियो । नतीजा पनि त्यस्तै आउनु स्वभाविक भयो ।
माओवादी संघर्षका समयमा कांग्रेसको तल्लो तहको संगठन सबै भन्दा नराम्रोगरी प्रभावित भयो । जसको पुनरउत्थान गर्न कहिल्यै गम्भिरतापूर्वक सोचिएन । कोइराला परिवारको छायांमा रहंदै आएको यो पार्टी गिरीजाप्रसादको निधन पछि कुहिरोको कागको नियती भोगिरहेको छ । गिरीजापछि कांग्रेसलाई अभिभावकत्व प्रदान गर्नसक्ने नेता को डरलाग्दो खडेरी परेको छ । यो अन्योलतालाई समयमै हटाउन नसक्ने हो भने नेपाली कांग्रेसलाई अझै ठूलो नोक्सानी बेहोर्नु पर्ने छ ।
अहिले कांग्रेसमा हारको दोष कसको टाउकोमा हाल्ने भन्ने गलत झगडा चलिरहेको छ । सत्तालाई दोहन गर्दै आएको पार्टी भित्रको एउटा वर्ग लामोसम्म सत्ता बाहिर बस्नु पर्ने हो कि भन्ने भयले अताल्लिएको छ । त्यसले पार्टीभित्र बहसलाई सही दिशातिर जान दिइराखेको छैन । अब दोषारोप होईन जिम्मेवार ढंगले असल कांग्रेसजनहरुले सोच्नुको विकल्प छैन ।
It's fantastic that you are getting thoughts from this paragraph as well as from our argument made at this time.
जवाब देंहटाएंI am regular reader, how are you everybody? This post posted at this site is actually good.
जवाब देंहटाएं